संविधान निर्माणका धेरै चरण पार भईसकेको छ

Read Time:22 Minute, 35 Second

निलाम्बर आचार्य, सभापति, संवैधानिक समिति

संविधान जारी गर्ने मिति अब करीब दुई महिना बाँकी रहँदा संविधान निर्माणका मुलभूत कार्य तर्फ संविधानसभा केन्द्रित बनेको छ । संविधान निर्माणका धेरै चरण भने संविधानसभाले पार गरिसकेको छ । संविधानसभाका विषयगत समितिले विषयगत अवधारणा बनाउनु भन्दा पहिले संविधानसभाका सदस्यहरुले देश भरि पुगेर प्रश्नावली सहित अभिमत बुझ्ने काम पनि सम्पन्न भएको छ । विषयगत समितिहरुले संविधानसभामा विषयगत मस्यौदाहरु र प्रतिवेदन बुझाइसकेका छन् ।

ती प्रतिवेदन उपर संविधानसभामा छलफल भए पश्चात् संविधानसभाले त्यस विषयमा सहमति गरी निर्णय गर्नका निम्ती नियम संशोधन गरि फेरि छलफलका लागि संवैधानिक समितिमा पठाइसकेको छ । तर यस अगाडि प्रतिवेदन अध्ययन समितिमा अनि उच्चस्तरीय कार्यदलमा ती विवादलाई समाधान गर्ने प्रयास नभएका भने होइनन् । ती विषयमा देखिएका विवाद समाधान गराउने विभिन्न प्रयासहरु सफल नबन्दा नियमावलीमा संशोधन गरेर संवैधानिक समितिले नै ती विवाद समाधान गर्ने र संविधानिक समितिमा सहमतिबाट समाधान खोज्ने अनि सहमति नजुटेको अवस्थामा संविधानसभामा पठाउदै विवाद समाधान गर्ने काम चलिनै नै रह्यो ।

यसै सिलसिलामा सहज रुपले विवाद समाधान गर्न प्रयास अनुरुप संवैधानिक समितिले विवाद समाधान उपसमिति समेत गठन गर् यो । उपसमितिले संख्यात्मक हिसावले धेरै विवाद सल्टाए पनि मुल विषयहरु शासकीय स्वरुप निवाचन प्रणाली न्याय प्रणाली राज्य पुनःसंरचना सम्वन्धी सिङ्गै विवाद बाँकी नै छ । राज्य पुनःसंरचना आयोग गठन गर्ने कि नगर्ने भन्ने विषयमै लामो समयसम्म विवाद कायम रहदा आयोग गठन गर्न ढिला भयो । फलस्वरुप संघीयताको विवाद समयमै सुल्झाउन समस्या देखियो । धेरैपछि मात्र आयोग गठन गरियो अनि आयोगले प्रधानमन्त्री डा बाबुराम भट्टराई समक्ष प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री भट्टराईले संविधानसभाका अध्यक्ष सुवास निम्वाङ समक्ष माघको दोस्रो हप्ता हस्तारन्तरण गरिसकेका छन् । प्रतिवेदन संविधानसभामा अहिले छलफल भैरहेको छ । त्यसपछि त्यो प्रतिवेदन संवैधानिक समितिमा थप छलफलका लागि आइपुग्ने छ ।
विगत तीन बर्षयता संविधान निर्माणको काम अन्य कार्यहरुसंग जोडिनुका साथै सत्ता केन्द्रित राजनीति सडक केन्द्रित आन्दोलन र विरोधले यस अवधिमा संविधान निर्माण कार्य प्रभावित बन्यो । यस बीचमा चार- चार पटक प्रधानमन्त्रीको निर्वाचन समेत भयो । यस अवधिमा शान्ति प्रकृया पूरा भैसक्नु पर्दथ्यो तर शान्ति प्रकृया पूरा नभैनसक्दा पार्टीहरु बीचमा विश्वासको बातावरण राम्रो हुन सकेन । पार्टीहरुको बीचमा कटुता कायम रहदा राष्ट्रिय सहमतिको बातावरण बन्न सकेन र फलस्वरुप संविधान निर्माण कार्य पूरै अवरुद्ध हुन पुग्यो । अहिले संविधान निर्माणका लागि जेठ १४ सम्मको समय सीमा छ । अब शान्ति प्रकृया टुंग्याउनु पर्ने दायित्व राजनीतिक दलमा छ । स्वयं पार्टी- पार्टी बीचको सम्बन्धले मात्र होइन कि पार्टी भित्रको अन्तर कलहले पनि संविधान निर्माणमा प्रभाव पारिरहेको अवस्थामा पार्टीहरु बीचको सम्बन्ध सुधार्न जरुरी छ । त्यसैले राजनीतिक स्थितिलाई सामान्य गर्न विभिन्न तहमा कामहरु रहेका छन् । अहिले शान्ति प्रकृया केही अगाडि बढेको छ । शान्ति प्रकृयाको मूल कार्य जुन माओवादी लडाकूको समायोजन र पुनःस्थापन यी दुई वटा काम सम्पन्न भए पछि मात्र संविधान निर्माणका अरु अनुकूल बातावरण बन्न जानेछ । संविधान निर्माण गर्ने बाँकी विषयहरुमा सहमति कायम गर्न बाँकी छ ।

संविधानसभामा कुनै पनि पार्टीको बहुमत नभएकाले दुई तिहाइको अनुमोदनबाट मात्र अहिले संविधान जारी हुन सक्छ । त्यसैले पनि राजनीतिक दलबीच सहमति जरुरी छ । संविधानसभाको निर्वाचनमा जादा खेरी राष्ट्रिय सहमतिको सरकार बन्ने छ भन्ने संविधानमा व्यवस्था थियो । पटक -पटक सरकार फेर्नु पर्ने स्थिति आउने छैन भन्नेमा दलहरु स्पष्ट थिए तर संविधानसभाको निर्वाचन पछि त्यस्तो अवस्था रहेन । पटक – पटक सरकार फेर्ने कामले प्रमुखता मात्र पाएन सडकबाटै सरकार फाल्ने भनेर आन्दोलन पनि भए । शान्ति र संविधान प्रमुख कि विद्रोह प्रमुख भन्ने विवादले पनि संविधान निर्माणमा असर पार् यो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने स्पष्ट भैसके पछि पनि त्यसको ठाउँमा जनताको गणतन्त्र भन्ने विवाद पनि बल्झ्ािराखेको छ । पार्टीहरु बेग्ला बेग्लै दर्शनका बीच साझा दर्शनका संविधान बनाउनु पर्ने हुन्छ त्यो साझा दर्शनका लागि साझा सोच र साझा सहयात्रा आवश्यक पर्छ । दलबीच सहयात्रा नहुदा संविधान निर्माणमा निकै अप्ठ्यारो स्थिति खडा भएको छ ।
संविधान निर्माणका लागि प्रकृया छोट्याइ बीचको बाटो अपनाएर भए पनि संविधान ल्याउने चर्चा चलिरहे पनि त्यो उचित देखिन्न । सही बाटो र ठीक बाटोबाटै संविधान बनाउनु पर्छ । बीचको बाटो भनेर गलत बाटोमा जानु कदापी हुन्न । सही बाटोका लागि प्रकृयामा हामीले के -के सुधार गर्न सक्दछौ त्यो मुख्य कुरा हो । नियम र नियमावलीमा अनि अन्तरिम संविधानमा केही संशोधन गरेर छरितो रुपमा हामीले उपयुक्त खालको संविधान बनाउन सक्दछौ कि भनेर हेर्ने हो । प्रकृया छोट्याउने भनेर गर्नु पर्ने काम नै नगरि जम्प मिल्दैन । प्रकृया छोट्याउने नाउमा संविधानसभाले गर्नु पर्ने काम नगरेर एउटा आयोगले र शासकले जारी गरे जसरी जारी गर्न त सकिन्न । यस कुरालाई संविधानसभाबाट संविधान बनाउने भन्ने कुराले अनुमति पनि दिदैन ।
संविधान निर्माणमा प्रकृयागत त्रुटि 
साँढे तीन बर्षको अवधिमा संविधानको मुलभूत काम हुन नसक्नुमा सत्ता केन्द्रित राजनीति मात्र जिम्मेवार देखिन्न । यसमा केही प्रकृयागत त्रुटि पनि अवश्य भएका छन् । कुन पद्धति अपाएर जाने भन्ने कुरा पहिल्यै निक्र्याेल गरेर अगाडि बढ्नु पर्दथ्यो । त्यसका लागि आधारभूत सिद्धान्त जारी नहुदा हामीलाई बाटो देखाउने सिद्धान्त भएन । कुन राजनीतिक प्रणालीको संविधान बनाउने भनेर पहिल्यै नै टुंगो लगाएको भए हामीलाई त्यसले बाटो देखाउने थियो । दोस्रो मुलुकका धेरै कार्यभारहरु र कार्यहरु हुन्छन् जसले एकले अर्काेलाई प्रभावित पारिराखेको हुन्छन् ।

तिनीहरुको बीचमा समन्वय र संयोजनको आवश्यकता पर्छ । यी कुरालाई हामीलाई संयोजन कसले गरिदिने भन्ने उपयुक्त व्यवस्था भएन । साथ साथै संक्रमण कालमा सहमतिको सरकार नभएकाले पनि एउटा सहमतिको संयन्त्र बनाउनु पर्ने जरुरी थियो । त्यस्तो पद्धतिगत कमजोरी र त्रुटिहरु हामीमा देखियो । मुलभूत विषयहरुमा आधारभूत सिद्धान्तका कुरा पहिले गरिदिएको भए या संविधानसभालाई नै दुइ वटा सदनमा बाँडेर र एउटा सदनले संविधान निर्माणमा ध्यान दिने अर्काे सदनले व्यवस्थापिका संसद्को काम गर्ने भन्ने पद्धति अपनाएर अन्तिम रुपमा सेसन बस्ने प्रकृया अपनाएको भए उचित हुन्थ्यो । हामीले प्रकृया अलि फरक अपनाएको भए काम सहज हुने थियो । त्यस मामलामा हामी चुकेका छौ । जसले गर्दा हामीलाई काम निकै अप्ठ्यारो परिहेको छ ।

विवाद समाधानको बाटो
शासकीय स्वरुप निर्वाचन प्रणालीमा जसरी सहमति खोजिन्छ त्यहि प्रकृया अनुरुप नै संघीयतामा सहमति खोजिनु र विवाद टुग्याउनु पर्छ । अब अरु कुनै नयाँ बाटोबाट सहमति फेला पर्ला जस्तो लाग्दैन । शासकीय स्वरुपबारे कसरी सहमति गर्ने संघीयता बारे पनि त्यसरी नै सहमति गर्नु पर्छ ।
अहिले शासकीय स्वरुप र संघीयताको विवाद कायम नै छ । यी विषय नटुंग्याइकन संविधान जारी गर्न सकिन्न । यी विषयनटंुग्याए अंग नपुगेको संविधान हुन्छ । संविधान भनेको संविधान नै हुनु पर्छ । संविधानको अंग पुग्नु पर्छ । कति काम भयो कति छैन भन्ने किसिमको प्रतिवेदन प्रकाशन गरेर जनतालाई जानकारी दिएर मस्यौदा जारी गर्न भने सकिन्छ ।
हाम्रो निम्ती संघीयता अत्यन्त जटिल र संवेदनशील छ । हामीले राम्रोसंग साचालन गर्न नसकेमा यसले नोक्सान पनि पुर् याउन सक्छ । तर राम्रोसंग साचालन गरेमा यसले नयाँ आधारमा मानिसलाई विकासका निम्ती र सद्भाव कायम गर्नमा मद्दत गर्दछ । मुल कुरा देशको अखण्डता पनि कायम राख्ने र देशका जनताबीचको सद्भावलाई र एकतालाई पनि कायम गरि संघीयताको विवाद सुल्झ्ााउनु पर्छ । यो कायम राख्दा राख्दै हामीले संघीयता मार्फत् जनतालाई र विभिन्न समुदायलाई शसक्क्तिकरण गर्न पनि जरुरी छ ।
संवैधानिक समितिमा राज्य पुनःसंरचना समितिको प्रतिवेदन आइसके पछि संघीयताको विवाद समाधान तर्फ समिति केन्द्रित बन्छ । शासकीय स्वरुपमा राजनीतिक दलबीच भिन्न दृष्ट्रिकोण आएका भए पनि समाजस्यता कायम गरि सहमतिको विन्दु पहिल्याउन सकिन्छ । संघीयता र शासकीय स्वरुप विषयमा सहमति गरेर अगाडि बढ्न तीन प्रमुख राजनीतिक दललाई संवैधानिक समितिका तर्फबाट ध्यानाकषर्ण गराउने काम समेत भएको छ । तीन दलले सहमति गरेर नआउदा सम्म संवैधानिक समितिले मात्र यी विषयमा एक्लै केही गर्न्रे अवस्था रहन्न । त्यसैले अब १४ जेठ अगाडि राजनीतिक नेतृत्वले के गर्ने भन्ने विषयमा संयोजन र नेतृत्व गर्नु पर्ने आवश्यकता छ । राजनीतिक पार्टीहरु बीचको सम्वन्ध सुर्धिएर पार्टीहरुमा सहमति कायम गर्नु पर्ने हुन्छ । यसका लागि राजनीतिक दलका प्रवृति र आविश्वास हटाउनु पर्छ भने अर्काेतिर केही प्रकृयागत सुधारका लागि निमावलीमा संशोधन पर्ने देखिन्छ । अनि मात्र जेठ १४ मा संविधान जारी गर्ने अवस्था रहन्छ ।

