स्कूल चलाउन विविक्यूबाट ४९ हजार डलर

Read Time:1 Minute, 31 Second

हंगकंग ५ फेव्रवरी
 म्याग्दी जिल्लाको दाना गा.वि.स. स्थित ज्ञान प्रकाश उच्च मा.वि. सञ्चालन गर्नको लागि गा.वि.स बासीले मंकीहिलमा विविक्य कार्यक्रम सम्पन्न गरेको छ ।

झण्डै ४९ हजार हंगकंग डलर रकम संकलन भएको र अभैm उठ्ने क्रम जारी रहेको आयोजक समितिका एक सदस्य बताउछन ।
रकम सोचे भन्दा बढि उठेकोले हौसला बढेको पुनले बताए । भर्खरै  म्याग्दी प्रबासी नेपाली संघ हंगकंग ( मोन)ा ले रु. दश लाखको अक्षय कोष खडा गरेर म्याग्दीबाट एसएलसीमा प्रथम हुने छात्र र छात्रालाई पुरस्कारको ब्यवस्था गरिसकेको छ ।

हङकङमा आर्थिक उपार्जन गर्न प्रायश सबै संस्थाले विविक्यू आयोजन गर्ने गरेकाछन् । तर ति संस्थाका विविक्यू आफ्नो संस्था बलियो बनाउनेमा मात्र सिमित हुन्छ । अधिकांश संस्थाले यसरी नेपालमा परोपकार कार्य गर्नमा लगाएको उदाहरण धेरै छैनन् । पूर्वको तुलनामा पश्चिमका संस्थाहरु यस मामिलामा अत्यन्त कमजोर देखिन्छन् ।

थप फोटोहरु यहाँ छन ।

 

भीम थापा मगर

फोटो – टेक पुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %