लखन स्मृति साहित्य र प्रवचनसंग

Read Time:2 Minute, 47 Second

यु के मगर संघको तत्वधानमा नेपलका प्रथम सहिद लखन थापा मगरको १३५ औं स्मृति दिवस साउथ ह्यारो, लन्डनमा सनिबार ११ फेब्रुअरी २०१२ को दिन सम्पन भयो । सँघका उपाध्यक्ष हेम सेठको संयोजकत्वमा गरिएको उक्त कार्यक्रमलाई अध्धक्ष कुल बहादुर थापाले सभापतित्व गरेकाथिए ।  नेपालबाट आएका कास्की मगर संघका पूर्व अध्यक्ष कृष्ण बहादुर थापा मुख्य अतिथि र एन आर एन का अध्यक्ष कुल आचार्य बिशेष अतिथि थिए । सो अवसरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएकोथियो ।

बेग पाइपरको सुमधुर स्वरमा सहिद लखनको फोटोलाई अगाडी हालेर आमन्त्रित पाहुनाहरूको साथ हलभित्र प्रबेस गरेपछी पानसमा बत्ति बालेर र एक मिनट मौन धारण गरेपछी मुख्य कार्यक्रम अगाडी बढेको थियो । बिभिन्न सामाजिक तथा साहित्यिक सङठनहरुबाट आएका पाहुनाहरूले सहिद लखनको सम्झनामा कबिता पाठ, गीत गायन र प्रबचन दिएकाथिए ।
सशी सुब्बा थापा, ड रुपक श्रेष्ठ, बिजय हितान, दुत पुन, नानु राना, कृष्ण पुन, पूर्ण राना, सान्तिरामा मगर, बिसन थापा, अती पुन, देबी आले, गुप्त आले, घन थापा  इत्यादी स्रस्टाहरूले कबिताहरू पढेर लखनप्रती स्रदान्जली ब्यक्त गरे । ड श्रेष्ठले सहिद गेटमा रहेको राजा त्रिभुवनको मुर्तिलाई हटाइ सहिद लखनको सालिक राखिनु पर्छ भनि प्रस्ताव राखे । त्यसैगरि दुत पुनले बुटवल, पोखरा र गोरखामा बनाइएको सहिद लखनको सालिकलाई पावर पोइन्टमा प्रस्तुत गर्दै  अब लखन तिमी काठमान्डुमा आउनुपर्छु भनि एक ब्यग्यात्मक कबिता पढेर सुनाएकाथिए । कार्यक्रमको मध्यतिर क्याप्टेन वीर बहादुर थापाले आफनै एलबमको रास्ट्रिय भावनाले ओतप्रोत गाना गाएर उपस्थित समुदायलाई मन्त्रमुग्ध पारे ।   

महासचिव योग फगामीले सन्चालन गरेको कार्यक्रम दिउँस १२ बजे सुरु भएर बेलुका ६ बजे समापन गरिएको थियो ।
विजय हितान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %