सुभाषना मगर
मेजन (मेकबहादुर) पुन मगर धेरै सुनिएको नाम हो- मगर समाजमा । मगर संस्कृति झल्काउने फिल्म एजु-१ र एजु -२ को प्रदर्शनपछि चर्चामा देखा परेका चलचित्र निर्माता र कलाकार समेत रहेका मेजन पुन मगरले साहित्यको क्षेत्रमा पनि कलम चलाएका छन् । उनले फिल्म निर्माता, कलाकार, समाजसेवी, कवि, पत्रकार, अनुसन्धान जस्ता विविध क्षेत्रमा आफ्नो प्रतिभालाई निखारेका छन् र अमूल्य योगदान दिदै आइरहेका छन् । एमबिए उनको शैक्षिक योग्यता भए पनि नितान्त अलग कार्य क्षेत्र अपनाएको देखिन्छ ।
स्वर्गीय मनबहादुर पुन र गोपी पुनका कान्छा छोराको रुपमा बेगखोला गाविस वेग-२, म्याग्दी धौलागिरीमा जन्मिएका मेजन पुनको स्थायी ठेगाना बुटवल भए पनि आफ्नो कर्मथलो नेपालका विभिन्न क्षेत्रलाई बनाएका छन् । तमाम युवक आफू र आफ्नो नालेबेलीका उन्नतिका निम्ति विदेशिएका छन् भने कोही रोजगार मै व्यस्त छन्- स्वदेश मै । तर पनि सबै कुरालाई थाति राखेर यौवन जोश र जाँगरलाई आफ्नो भाषा र संस्कृतिको उत्थानका निम्ति लडिरहेकै छन्- उनी । आफूसँग पर्याप्त पैसा नभएको र कपाल पनि नपाकेको हुँदा हात्तीको छेउमा कमिला हुनु परेको व्यङ्गयात्मक झटारो पनि मैले नसुनेको होइन किनभने यहाँको समाजमा या त पैसावाला या त जुँगा दाह्री र कपाल सेतै पाकेको भए मात्र मान्छेको ठाँउमा आउन सकिने परम्परा जो बसिसकेको छ । साहित्यकार मेजन पुनका पुस्तकाकार रुपमा भावना कविता संङ्ग्रह, बाँच्न चाहनेहरु कविता संङ्ग्रह र करवाकेली पुर्खाको खोज… र पुन मगर एक अध्ययन अनुसन्धानात्मक कृति जस्ता कृतिहरु प्रकाशन भैसकेको छ । अतः यहाँ कवि मेजन पुनको ‘बाँच्न चाहनेहरु’ कविता सङ्ग्रहमा देखा पर्ने अभिव्यक्तिलाई मात्र हेर्ने प्रयास गरिएको छ ।
कवि मेजनको ‘बाँच्न चाहनेहरु’ अठार मगरात, बाह्र मगरात र नेपाली भाषामा गरी ३ वटा भाषामा लेखिएको दोस्रो कृति हो । बाहिरी पृष्ठमा सोह्र श्रृङ्गारमा सजिएकी निर्दोष कोमल ह्दयकी नारी जोस, जाँगर तथा उमङ्गका साथ बाँच्न चाहेको देखाइएको छ भने यौवना नारीको शिरको ठीक माथि सामन्तवादी सत्ताधारी भयानक रुपाकृति पुरुषत्वले तसा्रइएको दबाइएको र थिचिएको त्रासदीपूर्ण परिदृश्यको चित्राङ्कन गरिएको छ । आरम्भ पृष्ठमा बुवाप्रतिको समर्पण भाव मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको मगर भाषा र नेपाली भाषामा लेखिएको भूमिका स्वयम् लेखकको आफ्नो कुरालाई छोडेर ७४ पृष्ठको कृतिमा २१ वटा कविताहरु छन् । आफू बाँचेको र आफूले भोगेको परिवेश र तत्कालिन युगबोधको अभिव्यक्तिले यो कविता सङ्ग्रहको रुप लिएको छ । भाषा विहिन हुनुको पीडा र लोपोन्मुख हुन थालेको आफ्नो मौलिक पहिचान गर्न र आदिवासि\जनजातिहरुको बाँच्न पाउने हकको कुरा दर्शाउन खोजिएको पुन २०६४ःआफ्नो कुरा मुक्तिका कविता हुन् । मुक्तिका निम्ति परिवर्तन जरुरी हुन्छ । परिवर्तनका लागि सचेतता सहितको क्रान्ति