२७ फ्रेबुअरी, हङकङ
हङकङ स्थित नेपाली महाबाणिज्यदुत विनोदकुमार उपाध्यायको प्रमुख अतिथि र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरको विशेष आतिथ्यमा नेपाली जनसम्पर्क समिति हङकङको मेची महाकाली वनभोज कार्यक्रम सम्पन्न भयो । मंकी हिलमा गरिएको उक्त कार्यक्रममा हङकङमा भएभरका संस्थाका प्रतिनीधिहरुको उपस्थिति थियो ।
समितिका सदस्यहरुका भनाईमा हङकङमा भएका सबै जात जाति, संघ संस्थाहरुलाई एकै ठाँउमा ल्याई भातृत्व बढाउन उक्त कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रममा विभिन्न नाचगान , दोहोरी, राफल ड्रा जस्ता मनोरन्जक कार्यक्रम आयोजन गरिएकोथियो ।
कार्यक्रम विस्तृत रुपमा चियाउन यहा क्लिक गर्नुस्
टेक पुन मगर