फाइल तस्विर
नेपालले पहिलोपटक आयोजना गरेको एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङघ एन्फाले जनाएको छ । फागुन २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष गणेश थापाले यस्तो जानकारी दिएका हुन ।
प्रतियोगिता फागुन २५ देखि ६ गतेसम्म साचालन हुनेछ । प्रतियोगितामा नेपाल, प्यालेस्टाइन, माल्दिभ्स, तुर्कमिनिस्तान, फिलिपिन्स, भारत, ताजकिस्तान र उत्तरकोरियाले प्रतिपस्र्धा गर्दैछ ।
करिब रु ६ करोड ८५ लाख ६१ हजार खर्च लाग्ने प्रतियोगितामा दर्शकको सुविधा तथा सुरक्षाका लागि निकै कडाई गरिने भएको छ । खेल हेर्न जाने दर्शकले पानीको बोतल, हेल्मेट, छाता, सलाई, लाइटर तथा प्रज्वलनसील पदार्थहरु लैजान निषेध गरिएको थापाले जानकारी दिए ।