तथा क्रान्तिका निम्ति मार्ग प्रदर्शन हुनु अत्यन्तै जरुरी हुन्छ । त्यस क्रममा वर्तमान जीवनको विसङ्गति चिनाउने र मुक्तिपछिको जीवनको झलक देखाउने काम पनि गर्नु पर्ने हुन्छ । सचेतले शोषित पिडितको ह्दयमा विद्रोहको आगो सल्काइदिनु पर्छ । सबैको ह्दयमा बलेको आगोले एकीकृत रुप लिए पछि क्रान्तिको ज्वाला भड्किन्छ र शोषित पिडितले मुक्ति पाउँछन् । कवि मेजन पुनका कविता सङ्ग्रह ुबाँच्न चाहनेहरु मा यी पक्षको प्रतिविम्बन छ । हरेक वस्तु र हरेक व्यक्तिलाई हेर्ने दृष्टि हरेकको आ-आफ्नै हुन्छन् । मेजन पुनका यस कविता सङ्ग्रहमा रहेका २१ वटा गद्य कविताहरुमा अरु पनि धेरै प्रवृत्तिहरु छन् र तिनीहरुलाई पनि झिना मसिना पाराले केलाउने थुप्रै आधारहरु छन् । तर पनि यहाँ युग दर्शनका आधारमा हेर्ने प्रयास गरिएको छ । यस सङ्ग्रह भित्रका विभिन्न कवितांशमा देखा परेका प्रकृतिहरुलाई विभिन्न उपशीर्षकमा राखेर यसरी चर्चा गरिएको छः
१. आशावादी चिन्तन
आफूमा जातीयबोध तथा यसको स्थितिबोध भइसकेपछि जातिगत सचेतताको फूल रोप्न निरन्तर लागि परेपछि एकदिन कसो सफल नभइएला भन्ने आशावादी चिन्तन अभिव्यक्ति भएका छन् ।
सुनौलो विहानीको लािग
संघर्षरत यो मेरो आज
हुरी बतास बीच छिचोलिदै
निरन्तर अघि बढदैछ ।
॥१॥ संघर्ष
त्यसैले प्रत्येक आफ्ना अभिभावक सहपाठी मित्र आउँदा पुस्तामा पनि आफ्नो ुपरिचयु नगुमोस् र ुम हुँ म छु भन्ने चेतना बोध होस् भन्ने आशा अभिव्यक्त गरेका छन् ः-
अर्कैको देशमा फेरि जान नपरोस्
रोजगार मिलोस् यही
समानता नारामा मात्र सिमित नहोस्
भाषा संस्कृति धर्म सबैको बचोस्÷बचाइयोस्
जीवनको यात्रामा आशा होस् प्राप्तिको ।
॥२॥ च्ाहना साकार होस्
२. विसङ्गत अस्तित्वबोध
यस उद्देश्यविहीन र अवोधगम्य संसारमा एक्लो मानिसको अस्तित्व उद्देश्यहीन िस¢ान्त रहित असत्य र अर्थविहीन पीडापूर्ण र विसङ्गत छ । अकस्मात् भ्रान्ति र प्रकाशबाट विाचत गराइएको यस संसारमा मानिसले आफूलाई विरानो अनुभव गर्छ । ऊ एउटा निदान रहित निर्वासन बास नभएको अवस्था मा पर्छ । जीवन निस्सार निरर्थक विसङ्गत भएतापनि आफ्ना स्वतन्त्र इच्छा शक्तिद्वारा मानिसले आफ्नो जीवनलाई तिनै निस्सारता निरर्थकता र विसङ्गतिका माझमा विशिष्ट तुल्याउनु पर्छ । शर्मा र लुइटेल २०६१ः ३४८ भन्ने भाव कवि मेजन पुनको यस सङ्ग्रह भित्रका केही अंशमा अभिव्यक्त भएका छन् । कवि भावुक छन् । उनी मायालु वातावरणको अपेक्षा गर्दछन् तर विडम्बना !!! समय विसङ्गत भइदिएको छ भन्ने कुरा तलको अंशले प्रस्ट पारिदिन्छः-
माया दिन हो माया रात पिन
शुन्यता हो माया विछोड पनि माया नै हो
माया सागर हो माया आकाश पिन
विश्वास हो माया दुई मुटुको धड्कन पनि ।
॥१॥ मायाको यथार्थ
………………
त्यहाँ माया नै हुदैन
त्यहु केवल नौटंकी हुन्छ
जसको अन्त दर्दनाक हुन्छ ।
२१ औं शताब्दीको शहरी परिवेश त्यहुका मान्छे र उनीहरुको जीवनशैली र आफू र आफ्नो जीवनशैलीमा देखापरेको विसङ्गतलाई अति छोटो र मार्मिक पंक्तिले यसरी पोख्न सफल देखिन्छ ः-
यस्तै छ यो आधुनिक शहर
बाहिर चम्किलो छ भित्र त दिक्दार पो छ ।
॥४॥ शहर
यति हँुदाहुँदै पनि अर्थात् विसङ्गत परिवेशमा पनि आफ्नो जातीय अस्तित्वका लागि शुरु गरेको यात्रामा धेरै अपरिचित अनुहारहरु छन् । अपरिचित अनुहारका बीचमा आफ्नोपन खोज्ने अस्तित्ववादी चिन्तन व्यक्त छ ः
आफ्नो पहिचानको लािग
यी भीडहरु माझ
जहु म हराइरहेको छु ।
एक्लो छु
लामो यात्राभरि नै एक्लै छु
अपरिचित अनुहारहरु बीच
आफ्नोपन म खोजिरहेछु ।
३.व्यङ्ग्य चेतको अभिव्यक्ति
मेजन पुनका कविताका केही अंशले समाजमा लामो समयदेखि आफ्नो एकाधिकार प्रयोग गरी नारीलाई एउटा मनोराजनको साधनको रुपमा प्रयोग गरिरहेका ती नमिठो व्यङ्ग्य प्रहारप्रति औंला ठडाउँदै नारीप्रति सहानुभूति व्यक्त गरेका छन् । ुकविु र ुकविताु जस्ता शब्दको प्रतीकात्मक प्रयोगले कवितालाई स्तरीयता प्रदान गर्न सफल देखिन्छ ।
वैंशले होश हराएपिछ
रातै पिच्छे कविता कोर्नेहरु
कैयन रात कति कविता कोर्छन्
कविताहरु कहाँ एकैनासका हुन्छन् र
कसैमा शालिनता हुन्छ
कसैमा उच्छृङ्खलता हुन्छ
कतै कागजमा कोरिन्छ
कतै अँध्यारो रातमा
यहाँ एकराते कविता कोर्नेहरु
हरेकपल पुरुषार्थ देखाउँदा
सडक हिड्ने सबैलाई
उही कविता सम्झन्छन् ।
आफू चाहि सभ्य छु भनेर सभ्यताको ठाँटमा ठाँटिएको तर म हामी को हौ भनेर रत्तीभर ज्ञान नभएका तथा ज्ञान भएर पनि अमूक स्थितिमा बसिरहेका अर्थात् मैलो कलुषित वातावरणको बीचमा रुमलिएको धेरै समस्याहरुले झेलिनु परेको र संसार चियाउने निर्दोष ती आँखामा नयाँ जोस जाँगर पटक्कै नदेखेको केवल अरुको मनोराजन प्रदान गर्नका लागि प्रयोगमा आइनु परेको अवस्थाप्रति चिन्तित हुँदै २१ औ शताब्दीमा पनि अचेत हुनुको भाव देखाउने प्रत्येक सचेतप्रति व्यङ्ग्यको भाव छ । जुन तलको कवितांशले प्रष्ट पार्दछ ः-
महिनौ नधोको कपडा
जुम्रा परेको टाउको
कचेरी आँखाहरुमा तिमी के खोज्छौ ुजेनिफरु
सभ्यता जुधाउँदै हिडेको पो छौ कि
प्रेमिकालाई लैजाने उपहार रोज्दै छौ
४.समानताको भावः-
ल्ाैकिक संसारमा जन्मिएको मानव जातिका केवल २ जात स्त्री र पुरुष हुन्छ । अरु त आफूलाई सामन्ती सत्तामा आसिन गराउने ध्येयले बनाएको एउटा भ्रमको जालो मात्र हो । जसलाई हामी अन्ध भएर अनुशरण गरेका छौ भन्ने कुराको अभिव्यक्त गर्दै वास्तविकता कुरा थाहा हुने भद्रहरुलाई कस्ता हुन्छन् त मान्छे ! भन्दै प्रश्न गरेका छन् ः
काटे सबैको रगत आउँछ
रगत सबैको रातो हुन्छ
आँखा नाक मुख खुट्टा सबैमा हुन्छ
फेरी किन एउटाले छोएको अर्कोले नखाने
के ऊ मान्छे होइन
कि ऊ हामी भन्दा फरक छ
५. सत्ता र सत्ताधारीको विरोधः-
कवि मेजनका कविताले युगको सम्वेदनालाई कवितामा प्रतिविम्वित गर्न सफल देखिन्छ । देश र जनताको परिवर्तनको चाहना बोकेर सत्तामा पुगेपछि सामन्ती र पँूजीवादी सत्ता असहयोगी मात्र नभई घातक समेत सावित भएको देश र जनताको मूल्य र महत्वलाई बुझ्नुको सट्टा आफूलाई सर्वशक्तिमान ठान्दै सदासर्वदा व्यक्तिगत स्वार्थमा लिप्त भइरहेको र जनतालाई त्रासमा बाँच्न बाध्य तुल्याएको शासन प्रणालीको विरोधलाई यसरी पोख्छन्:-
मेची महाकालीमा अल्झेको व्यथा
रुकुम रोल्पामा बल्झेको छ
आज सगरमाथा र लुम्बिनीको लागि होइन
हामी व्यक्तिगत अहमको लडाई लड्दैछौ
सार्वभौम अखण्डता कता गएछ कुन्नी
बन्दुकले समस्या समाधान गर्न खोज्छौ ।
॥२॥ भ्ााेटो र कछाड
६. परिवर्तनको अपेक्षा
समाजमा आमूल परिवर्तनको लागि क्रान्तिको आवश्यकता हुन्छ । अर्थात् स्थापित सत्ता परिवर्तनका लागि जनताका तर्फबाट विद्रोह हुनै पर्छ । मनुद्वारा निर्मित मान्छेहरु राक्षसमा परिवर्तन भैसकेका छन् । विध्वंशको ज्वालालाई दन्काइ रहेका राक्षसी प्रवृत्तिलाई रोक्ने ढाल बनेर विध्वंशको ज्वालालाई दन्काइ रहेका राक्षसी प्रवृत्तिलाई छप्काउ गिडँ अनि मनुको मानवको फेरी स्थापना गर गोर्खाली भनी नेपालीलाई सम्बोधन गर्दै परिवर्तनको अपेक्षालाई यसरी पोखेका छन्:-
यु¢भूमिमा
विध्वंशको कारक बन्दै ुगोर्खालीु
छप्काउदै गिडँ मनुको
मानव राक्षस नै बन्यो ।
॥१॥ गोर्खालीको देश
७. सङ्गठनको महत्वबोध
सदीयौँदेखि जमेर बसेको पाखण्डी सत्ताको उच्छेद गर्न एक्लो व्यक्ति सफल हुन सक्दैन । एक्लो व्यक्तिको संघर्षले जीवनमा कुनै किसिमको योगदान दिन सक्दैन । एक्लो हुनु भनेको कमजोर हुनु हो । त्यसैले मान्छे सङ्गठित भएर संघर्ष गर्न आव्हान गर्छन् साङ्गठनिक शक्तिको महत्वबोध गराउन तम्सन्छन् । एकले थुकी सुकी सयले थुकी नदी भन्ने उखानलाई यहाँ चरितार्थ गरिएको छ भन्नु अत्युक्ति नहोला । हामी र हाम्रो संघर्ष एक्ला÷एक्लै हुनाले सकारात्मक प्रतिफल प्राप्त गर्न सकेका छैनौ । अतः सकारात्मक प्रतिफल प्राप्त गर्न सामूहिक चिन्तन र साङ्गठनिक एकजुटता हुनुपर्ने विचारलाई यसरी पोख्छन्:–
हामी
सामूहिक चिन्तन
सांगठनिक एकजुटता
मिलेर बाँच्ने भावना
सफलताको खुड्किलो
आशाको त्यान्द्रो ।
निष्कर्ष
हामी भित्र आफ्नै भाषा र संस्कृति भए पनि भाषा विहिन हुन पुगेको तथा संस्कृति लोप भैसकेको पीडा बोकेका पुनका कवितामा विसङ्गत परिस्थितिमा अस्तित्वबोध गर्दै परिवर्तनको पक्षधरता पाइन्छ । यिनी आमूल परिवर्तनका हिमायती छन् । परिवर्तनका निम्ति एक्लो होइन सामूहिक सङ्गठनको आवश्यकता बोध गर्दछन् र आवश्यक परे यु¢ गर्न पर्ने दृष्टिकोण पनि उनको छ । प्रकारान्तरले क्रान्तिलाई यु¢ शब्दको प्रयोग गरेका छन् । अर्थात् परिवर्तनका लागि क्रान्तिको अनिवार्यतालाई देखाएका छन् । यसरी जम्माजम्मी रुपमा हेर्दा यिनका उपर्युक्त कवितामा पोखिएका सबै विशेषताहरुको निचोड निकाल्दा कवि पुन प्रगतिवादी कविका रुपमा आफूलाई चिनाउन सफल छन् । विभिन्न विम्व र प्रतीकहरुको प्रयोग गरिएको यो कविता सङ्ग्रहको शीर्षक प्रतीकात्मक रुपमा सफल र सार्थक देखिन्छ ।