यसरि भित्रियो धौलागिरी नौमती बाजा समुह यु.के मा
हामी सिंगो नेपाली हरु को अत्ति लोकप्रिय राष्ट्रिय नौमती बाजा अथवा पन्चे बाजा ! हाम्रो नेपाल र नेपाली हरुको परिचय दिनु पर्दा हाम्रो सगरमाथाको देश, शान्तिको अग्र दुत भगवान गौतम बुद्धको देश अनी बिर गोर्खालीहरुको देश भनेर परिचय दिन्छौ भने हाम्रो देशको कला संस्कृति बाध्यबादन को परिचय दिनु पर्दा हाम्रो विभिन्न कला संस्कृति बाध्यबादन हरुको बिचमा हाम्रो यो अत्ति लोकप्रिय नेपाली राष्ट्रिय नौमती बाजा अवस्य पनि पहिलो श्रेणीमा पर्न आउछ ! अनी यहाँ हामीले यसको धेरै बर्णन गर्नु पर्ने तेती खाचो पनि देख्दैन हाम्रो नेपाल र नेपाली हरुको अत्ति लोकप्रिय राष्ट्रिय नौमती बाजा भनेर यसलाइ हामी जो कोहिले पनि सजिलै चिन्दछौ र बुझ्दछौ ! हाम्रो नेपाल र नेपाली हरुको परिचय बोकेको यस मौलिक नौमती बाजा ले आफ्नै बिशेषता बोकेको छ !
यो हामी नेपाली र नेपालको एक अत्ति सुमधुर मनोमोहक धुन गुन्जने नौमती बाजा कुनै पनि जाती र कुनै पनि जातीत्वोको संस्कृति नभएर हाम्रो नेपाल र हामी सिंगो नेपालीहरुको राष्ट्रिय नौमती बाजा या पन्चे बाजा हो ! हो र यसलाइ जोसंग कला रहर अनी इच्छा छ तेस ब्याक्तिहरु ले अवस्य बजाउन सकिन्छ र सक्छौ !
यसलाई कुन बेलामा र कसरि प्रस्तुत गरिन्छ :-
यसलाइ कुन कुन बेलामा कसरि प्रस्तुत गरिन्छ त भन्ने कुरामा बिशेष गरेर बिबाह, ब्रत, सम्मान-कार्यक्रम सुख, पुजा पाठ र विभिन्न रमाइलो क्षणहरुमा यसलाइ विभिन्न तरिकाले प्रस्तुत गर्न सकिन्छ ! सर्ब प्रथम सुरु गर्दा यस बाजालाइ धुप धिप फुल टिका र दिप प्रजलन गरि सरस्वति माताको पुजा गरेर मात्रै यस लाइ सुरु गरिन्छ किन भने यसमा सरस्वति हुन्छ यसमा सरस्वति लाग्छ !!!
नौमती बाजा को सामग्री हरु यस प्रकार हुन्छन
१) टेङको
२) सनाही दुइ ओटा
३) झ्याली
४) कर्णाल दुइ ओटा
५) नरसिंह
६) ढोलकी
७) दमाहा या(ढोल) दुइ ओटा
गरि जम्मा दस ओटा बाजा को एक सामुहिक बध्याबाधन लाइ नौमती बाजा भनि नामकरण गरिएको हुन्छ
र यस नौमती बाजा बजाउने सदस्य हरु ले एऊटै बाजा बजाउनु पर्छ भन्ने हुदैन किन भने हरेक सदस्य ले सबै बाजा को सामग्री बजाउन निपुण हुन्छन र पालो पिलो गर्दै सबै बाजा हरु लाइ सार फेर गरेर बजाउन सकिन्छ र तेसो गर्दा सबै सदस्य हरु लाइ रमाइलो पनि हुन्छ !
यस लाइ यु.के भित्राउनको मुख्य उदस्य:–
यो नौमती बाजा हाम्रो नेपालमा पनि लोपन्मुख अवस्थामा रहेको कारण यसलाइ संरक्षन र सम्बर्धन गर्नु र हाम्रो एस्तो अत्ति मनमोहन धुन बाध्यबाधकलाइ यस्ता यु.के युरोप जस्ता बिकसित देशहरुमा पनि परिचय गराउनु हो र आर्को कुरा यु.के, युरोपमा पनि धेरै नेपालीहरुको जमघट बढेको छ र अब हाम्रो हरुको छोरा-छोरी, दिदी-बैनी, दाजु-भाइहरु को बिबाह बर्तण गर्नु परेमा यहाँ नै नौमति बाजा बजाएर बिबाह धुम धामसंग गरिदीनु सकिन्छ! अनि कुनै पनि सम्मान रमाइलो क्षणहरुमा भरिपुर्ण मनोरंजन दिने हाम्रो मुख्य उदस्य रहेको हो !!!!
यसलाइ यु.के ल्याउन कति कठिनाई अनि कति खर्च लाग्यो :-
यसलाई यु.के ल्याउदा एकदम कठिनाई हरु भोग्नु परेको थियो र खर्च को कुरा गर्नु पर्दा एकदम धेरै खर्च लागेको छ यो बाजा लाइ यु.के ल्याउने मान्छे नपाएर हुलाक बाट ल्याउन परेको कारण झनै धेरै खर्च हरु लागेको छ !
अनि यो पैसा कहाँ बाट उपलब्ध गरियो:-
यस लाइ सर्ब प्रथम यहाँ ल्याउन को लागी मदत गर्नु हुने चन्दा दाता हरु को नाम यस प्रकार छ
१) श्री योग कुमार फगामी (परिवार) बेग
२) श्री होम बहादुर फगामी (परिवार) घराम्दी
३) श्री बिल पुर्जा (परिवार) खिबाङ-कुटुका
४) श्री ग्याम गुरुङ (परिवार) पर्बत
५) श्री बिर्ख पुर्जा (परिवार) शिख
६) श्री धन्बिर बुदुजा(परिवार) खिबाङ-घोरेपानी
७) श्री हर्क बहादुर खोरजा (परिवार) सालीजा
८) श्री बेल बहादुर तिलिजा (परिवार) दाना
९) श्री बल बहादुर पुर्जा (परिवार) दाना
१०) श्री जंग बहादुर (परिवार) खिबाङ-घोरेपानी
११) श्री ज्ञान बहादुर पाइजा(परिवार) शिख
१२) श्री मनिराम फगामी(परिवार) शिख
१३) श्री मखन तिलिजा(परिवार) राम्चे
१४) (भाले)श्री तेज बहादुर गुरुङ(परिवार) स्याङ्जा
१५) श्रीमती सन्तकला चोचांगी(परिवार) बेग
१६) श्रीमती निम कुमारी पुर्जा(परिवार) बेग
१७) बेजीङस्टोक पुनमगर आमा समुह यु.के
अनि हामीले यस नौमती बाजा यु.के ल्याई सके पछी पनि धेरै भन्दा धेरै दाजु भाइ दीदी बैनी हरुले ठाउ ठाउमा प्रस्तुत गर्ने क्रम मा दान दक्षिना गरेर ठुलो मदत पुराउनु भएका छन उहा हरु को नाम हामीले यहाँ उल्लेख गर्न असमर्थ छौ तर पनि उहा हरु सबै लाइ हाम्रो मुरी मुरी को धन्याबाद टक्राउदै अझै उहा हरु को मदत सल्लाहा सुझाब को अपेक्ष राख्दछौ !
अनि यसमा सदस्यहरु को नाम यस प्रकार छ:-
१) सङरक्षक:- श्री योग कुमार फगामी
२) सचिब:- श्री गोपाल चोचांगी
३) कोषअधक्ष्य:- श्री होम बहादुर फगामी
४) टोली प्रमुख:- श्री अमर बहादुर पुर्जा
५) सह टोली प्रमुख १:- श्री इन्द्रमान खोरजा
६) सह टोली प्रमुख २:- श्री बिल पुर्जा
७) सदस्य:- श्रीमती सिता पुर्जा
८) सदस्य:- श्री अमृत गर्बुजा
९) सदस्य:- श्री गम बहादुर गर्बुजा
१०) सदस्य:- श्री भक्त बहादुर रोका
११) सदस्य:- श्री नगेन्द्र चोचांगी
१२) सदस्य:- श्री स्याम बहादुर पुन
१३) सदस्य:- श्री भक्त बहादुर बुदुजा पुन
१४) सदस्य:- श्री रोशन बहादुर पुन
१५ सदस्य:- श्री चन्द्र बहादुर गर्बुजा
नेपाली संस्कृतिलाई विदेशमा फैलाउनु र जोगाउनु हामी सबैको दायित्व र कर्तब्य हो !
अन्तमा हामी धौलागिरी नौमती बाजा समुह यु.के लाइ सैक्षिक भौतीक विभिन्न क्षेत्र बाट सल्लाह सुझाब मदत पुर्याउनु हुने सम्पुर्ण दाजु भाइ दीदी बैनी हरुमा हामी हृदयात्मिक मनोमोहक नौमती धुन संगै धन्यबाद !
धौलागिरी नौमती बाजा समुह यु.के
२०१० सालमा स्थापित यो समूहले छोटो समयमा नै बेलायती नेपालि हरुमाझ लोक प्रियताको शिखर चुम्दै गएको छ ,अहीले बेलायत भरी छरिएर रहेका नेपाली हरूको बिहे भोज ,छेवर ,समारोह लगायत बिबिध संघ संस्थाका कार्यक्रम् हरुमा धौलागिरी नौमती बाजा घन्किन थालेको छ । यो समूह बेलायतमा मात्र सिमित नभएर युरोप्का अन्य नेपालि हरुमाझ पनि लोक प्रिय बन्दै गैरहेको छ ,
बिल पुर्जा, यु के
फोटो -भक्त रोका, यु के