मोना बेलायतले एम्बुलेन्स हस्तान्तरण गर्दै

Read Time:3 Minute, 46 Second

 रोजी रोटीको खोजिमा म्याग्दीबासी नेपालीहरु संसारभरि कार्यरत छन् । संसारका जुनसुकै देशमा रहे पनि आफ्नो जन्मथलो म्याग्दीलाई केही गरौं भन्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ मोना विभिन्न देशहरुमा गठन हुने क्रममा संयुक्त अधिराज्य बेलायतमा पनि मोना युके गठन भएको छ । सन् २००० सालतिर बृटिश आर्मीमा कार्यरत केही म्याग्देलीहरुले संस्था खोल्ने कोशिस गरे पनि २००७ सालमा दलमान पुनको अध्यक्षतामा बेलायतस्थित अल्डरसटको स्वान पबमा विधि सम्मत गठन भएको थियो ।

दलमान पुनको कार्यकालमा बेलायतभरि बस्ने म्याग्देलीहरुलाई म्याग्दीको पनि एउटा संस्था छ भन्ने सूचना प्रवाह गर् यो । र विभिन्न समयमा यसले म्याग्दीबासीहरुको भेटघाट तथा बेलायतमा बस्ने म्याग्दीबासीको आपतविपतमा काम गर् यो । निर्वाचन आयुक्त दुत पुन (चिमखोले काइला)को संयोजकत्वमा अधिवेशनद्वारा ले.रि. रेशम शेरचनको अध्यक्षतामा दोश्रो कार्यकालको लागि कार्यसमिति गठन भएको थियो । ले.रि. रेशम शेरचनको कार्यकालमा युकेबासी म्याग्देलीहरुलाई एकत्रित गर्ने कामको साथै स्वर्गीय सन्तोष श्रेष्ठको पार्थिभ शरीर नेपाल पठाउनको साथै उनका लागि चन्दा संकलन गर्ने काम गर् यो । पुनः तेश्रो कार्यकालको लागि दुत पुनकै निर्वाचन मण्डलको संयोजकत्वमा योग कुमार फगामीको अध्यक्षतामा तेस्रो कार्यसमिति गठन भयो र यो कार्यसमितिले हाम्रो म्याग्दी हाम्रो गौरव भन्ने नाराका साथ म्याग्दीलाई एउटा एम्बुलेन्स दिनु पर्छ भन्ने प्रस्ताव पारित गर् यो र संस्थाका उपाध्यक्ष कमल पुर्जालाई सम्पुर्ण जिम्मेबारी दिनुको साथै संस्थाका संस्थापक सल्लाहकार दुत पुनलाई च्यारिटी डिनरको जिम्मेबारी दियो र सोही अनुरुप आर्थिक संकलन कार्य सम्पन्न भईसकेको छ ।

स्मरण रहोस् धन नभए पनि मन भएको रुप नभए पनि हुप भएको म्याग्देलीहरुले सोचे भन्दा पनि बढी चन्दा प्रदान दिनु भएको हुँदा मोना यु।sे।ले तीन वटा एम्बुलेन्स नेपाल रेड्क्रस सोसाईटी म्याग्दीलाई दिने भएको छ । यसको लागि फागुन १५ गते पोखराको होटल स्तुपामा एक पत्रकार भेटघाट कार्यक्रभ गरि फागुन १७ गते िसंघा तातोपानी र १९ गते भुरुङ तातोपानीमा कार्यक्रमको आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । र फागुन २२ गते बेग गाउँमा यस हस्तान्तरण कार्यक्रमको समापन कार्यक्रम तय गरि बेलायतबाट म्याग्दी प्रवासी नेपाली संघ बेलायतको २४ जना कार्यकर्ता नेपाल आएका छन् ।

मेजन पुन मगरबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %