जेहेन्दार विद्यार्थी पढाउन मोनाको १० लाखको अक्षयकोष

Read Time:3 Minute, 30 Second

३ फेब्रुअरी, हङकङ
म्याग्दी ओभरसीज नेपलिज एसोसियसन ( मोना ) हङकङले म्याग्दी जिल्लाबाट एसएलसीमा सर्वाेकृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई छात्रबृत्ति दिन अक्षयकोषको विधिवत घोषणा गरेर यसरी अक्षयकोष खडा गर्ने पहिलो संस्थाको रुपमा चिनाएकोछ ।

म्याग्दी जिल्लाबाट विदेशिएकाहरुको हकहितका लागि खडा गरिएको  यस संस्थाले म्याग्दी जिल्लामा भैपरि आउने समस्या टार्न बेलाबखत ठूलो सहयोग रकम पठाउने गरेकोछ । हङकङमा भएका सामाजिक संस्थाहरुको तुलनामा बढी सक्रिय मोना यस्तो सहयोग रकम तत्काल जम्मा गर्न सक्ने छरितो संस्थाको रुपमा परिचित छ ।
आज एक कार्यक्रमको आयोजन गरि जानकारी गराइए अनुसार,  मोना हङकङ अक्षयकोष नाम दिइएको यस अक्षयकोषको राशी दश लाख बराबरको हुनेछ । अहिलेसम्म करिब ९ लाख नेपाली रुपैया जम्मा भैसकेको जानकारी गराइएकोथियिो ।
म्याग्दी जिल्लाको सरकारी र सामूदायिक विद्यालयबाट सर्वाेकृष्ट अंक ल्याउने एक जना र उत्कृष्ट अंक ल्याउने अर्काेलाई हरेक बर्ष जनही ३० र २० हजार सहयोग उपलब्ध गराईनेछ । यसरी दिईदा लैंगिक सन्तुलन मिलाईनेछ । जस्तैः छात्र तर्फ सर्वाेत्कृष्ट अंक ल्याउनेले ३० हजार पाउनेछन् भने त्यसपछि उत्कृष्ट आउने छात्राले २० हजार पाउनेछन् । संकलित रकम काष्ठमण्डप बैंकमा राखिएको र त्यसबाट आएको ब्याजले उक्त पुरस्कार दिईने बताइएकोछ ।
यो पुरस्कार यसै बर्ष देखि प्रारम्भ हुनेछ । यस बर्ष म्याग्दी स्थित जमुनाखर्क उच्चमाविका प्रतिक ढुंगाना ( प्राप्ताँक ६४५ ) र त्यसै विद्यालयकि आरती ढुंगाना ( प्राप्ताँक ६४४ ) लाई क्रमशः ३० र २० हजार प्रदान गरिनेछ । यसका निम्ति संभवत यहि साता मोना हङकङका अध्यक्ष दल सेर्बुजा सहितको एक टोली नेपाल जाने भएकोछ । त्यहाँ एक कार्यक्रमको आयोजन गरि उक्त पुरस्कार प्रदान गरिनेछ ।
मोनाका सचिव लोकेश वोगटीका अनुसार, मोनाले थालेको यस अभियानमा अप्रत्याशित किसिमले सहयोग प्राप्त भएकोथियो । म्याग्दी बाहिरकाले समेत स्वतर्फुत रुपमा सहयोग दिएकाथिए । कार्यक्रममा बोलाईएका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, चेम्बर अफ कमर्शका उपाध्यक्ष डाँसुराम पराजुली, मगरसंघ हङकङकी अध्यक्ष चन्द्रज्योति आले, राज्यसत्ता डटकम लगायतका अन्य ब्यक्तिहरुले समेत अक्षयकोषका निम्ति सहयोग प्रदान गरेकाथिए ।

थप फोटोहरु यहाँ छन ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %