नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमवी थापा मगरले विदेशी भूमिमा भए पनि नेपालीहरुले आफ्नो अधिकार छाड्न नहुने धारणा राखेका छन् । किरात राई यायोक्खा हङकङको सातौ अधिवेशन उदघाटन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन ।
चोमोङ्मा मल्टिकल्चरल सेन्टरमा अपि्रल १ तारिखमा भएको अधिवेशनका प्रमुख अतिथि थापा मगरले हङकङमा पनि नेपालीहरुले आफ्नो अधिकार खोज्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली महासंघका सचिव नन्द चंग्सु, किरात याक्थुंम चुम्लुङका अध्यक्ष कृष्ण लावती, सुनुवार समाजका अध्यक्ष नरेश सुनुवार, धरान मंच हङकङका उपाध्यक्ष मधुकुमार राई, खोटाङ समाज हङकङका अध्यक्ष सुवास राई लगायत पनि अतिथि रहेका थिए ।
अधिवेशनले सशिमोदन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लालप्रकाश राई(रविन), सचिवमा विमल चामलिङ, सहसचिवमा कमल राई, कोषाध्यक्षँमा पिताम्बर राई, सहकोषाध्यक्षमा निकिता राई तथा सदस्इहरु रविचन्द्र राई, लिलादेवी काल्चिंग राई, गंगाराम राई, दुर्गाप्रसाद राई, चन्द्रकान्त राई र लोकराज राई रहेका छन् ।
बन्दसत्रमा हेजेन राई अध्यक्ष तथा नरहाङ राई, रामली राई र नाराएँ राइ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । किसन राईको सभापतित्वमा सम्पन्न कार्यक्रम यायोक्खाका सचिव पिताम्बर राईले गरेका थिए ।