अब धुम मचाउने पालो नेपाली कोलावेरीको

Read Time:2 Minute, 7 Second

तमिल गायक धानुषले गाएको कोलावेरी डिले विश्व संगीत बजार पिट्ने क्रम जारी छ । भारतका स्थानीय भाषामा रिमेक गरिएको यो गीत विश्वका अन्य भाषामा समेत बनिरहेकाछन् । संगीतको भाषा नहुने भने जस्तै यसले पनि जाति, भाषा, धर्म, सिमानालाई छिचोल्दै विश्वमा आफ्नो माधुर्यता फैलाइरहेकोछ ।
नेपालीमा समेत थुप्रै संस्करण बनाइएको यसको लोकप्रियता कत्तिको छ भन्ने उदाहरण यूट्यूवमा यसलाई हेर्ने दर्शक संख्या हेरे प्रष्ट भइन्छ । एउटा भिडियो करौडोले हेरेकाछन् ।

{youtube}http://youtu.be/LIciAqI9YKU{/youtube}
वलिउडकी ‘सेक्सी नायिका’ उदिता गोस्वामीले समेत नेपाली भाषामा यो गीत गाएकीछन् । यो भर्खर सार्वजनिक भएकोछ ।
यो गीतको प्रख्याती हेर्दा विश्वमा  पहिचानको नाममा बढ्दै गैरहेको ध्रुबीकरण र घृणालाई यदि केहिले मेटाउन सक्छ भने त्यो संगीतको माध्यमबाटै मेटाउन सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण बनेकोछ । किनभने प्रभावका लागि विश्वको सबैभन्दा बढी शक्तिशाली मानिएको अग्रेंजी भाषा नै नचाहिंदो रहेछ त्यसका निम्ति  दक्षिण भारतको एउटा स्थानीय भाषा पनि झन बढी शक्तिशाली हुँदोरहेछ ।
मल्टिमिडिया र इटरनेटले जोडेको विश्वमा अब कुनै भाषा, ब्यक्ति, समूदाय, धर्म सानो र ठूलो नहुने यसले प्रमाणित गरिदिएकोछ ।  इंटरनेटले वास्तवमा साँच्चिकै एउटा प्रभुत्ववादी सत्ताको साँघुरो घेरालाई तोड्ने काम गरेकोछ ।

मूल गीत यहाँ छ :

{youtube}http://youtu.be/YR12Z8f1Dh8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %