किसन राईले आफु लखन विरोधि नभएको प्रष्टिकरण दिए

Read Time:3 Minute, 30 Second

हंगकंग १४ फेवु्रवरी,
 मगर संघ हंगकंगको संयोजकत्वमा र नेपाली महासंघ हंगकंगको आयोजनामा याउमातेइ स्थित हिन्सको कार्यालयमा १३५ औ लखन स्मृति दिवस सम्पन्न भएको छ । गत साल पनि यसरी नै कार्यक्रम गरी लखन थापा मगरको फोटो नेपाली महाबाणिज्यदूतावासमा राख्नको लागि मगर संघका तत्कालिन अध्यक्ष एम वि थापा मगरले पहल गरे अनुसार फोटो राखिएको थियो । यसै विषयलाई लिएर एभरेष्ट पत्रिकाको सम्पादकीयमा  देशले बैधानिकता नदिएको ब्यक्ति कसरी प्रथम शहिद हुन्छ भनी  लेखिएको थियो । यस बारेमा  मिडियामा चौतर्फी विरोध भएकोथियो ।

कार्यक्रममा एभरेष्टका सम्पादक किसन राईले विशेष समय मागी उक्त सम्पादकियको अर्थ  प्रथम शहिदप्रति दुराग्रह र त्यो आन्दोलनप्रति अशहमत रहेको नभई राज्यले दिने वैधानिकताको कुरा उठाएको स्पष्टिकरण दिएक । उनले भने,  ‘प्रथम शहिद घोषण गर्नुपर्छ भन्ने पक्षमा म पनि छु । तर  राज्यले प्रथम शहिद घोषणा नगरेको शहिदलाई प्रथम भनी महाबाणिज्यदूतावासको कार्यलयमा फोटो राख्दा विदेशी र अन्य ब्यक्तिहरुमा गलत सन्देश जाने हुनाले यसो भनेको हँु ।’

कार्यक्रममा तत्कालिन मगरसंघका अध्यक्ष एम वि थापा मगरले यो हाम्रो एउटा आन्दोलन हो र यो गराई ठिक छ भनेका थिए । महासंघका पूर्व अध्यक्ष तथा प्रमुख अतिथि  हेजेन राईले  सम्वोधन गर्दै जायज मागका निम्ति आन्दोलन बैधानिक र अबैधानिक दुइ तरीकाले  गर्न सकिने भन्दै प्रथम शहिद बनाउन बारे गरिएको आन्दोलन अवैधानिक भए पनि जायज भएको बताएका थिए । उनले भने, माओबादीको आन्दोलन पनि हिजोको दिनमा अबैधानिक थियो तर आज यो स्थितिमा आएको छ । महासंघका अध्यक्ष प्रदिप थापा मगरको अध्यक्षतामा महासविच रीता गुरुङको सञ्चालनमा मगर संघ हंगकंगका पूर्व महासविच भिम थापा मगरले स्वागत मन्तब्य दिदै लखन थापाको बारेमा जानकारी गराएका थिए ।

अन्य वक्ता तथा अतिथिहरुमा मगर संघ हंगकंगका अध्यक्ष चन्द्रज्योति आले मगर, महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बु, चेम्वर्स अफ कमर्सका उपाध्यक्ष दासुराम पराजुली, हिन्सका अध्यक्ष बद्धि बहादुर थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष किसन राई रहेका थिए । अन्य अतिथिहरुमा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, भारतिय भूपू गोर्खा संघका जंग बहादुर गुरुङ तथा नमो बुद्ध आमा समूहकी उपाध्यक्ष राधिका गुरुङ रहेकी थिइन ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %