शान्तिका अग्रदूत महामानव भगवान बुद्धले प्रत्यूपादन गरेको विश्व शान्तिको लागि कङग्यूर महापूजा याउ मा तेइ कम्यूनिटि हलमा सम्पन्न भएको छ । महापुजा ग्रीन ताराको बाङ अभिषेक दिदै १९ फेबररीमा समापन भएको हो ।
महापुजामा ३४ जना धर्म गुरुहरुले शान्तिको कामना गर्दै नमो बुद्ध धर्म सेन्टरमा पूजा शुरु गरेका थिए । प्रमुख आतिथ्ािको लागि महाबाणिज्यदूत बिनोदकुमार उपाध्यलाई बोलाइए पनि विषेश कारणले गर्दा उनी उपस्थित भएनन । विशेष ब्यक्तित्व तथा प्रमुख धर्म गुरु पाचौं औतार चुबसङ रिन्पोछले पनि हंगकंग जस्तो ठाउँमा यस्तो कार्य गरेकोले नमो बुद्ध आमा समूहलाई धन्यवाद दिएका थिए । मानव जिवन र बुद्धको सिद्धान्त र धर्मलाई राम्ररी बुझेको हुनाले नै यस्तो महापूजा गर्न सफल भएको हो भनेको थिए ।
धर्मगुरु कमल मुक्तानले महाकङग्यूर पूजाको बारेमा ब्याख्या गरेका थिए । अध्यक्ष पदमकुमारी गुरुङको सभापतित्वमा उपाध्यक्ष राधिका टिका गुरुङले स्वागत मन्तब्य दिएकी थिइन भने सचिब रेनुका गुरुङले कार्यक्रम साचालन गरेकी थिइन । हंगकंगका पत्रकारहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र दिइएको थियो । अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नमो बुद्ध आमा समूहको कङ्गयूर महापूजाको भब्यता तस्वीरमा
भीम थापा मगर, हङकङ