नेपालगन्जमा सचालित दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । चैत ११ गते सम्पन्न खेलमा महिलाको ६९ केजीमा नेपालकी तारा पुनले स्नेच क्लिन एन्ड जर्क र कुलमा गरी तीन स्वर्ण प्राप्त गरेकी छन् । सोही तौल समूहमा नेपालकी राजलक्ष्मी थापाले स्नेच क्लिन एन्ड जर्क र कुलमा तीन रजत पदकमा कब्जा जमाइन् । महिलाकै ७५ केजी तौल समूहमा बङ्गलादेशकी सुल्ताना सापराले स्नेच क्लिन एन्ड जर्क र कुलमा तीन स्वर्ण पदक प्राप्त गरिन् । नेपालकी लक्ष्मी बनले स्नेच र कुलमा रजत तथा नेपालकै चम्पा ठकुलाले रजत पदक जितिन ।
सार्क राष्ट्रअन्तर्गत नेपाल भारत बङ्गलादेश अफगानिस्तान पाकिस्तान र श्रीलङ्काका महिला र पुरुष गरी ६० जना खेलाडी सहभागी खेलको पुरुषको १०५ तौल समूहमा भारतका कि्रस्टोफर भिएले स्नेच क्लिन एन्ड जर्क र सबैमा गरी तीन स्वर्ण जित्न सफल भए ।
त्यसैगरी सोही तौल समूहमा बङ्गलादेशका विद्युतकुमार रायले स्नेच क्लिन एन्ड जर्क र सबैमा गरी तीन रजत र कास्य पदक अफगानिस्तानका अब्दुलरावफ नूरीले जितेका छन् । पुरुषकै ९४ केजी तौल समूहमा पाकिस्तानका खुराम शहजातले स्नेचमा बङ्गलादेशमा मोहमद मुमिन अब्दुल्हाले क्लिन एन्ड जर्कमा र सबैमा गरी श्रीलङ्काका समसेखरा आरएमआरपीले स्वर्ण पदक हात पारे ।