माओवादी भित्र शान्ति प्रकृया टुंग्गिए पछि मात्र संविधान निर्माणका विवादित विषयमा प्रवेश गर्ने अडान कायम छ । यता कांग्रेस र एमालेले पनि शान्ति प्रकृया अगाडि नबढेसम्म संविधान निर्माण पनि अगाडि बढ्दैन भन्दै आइरहेका छन् । तर केही छिटफुट विवाद कायम रहे पनि शान्ति प्रकृया चैत्र महिना भित्र टुंग्याउन सामान्य समझदारी दलबीच पनि बनिसकेको छ । शान्ति प्रकृया अगाडि बढे पछि विश्वासको बातावरण निर्माण हुन्छ । वास्तवमा संविधान विश्वासको बातावरणमा नै बन्छ ।

संविधानका मूल्य र मान्यता 
अहिले हामीले संविधान शुन्यमा बनाउन खोजेको होइन । िवं सं। २००७ सालको आन्दोलन २०१५ सालको पहिलो संसदीय निर्वाचन ०४६ सालको आन्दोलन र ती सबै आन्दोलनको उपलब्धीहरु र ०६२ ÷ ०६२ को आन्दोलन यी सबकै जगमा बनाउने हो । िवं।सं २००७ सालदेखि नै हामीले संविधान बनाउन थालेका हौ । २००७ सालको उपलब्धीलाई जर्गर्ना गदै र कमीकजोरीलाई हटाएर नयाँ ऐतिहासिक चरणमा र समयले माग गरे अनुरुप अहिले हामीले संविधान बनाउन लागिरहेका छौ । २००७ सालको मूल्य मान्यता र जगमा नै २०४७ सालको संविधान बनेको थियो । २०४६ सालको आन्दोलन भएको थियो ।

त्यस आन्दोलनले ००७ सालको मूल्य मान्यतालाई अझ विकसित बनाउने काम गर् यो भने ०६२ ÷ ०६३ को आन्दोलनले २०४६ सालको उपलब्धीलाई अझ सुढृण र विकसित पार्ने काम भयो । यस अगाडिका उपलब्धी र त्यही जगमा अहिले संविधान बन्ने भए पनि यस अगाडिका संविधान संविधानसभाबाट भने बनेका थिएनन् । संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक जिम्मेवारी अहिले हाम्रो काँधमा छ । आयोगद्धारा संविधान बनाएर जारी गर्न जति सजिलो हुन्छ संविधानसभाद्धारा सबैको सहमतिबाट कामय गरेर संविधान बनाउनु त्यतिकै गाह्रो हुन्छ । हामीले गाह्रो जटिल र समय लाग्ने बाटो अहिले अपनाइरहेका छौ । पहिलेको संविधान निर्माण भन्दा त्यहि भएर पनि अहिले संविधान निर्माण कार्यमा भिन्नता छ । ०४७ सालको संविधान बनाउदा हाम्रो लक्ष्य राजनीतिक रुपमा स्पष्ट थियो । अहिले पनि कुन राजनीति प्रणालीको संविधान बनाउने भन्ने पहिले त्यो स्पष्टता हुनु पर्ने हो तर त्यसैमा पनि अहिले विवाद भैराखेको छ ।

विश्वको अनुभव
विद्रोही शक्ति शान्ति पूर्ण राजनीतिमा आएर संविधान बन्न निकै जटिल बनेका विश्वका उद्दाहरण हाम्रो सामु छन् । विश्वका नकारात्मक उद्दाहरणलाई हेरेर हामीले सान्त्वना लिनु भन्दा सकारात्मक उदाहरणलाई हेर्दै अगाडि बढ्नु पर्छ । हामी आफैले पनि सकारात्मक उदाहरण पेश गर्नु पर्ने बेला हो यो ।

माओवादी पार्टी दश बर्षसम्म युद्ध साचालन गरि शान्ति प्रकृयामा आउनु र संविधानसभाको निर्वाचन मार्फत् राजनीतिलाई अगाडि बढाउन सहमत हुनु त्यो नेपालको आवश्यकता र ऐतिहासिकताले बाध्य पारेको स्थिति हो । हातहतियार लिएर सधै लडाइँ गरि जित्ने कुरा थिएन । त्यसैले पनि ऊ शान्ति प्रकृयामा आउनु आफैमा ठूलो उपलब्धी भएको छ । यस बीचमा ठूलो जनधनको क्षति हुनबाट राष्ट्र जोगिए पनि राजनीतिलाई िहंसामुक्त गर्नु पर्ने प्रमुख कुरा अझ बाँकी नै छ । राजनीतिलाई िहंसामुक्त पार्ने दिशामा केही कठिनाइ पनि देखा परेका छन् । विद्रोही पार्टी शान्ति प्रकृयामा आइसके पछि युद्धको धङधङगि त्याग्नु पर्ने र युद्धका संरचना र संगठन र साधनहरुलाई राज्यको हातमा सुम्पनु पर्ने हुदा यी प्रकृया छिटो टंुग्याउनु पर्दछ ।

विश्वका अनुभवहरु मिश्रित खालका छन् तर हामीले राम्रोसंग साचालन गर् यौ भने विश्वलाई सफल उदाहरण दिन सक्छौ । विश्वको सफल उदाहरण दक्षिण अफि्रकाको छ । दक्षिण अफि्रकामा निर्वाचन पछि अपि्रुकन नेशनल काङग्रेस अर्थात् मण्डेलाको पार्टीले अत्याधिक बहुमत पाएर स्थायि नेतृत्व रह्यो । तर हाम्रो अवस्था त्यस्तो रहेन । हामी कहाँ मिलिजुली काम गर्नु पर्ने र एउटा संयोजनकारी अनि नेतृत्वकारी भूमिका निर्वाह गर्ने एउटै पार्टी भएन सबै पार्टी मिलेर काम गर्नु पर्ने अवस्थाले केही अप्ठयारा हाम्रा सामु देखियो । त्यसैले दक्षिण अपि्रुका संम्भव भयो भारतमा भयो भनेर हुदैन । अर्काे हाम्रो जस्तो विविधतायुक्त सन्र्दभमा संविधानसभाको निर्वाचन भयो त्यसरी भएको र यतिको विविधतापूर्ण संविधानसभा विश्वको अन्य संविधानसभा छैनन् । विश्वको अन्य कतिपय संविधानसभा निर्वाचित संविधानसभा पनि होइनन् । प्रुान्सको संविधानसभा पहिलो संविधानसभा भनिए पनि त्यो तत्कालिन राष्ट्रिय संसद् वा संविधानसभाको एउटा अंग मात्र थियो । जुन आफूलाई संविधानसभाको रुपमा घोषणा गर् यो । त्यसैले हाम्रो आफ्नो समय र अवस्थामा अदितीय छ । विश्वमा हाम्रो जस्तो अनुभव अरुमा छैन । हामीले सबै काम सम्पन्न गरेर संविधान जारी गर्न सक्यौ भने विश्वमा हामीले नयाँ अनुभव र उदाहरण दिन सक्छौ । हाम्रो अनुभव र उदाहरण विश्वले सिक्नु पर्ने हुन्छ । कसरी यत्रो काम सम्पन्न गरे भनेर विश्व आश्चर्यमा पर्नु पर्ने हुन्छ । फेरि हामीले सम्पूर्ण एजेण्डा खुल्ला राखिदिएका छौ र मिति पनि तय भएका छन् त्यसमा अडेर विभिन्न कुरा निर्धारण गर्न मात्र बाँकी छ ।

माओवादीले आफ्नो नेतृत्वमा सरकार भए मात्र शान्ति प्रकृया र संविधान निर्माण टुंग्याउंने विगत देखि बताउदै आएकाले शान्ति प्रकृयाको मुलभूत कुरा चैत्र भित्र नै टुंग्याउन माओवादी नेतृत्वको सरकारले पहल गर्नु पर्ने हुन्छ । पार्टी भित्रको उत्पन्न विवाद र अन्तरकललाई उ आफै समाधान गर्नु पर्छ । कलहलाई र पार्टीगत एजेण्डालाई भन्दा पनि राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिएर मुख्य कामलाई विलम्ब नगरी अगाडि बढाउनु पर्छ । मुलुकका समस्याहरु समाधान गदै जाने हो भने अन्य गौण कुराले मुख्य कुरालाई प्रभावित गर्न्रै सक्दैन ।

(वार्तामा आधारित)
प्रस्तुति:  गोविन्द लुइँटेल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %