यसरी मनाइयो हंगकंगमा मगर दिवस

Read Time:2 Minute, 56 Second

४ मार्चमा हंगकंगको मंकीहिल मगर भेषभुषामा सजिएका महिला तथा पुरुषहरुले भरिएको थियो । सन्दर्भ ३० मगर दिवसको हो । वास्तवमा कमसन कन्ट्री पार्क नै मगरमय भएको थियो । मगर संघ हंगकंगद्धारा आयोजित उक्त कार्यक्रममा बयोबृद्ध श्रीमती चिनमाया थापा मगरलाई प्रमुख आतिथ्य ग्रहण गराइएको थियो । विशेष अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष तथा मगर संघं हंगकंगका निवर्तमान अध्यक्ष एमवि थापा मगर रहेको थिए ।

अतिथिहरुमा तमु ट्यो ह्यूलका उपाध्यक्ष रीता गुरुङ लगायत मगर संघ हंगकंगका पूर्व अध्यक्षहरु विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । मगर संघ हंगकंगको आजीवन सदस्य बन्ने ६६ जनालाई प्रमाण पत्र वितरण गरिएको थियो । मिस मगर र मिस्टर मगर तथा भेषभुषा प्रतियोगिता पनि आयोजना गरीएको थियो ।

मिस मगरको उपाधि सालु राना मगरले जितिन भने मिस्टर मगरको उपाधि सुमन राना मगरले जिते । यो प्रतियोगिता सफल पार्नको लागि राज्यसत्ता डटकमका सम्पादक तथा पूर्व महासचिव भीम थापा मगर, मिस हंगकंग नेपाल २००५ तथा मिस हंगकंग नेपालका अध्यक्ष स्यारन पुन मगर र पूर्व सदस्य तथा हंगकंग नेपाली डटकमका तुलसी राना मगर निर्णायक रहेका थिए । मगर सघ हंगकंगलाई विशेष योगदान दिने पुरुष र महिलालाई कदर स्वरुप दिइने मगर बर्ष पुरुषको मानवी राजकुमार मास्की राना मगरलाई दिइयो भने मगर बर्ष महिला क्रमारी लुङगेली मगरलाई दिइयो । संस्कृतिक कार्यक्रमले उपस्थित महानुभावहरुलाई भने जस्तै गरी मनोराजन दिन सफल भएको थियो र सुनिता राना मगरले कार्यक्रम साचालन गरेकी थिइन ।
 
अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षता सम्पन्न कार्यक्रम महासचिब बोद विक्रम थापा मगरको साचालनमा उपाध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तब्य दिएका थिए । रातीको दश बजेसम्म पनि डिजेमा रम्ने घटेका थिएनन भने अबेरसम्म डिजे जमेको थियो । 

कार्यक्रम विस्तृत रुपमा चियाउन यहा क्लिक गर्नुस्  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %