एनआरएनको ३२औं साईवर बैठकमा के के निर्णय भए (सम्पूर्ण पाठ)

Read Time:5 Minute, 9 Second

१२ फ्रेबुअरी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को ३२औं बैठक संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा १२ फेब्रुवरी २०१२ मा सम्पन्न भयो। साईवर कन्फरेन्सको माध्यमबाट सम्पन्न भएको उक्त बैठकमा सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन, सामूहिक लगानीका कार्यक्रमहरु, दोहोरो नागरिकता, वैदेशिक रोजगार, खुला विश्वविधालय लगायतका बिषयलाई लिएर निकट भविष्यमा नेपाल सरकारसँग गैरआवासीय नेपाली सँघको प्रतिनिधी मन्डलको भेट, विभिन्न कार्यदल र समितिहरुको गठन, वार्षिक बजेट लगातय संघको आन्तरिक बिषयहरुमा निम्नानुसार निर्णयहरु भए-

१) सातौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा २०१२ अगष्ट ३० देखि सेप्टेम्वर १ सम्म आयोजना गरिने।

२) नेपालमा जलविधुतका लागि लगानी जुटाउन अध्यक्षको नेतृत्वमा निकट भविष्यमा एशिया प्यासिफिक, मध्यपूर्व, अमेरिका, आसियाना क्षेत्रका विभिन्न देशहरुमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तर्कृया कार्यक्रमहरुको आयोजना गरिने। यस पूर्व युरोपमा विभिन्न देशहरुमा यस्ता कार्यक्रमहरु सम्पन्न भईसकेका छन्।

३) नयाँ बन्ने नेपालको संविधानमा नेपाली नागरिकताको निरन्तरताको सुनिश्चित गर्न दोहोरो नागरिकता कार्यदलको आयोजनामा सभासदहरुसँग फेब्रुवरी २३-२४ मा काठमाडौंमा एक अन्तर्कृया कार्यक्रम आयोजना गर्ने तथा राजनैतिक दलका नेताहरुसँग छलफल गर्ने। यसै समयमा नेपालमा खुला विश्वविधालय स्थापनाका लागि शिघ्र वातावरण तयार गर्न तथा गैरआवासीय नेपाली संघको भूमिका बारे छलफल गर्न अध्यक्षको नेतृत्वमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधी मण्डलले नेपाल सरकारका सम्वन्धित निकायहरुसँग भेट गर्ने। यसै प्रतिनिधि मण्डलले संघको दर्ता, वैदेशिक रोजगार लगायतका गैरआवासीय नेपालीसँग जोडिएका बिषयहरुमा सम्वन्धित पक्षहरुसँग भेट गर्ने।

४) गैरआवासीय नेपालीको सुरक्षित आप्रवासन सम्वन्धी बिषयमा नेपाल सरकारसँग छलफल गर्न मे महिनाको मध्य तिर गैरआवासीय नेपाली संघको एक प्रतिनिधी मण्डल नेपाल जाने।

५) संघको अध्यक्षलाई नेपाल सरकारको आर्थिक सल्लाहकार परिषद सदस्य तथा लगानी वर्ष २०१२-१३ मनाउन गठित समितिको सदस्यमा मनोनित गरेकोमा सरकार प्रति बैठकले कृतज्ञता व्यक्त गर्यो। साथै नेपालको आर्थिक कुटनिति संवन्धमा गैरआवासीय नेपाली संघको अवधारणापत्र पेश गर्ने सरकारले दिएको मौकाको लागि धन्यवाद ज्ञापन गरियो। अवधारणापत्र तयार गर्ने गैरआवासीय नेपाली विज्ञहरुलाई पनि धन्यवाद ज्ञापन गरियो।

६) पाचौ विश्व सम्मेलनका प्रतिवद्दताहरुलाई कार्वान्यन गर्न तथा संघको आन्तरिक व्यवस्थापनका लागि गठित विभिन्न कार्यदल तथा समितिहरु र उनीहरुले प्रस्तुत गरेका निर्देशिकासूची (terms of reference) को आधारमा निकट भविष्यमा विभिन्न कार्यक्रम गरिने।

७) गैरआवासीय नेपाली संघको आफ्नो भवन निर्माण, च्यारिटी परियोजना, सचिवालय सञ्चालनको स्थापित अक्षयकोष (endowment fund)को सहयोगको लागि राष्ट्रिय समन्वय परिषदहरु तथा शुभचिन्तकहरुलाई अनुरोध गर्ने। यी तीन कार्यक्रमका लागि ३ करोड भन्दा बढीको प्रतिवद्दता यस अगाडी आईसकेको छ।

८) नियमितरुपमा साधरणसभा सम्पन्न हुन नसकेका राष्ट्रिय समन्वय परिषदहरुलाई सो को लागि निर्देशन गर्ने।

९) संघको २०११-२०१३ को बजेट पारित तथा संघका अन्य आन्तरिक विषयहरुमा विविध निर्णय।

डा. हेम राज शर्मा
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %