हंगकगंका नेपालीहरुलाई खुशीको खवर ! सूचना र प्रविधिको जमानामा अझ बढि सत्य-तथ्य सूचना दिने प्रतिबद्धता सहित तँपाईहरुको माझमा आएको छ एथ्नीक भ्वाइस साप्ताहिक । एथ्नीक भ्वाइस अग्रेंजी र नेपाली भाषामा हरेक मंगलबार प्रकाशित हुन्छ । हिमाल खबरपत्रिकाका समाचार सम्पादक, राज्यसत्ता द्वैमासिक र राज्यसत्ता साप्ताहिकका सम्पादक रहिसकेका चचिर्त पत्रकार जेवी पुन मगर एथ्नीक भ्वाइसको प्रधानसम्पादक रहेका छन् । सम्पादक पुन मगरले ‘एथ्नीक’ शब्दको ब्याख्या गर्दै यो शब्दले आदिवासी जनजातिलाई नभई हंगकंगमा रहेका अल्पसंख्यक विदेशी समुदायलाई बुझाउने बताएका थिए । सिभिक कमरसर्ियल विल्डिङको पहिलो तल्लामा रहेको कार्यालयको उद्घाटन नेपाली महाबाणिज्यदूत विनोदकुमार उपाध्यायद्धारा गराइएको थियो ।
त्यस लगत्तै जोर्डन स्थित कंगन रेष्टूरेण्टमा प्रमुख अथिति विनोद कुमार उपाध्याय एनआरएन आईसीसी अध्यक्ष जिवा लामिछाने, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवि थापा मगर, चेम्वस्र अफ कमस्रका अध्यक्ष जेएन ज्ञवाली, नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई र आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष नेत्र पहराईद्धारा संयुक्त रुपमा पत्रिका विमोचन गरिएको थियो । सभापतिको आशन ग्रहण नै नगराईकन अनौपचारिक रुपमा प्रकाशक विनय शाहले कार्यक्रम साचालन गरेका थिए ।
शुभकामना दिने बक्ताहरुमा प्रमुख अथिति विनोदकुमार उपाध्यय एनआरएन आईसीसी अध्यक्ष जिवा लामिछाने, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवि थापा मगर, नेपाली महासंघका बरिष्ठ सल्लाहकार हेम लिम्बु, चेम्वस्र अफ कमस्रका अध्यक्ष जेएन ज्ञवाली, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष नेत्र पहराई र नेपाल पत्रकार संघ हंगकंगका अध्यक्ष किसन राई रहेका थिए । सवै बक्ताले राम्रो कामको शुरुवात भएको भन्दै प्रगति र निरन्तरताको लागि बधाई तथा शुभकामना दिएका थिए ।
भीम बरही मगर, हङकङ