नेपालमा राज्य पुर्नसंरचनाको विषयमा गरमागरम बहस चलिरहेको बेलामा अमेरिकामा नेपालका लागि संघीयता विषयक अन्तरकि्रया हुने भएको छ । मार्च २५ तारिखमा मध्यान्ह ३ देखि ६ बजेसम्म हुने क्रार्यक्रममा वेस्र्टन मिचिगन युनिभसर्िटीका प्राध्यापक डा महेन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विके राना मगरले इमेलमार्फत जानकारी दिएका छन् ।
संघीयता र समावेशी लोकतन्त्रको विषयका अध्यता डा लावतीको कार्यपत्रमाथि जर्ज म्याशन युनिभसर्िटीका प्राध्यापक डा गंगाबहादुर पुन मगरले टिप्पणी गर्ने कार्यक्रम रहेको रानाले जनाएका छन् । आयोजकका अनुसार स्काइपमार्फत संसारभरीबाट प्रश्न सोध्न सकिनेछ ।