फुटवलका बादशाह पेले विरुद्ध गोल गर्ने मगरको छोरो

Read Time:10 Minute, 15 Second

मेरो नाम श्याम थापा मगर हो । फुटवल जगतमा श्याम थापा भनेर चिनिन्छु । सन् १९४८ मे १० मा गुल्मीको भासे्रमा जन्मेको हुँ । बुबा स्वर्गीय विसनसिँ थापा मगर आमा हिरादेवि थापा मगर । बुकनीमा बाख्रा चराउँदै हिँडेको अहिले भर्खरै जस्तो लाग्छ । तर यसवीचमा भारतको सर्वाधिक महँगो फुटवलरदेखि नेपालको राष्ट्रिय टीमको प्रशिक्षकसम्म भईसकें ।

सन् १९७० देखि १९७४ सम्म भारतको राष्ट्रिय टिमका स्टाइकर रहेर खेलें । इस्ट बंगाल क्लब र मोहन बगान क्लबमा लामो समय अनुबन्धित भएँ ।  १३ वर्षमा गोर्खा स्कूलकोतर्फबाट सुव्रतो मुखर्जी कप खेल्न गएको थिएँ । म लाहुरे पृष्ठभूमिबाट आएको हुँ । पारिवारिक दवावमा १९६७ मा भर्ती पनि भएँ तर साढे दुई वर्षमै इस्ट बंगाल क्लबमा अनुबन्धित हुन सेनाको जागिर तिलााजली दिएँ । त्यतिबेला मलाइ भा.रु. १० हजार तिरेर मात्रै सेनाको जागिर छाड्न भनियो । जम्मा ९५ भारतीय रुपियाँ मासिक तलब भएको बेलामा त्यो रकम कति ठूलो थियो आफै अनुमान लगाउन सक्नुहुन्छ । यद्यपि मसँग रकम असुल्ने भन्दा पनि सेना नछाडोस् भनेर अड्को थापेको मात्रै थियो । तर मेरो पारिश्रमिकबाट कट्टा हुने गरी त्यो रकम तिर्न क्लब तयार भयो । सन् १९७० देखि करिब ६ वर्ष इस्ट बंगाल क्लबका लागि खेलें ।

 

महँगो खेलाडी 

त्यतिबेलासम्म म भारतको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीमा भईसकेको थिएँ । सिजनको ४५ हजार भारतीय रुपियाँ पाउनु चानचुने कुरा थिएन । त्यसपछि सन् १९७७ मा भारु ७० हजार पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भएँ । त्यो रकम अहिलको ७० लाख जति हो । समर्थकहरुको अत्याधिक भीड र क्लबहरुको तानातानवीच मोहन बगानसँग सम्झ्ौता गर्न देहरादुनमा प्रहरीको भ्यानमा गएँ । बढी पारिश्रमिक पाएर भन्दा पनि फुटबलका राजा पेलेसँग खेल्न पाउने लालसाले मलाई मोहन बगान क्लबमा पुर्याएको थियो । मगरको छोरोलाई पैसा मात्रै तानेको अवश्य थिएन ।

त्यतिबेला अमेरिकाको कसमस क्लबबाट खेल्न आएका पेलेको टीम र मोहन बगानवीच प्रतिपस्र्धा हुँदै थियो । २-१ ले पछाडि परेको मोहन बगानलाई मेरो गोलले बराबरीमा पुर्याएको थियो । पेलेको टीम विरुद्ध गोल गर्नु मेरो जीवनको सबैभन्दा बढी सम्झ्नि लायक क्षण बन्यो । खेल सकिएपछि कुन खेलाडी मन पर्यो भनेर सोध्दा पेलेले ‘जसर्ी नम्बर २२ इज वेस्टु’ भने पछि त मेरो खुशीको सिमै रहेन । जुनसुकै क्लबबाट खेल्दा मेरो २२ नम्बर जसर्ी हुन्थ्यो । 

सन् १९७० मा बैङ्कक्मा भएको एसियन गेममा भारतले कास्य पदक जितेको थियो । त्यसवापत अहिले पनि मासिक ६ हजार भारु पेन्सन प्राप्त गरिरहेको छु । नेपालका खेलाडीहरुले भने अहिलेसम्म पनि यस्तो सुविधाको कल्पनासम्म गर्न सक्दैनन् ।  रुपन्देही मंगालपुरमा पनि मेरो घर छ । तर अहिले कलकत्तामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छु ।

नेपाली हुनुको पीडा
नेपाली भएर भारतका लागि खेल्दा दुःखद क्षणको पनि सामना गरेको छु । शायद जीवनको सबैभन्दा विस्रन लायक घट्ना । सन् १९७६ र १९७७ को म हाइस्कोरर थिएँ । तर १९७८ को एसियन गेमका लागि मलाई सुनियोजित रुपमा छनौट गरिएन । त्यति बेला नेपाल भएकैले मलाई अन्याय गरियो । त्यसअघि भएका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएकाले म टीमको कप्तानको एकमात्र हकदार थिएँ । एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः Arjuna Award दिनु पर्ने भएकाले मलाई खेलाडीको सूचिमै राखेनन् । त्यसपछि मलाई के भयो यहाँ शब्दमा बयान गर्न सक्दिन । 

मलाई राष्ट्रिय टीमबाट हटाएकोमा चौतर्फी विरोध भएपछि क्लोज क्याम्पमा आउन पत्र पठाएका थिए । त्यतिबेला टीममा नफर्कनुलाई गलत निर्णय भएको जस्तो लाग्छ । त्यति बेला कुनै पनि साथीले फर्कमा टीममा जानु भन्ने सल्लाह पनि दिएनन् । मेरो पनि युवा जोश । हल्का इगो प्रोबलम नहुने कुरै भएन । 

यस्तै गलत निर्णय सन् १९९० को विश्वकप हेर्ने बेलामा भयो । इटलीमा भएको विश्वकप हेर्न देहरादुनको जग्गा भारु २ लाखमा बेँचे । श्रीमतीले नबेच्नु भन्दा पनि मैले मानिन् । कलकत्ता पुग्दा त सरकारले निशुल्क विश्वकप हेर्ने लिस्टमा मेरो नाम छनौट गरेको रहेछ । त्यतिबेला भारु २ लाखमा बेचेको जग्गाको मूल्य अहिले दुई करोड पुगेको छ ।

खेलाडीबाट प्रशिक्षक
मोहन बगानबाट इस्ट बंगाल क्लबमा फर्किएको एक वर्षपछि सन् १९८४ मा सकि्रय खेलजीवनबाट सन्यास लिएँ । र इस्ट बंगालबाटै १९८५ देखि सहायक प्रशिक्षकको रुपमा नयाँ करिअर प्रारम्भ गरेँ । त्यसमा पनि म भाग्यमानी ठहरिएँ । ६ महिनामै सहायक-प्रशिक्षकबाट प्रशिक्षक भएँ । सन् १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरेपछि अल इन्डिया फुटबल फेडेरेसनमा पनि प्रशिक्षक भएँ । १९९० देखि २००२ सम्म विलियम मेगर कम्पनीको किशोर खेलाडी तयार गर्ने परियोजनामा प्राविधिक निर्देशकको जिम्मेवारी पुरा गरें । सन् २००४ मा नेपालमा प्रशिक्षक भएर आउनु भन्दा पहिलासम्म मेरो पुरानो क्लब मोहन बगानमा प्राविधिक निर्देशक भएको थिएँ ।

मातृभूमिलाई पसिना
अखिल नेपाल फुटवल संघ एन्फा अध्यक्ष गणेश थापाबाट युथ डेभलपमेन्ट प्रोग्राममा प्रशिक्षक अफर आएपछि भने मलाई ठूलो द्विविधामा परेको थियो । एकातिर पेलेसँग खेल्ने अवसर जुराएको मोहन बगानको जिम्मेवारी थियो भने अर्कोतर्फ आफ्नै देशका खेलाडीलाई सिकाउने । तर मलाई पुरानो क्लब र त्यहाँको सुख सुविधा भन्दा जन्मभुमीकै फुटवलले तान्यो । फुटबलर बन्ने सपना बोकेका ठिटाहरुसँग रम्न पाउने नेपालीत्वले आर्कषित गर्यो ।

नेपालको यु-१६ युथ-१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बनँे । अहिले राष्ट्रिय टीमबाट खेलिरहेका अधिकाँश खेलाडीहरु चार वर्ष नेपालमा रहँदा मैले प्रशिक्षित गराएका छन् । साफ च्याम्पियनसीपको इन्जुरी  समयमा बंगलादेश विरुद्ध गोल गरेर सनसनी मच्चाएका राष्ट्रिय टीमका कप्तान सागर थापा पनि मेरै उत्पादन हुन । सागर अनिल गुरुङ लगायतलाई मैले पस्रनल्ली टि्रट गरेको थिएँ । माओवादी द्वन्द चलिरहेको तथा एन्फा आफै भित्र विवादमा रहेको बेलामा प्रशिक्षक बनेको थिएँ । नेपालका लागि चाहे जति गर्न भने सकिन जस्तो लाग्छ ।

नेपालबाट खेल्ने मेरो टीम वि्रगेड ब्वाइज हो । मेरो पालामा यो क्लब निकै चर्चित थियो । भारतका धेरै खेलाडीलाई यहाँ ल्याएर खेलाएँ । यसको मुख्य उद्देश्य नेपालमा फुटवल क्रेज बढाउनु थियो । 

२००८ मा नेपालबाट फर्केर उनी मोहन बगानमै पुगे र त्यसपछि जमसेदपुरमा टाटा एकेडेमीको प्राविधिक निर्देशक बनँे । अहिले कलकत्ताको पाइलियन वल्र्ड स्कूलमा फिफाको युथ डेभलपमेन्ट प्रोग्राम डाइरेक्टर छु । सन् १९७७ मा नेपाल आएका बेला एन्फाका बोदबहादुर राउत मलाई लिन रुपन्देहीस्थित घरमै आएका थिए । भैरहवाबाट काठमाडौं विमानस्थल नपुग्दै मलाई विमानमै बुट र जसर्ी लगाउन लगाइयो । भएको के रहेछ भने रंगशालामा खचाखच दर्शक प्रतिक्षामा रहेछन् । त्यहि कारणले विमान भित्रै जसर्ी लगाउन लगाएका रहेछन् । त्यतिबेला आफैले सोचे भन्दा बढी चर्चित भएछु भन्ने लाग्यो । 

(कान्छो बुवाको निधनमा काठमाडौं आएका बेला राज्यसत्ता डटकम खेलकुद ब्यूरोसँग गरिएको वार्तामा आधारित)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %