०२ अप्रिल, किरात धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा), साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पुजा) आइतबार हङकङको मङकी हिल डाडामा सम्पन्न भएको छ ।
किरात धर्म तथा सहित्य उत्थान संघ हङकङ द्घारा आयोजना गरिएको सेवामा सेवासावा (किरात धर्मका पुजारी) हरु द्घारा उक्त सेवा गरिएको हो । धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा, साकमुरा वादेम्मा सेवा तथा ङा–लाधुङसेमी सेवा छुट्टा–छुट्टै गरिएको थियो । साकमुरा वादेम्मा तथा ङा–लाधुङसेमी सेवा त्यहाको मुख्य सेवा रहेको थियो ।
सेवामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङले सेवाको वारेमा वताउदै आदि अनादीकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताउछन । किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङ द्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले वताए । विचलन हुदै आएको किरात धर्मलाइ महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ वहाँले किरात धर्मलाइ पुनरउत्थान गरेको नेम्बाङले वताए । उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डो¥याएको वताएका छन ।
पुजामा उपस्थित भक्तजनहरुलाइ स्वागत गर्दै संघका सचिव इन्द्र लक्समले त्यहा भइरहेको अवस्था तथा किरात धर्मको वारेमा ब्याख्या गरेका थिए । उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद मागने पुजा हो भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजन हरुलाइ प्रष्ट्याएका थिए । विश्व शान्ति, मानव एकता र चराचर सृष्टि, मानवको सुख, शान्ति र समृद्घिको लागी किरात धर्मले सधैं सेवा गर्ने लक्समले वताएका छन ।
किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लाजेसा लिम्बुले साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा) को वारेमा प्रष्ट्याएका थिए । किरातीहरुमा वर्ष भरिमा आफुलाइ गाली सराप लागेको हुन सक्ने भएकोले त्यसलाइ किरात मुन्धुम अनुसार वर्षमा एक पल्ट गाली सराप वगाउनु पर्ने वताएका थिए ।
किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु उत्र बहादुर राइ, कसिव राइ, सान्ती आङवोहाङ, हेम येङदेन रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए ।
हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ । किरातीहरुमा वर्षमा एक पल्ट गाउघर तिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ । धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए । किरात धर्म अनुसार पुजामा सवैले फुल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए ।
बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फुल तथा फल–फुल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखीएको थियो ।
रविन लिङदेन, हङकङ