अर्थ-आवरमा हजारौं नेपालिहरूको सहभागिता

Read Time:3 Minute, 45 Second

गत सनिबार मार्च ३१ को बेलुका सन्सारका १५० राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (प्रिथ्वीलाई एक घण्टा)  मनाए । बेलायतमा पनि बीएफबीएस गोर्खा रेडियो युकेबाट अर्थ आवरलाई प्रतछ्य प्रसारण गरियो र हजारौंको संख्यामा बेलायाती-नेपालीहरूले भाग लिएको अनुमान गरिएको छ । प्रसारिका सिरिश सुनुवारद्वारा सन्चालित यस बाताबरणिय जागरुकता कार्यक्रममा साधारण नागरिकदेखि लिएर गोर्खा पल्टनका सेवारत पदाधिकारिहरूले रेडियोमा आइ आफ्नो मन्तब्य राख्दै समर्थन जनाउनु भयो । 

यसैक्रममा केन्टको मेडस्टोनमा अवस्थित कुइन्स गोर्खा इन्जिनिएरका गोर्खा मेजर एक बहादुर गुरुङले आफनो पल्टनमा कार्यरत दाजुभाई तथा दिदि बैनीहरूलाई अर्थ-आवरको बारेमा अवगत गराएको र आउने बर्सहरुमा पनि सक्रियताकासाथ भागलिन लगाउने बचन दिनु भयो । त्यसैगरि क्युओ जीएलआरका गोर्खा मेजर खीमप्रसाद गौचनले सैनिक अभ्यासमा होस या लडाईंको दौरानमा होस सैनिक क्रियाकलापले बातावरणलाई एकदमै कम प्रभाव पार्ने जुक्तीहरू अपनाउनु पर्ने जानकारि दिनु भयो । उक्त साँझको यस रेडियो कार्यक्रममा चर्चित गायक बिबेक श्रेष्ठको पनि सहभागिता थियो र आउँदा दिनहरुमा संगितको माध्यमद्वारा संसारलाई बिग्रदो बाताबरणबाट जोगाउन सहकार्य गर्न सकिने बताउनु भयो  ।

स्मरण रहोस उक्त रेडियो कार्यक्रममा सहभागिता जनाउने स्रोताहरूलाई गोर्खा कलिङ कार्ड, गोर्खा प्यालेस रेस्टुरेन्ट र गोर्खा चियाले बातावरण-मैत्री पुरस्कारहरू प्रायोजित गर्नु भएको थियो । पुरस्कार जित्ने भाग्यमानी स्रोताहरू बिस्वकाजी राइ, खीम प्रसाद गौचन र पुस्पा थापा हुनुहुन्छ । वाँहाहरूलाई ५ जुन २०१२ मा हुन गैरहेको बिस्व बातावरण दिवसको दिन प्रायोजकोको बाहुलीद्वारा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

अर्थ आवर सन २००७ सालदेखी बिस्व बन्य जन्तु सम्रछन कोसले आयोजना गर्दै आएको बिस्वब्यापी बाताबरणिय चेतनामुलक अभियान हो जसलाई बेलायतबासी नेपालि समाजमा गत ३ बर्सदेखी मनाइदै आइएको छ । यस कार्यक्रममा सबैको सहभागिता रहोस भनेर नेपालि दुताबास, एन आर एन यु के  लगायत याँहा रहेका थुप्रै नेपालि संघ सङठनहरूलाई अधिकारिक पत्र द्वारा जानकारि गराइएको थियो ।  आउने बर्सहरुमा यस बर्ष भन्दा बढी याँहा रहेका नेपालि संगठनहरूले यस अभियानलाई साथ दिने अपेछ्या गर्दै सम्पुर्ण  नेपालि दाजु भाइ दिदि बैनीहरूलाई अर्थ आवर आयोजक धन्यबाद ग्यापन गर्दछ ।     

बिजय हितान

 

    

 

    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %