भारतीय गोर्खा भूपूको बनभोज

Read Time:1 Minute, 46 Second

२९ जनवरी हंगकंग स्वतन्त्र दिवस मनाउदा ब्यानरमा नै उल्लेख गरी सांस्कृतिक कार्यक्रम गरेको भारतीय गोर्खा भूपू सैनिक संघले केहि हदसम्म भने पनि विरोधको सामना गर्दै लेखहरु पढ्न पर्यो । यस पटक १३ जना भिसीहरुको फोटो टासेर बनभोज कार्यक्रम भनेर ब्यानरमा लेखिएको थियो । तर समितिका सचिव तथा कार्यक्रमका साचालकले २६ जनवरीमा पर्ने भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा बनभोज कार्यक्रम आयोजना गरेको भनिरहेका थिए । यसरी लेखिएको र भनिएको क्ररा मेल खाइ रहेको थिएन ।

त्यसैले होला नेपाली महाबाणिज्यदूताबासका कोही प्रतिनिधि उपस्थित थिएनन तर भारतीय महाबाज्यिदूताबासको तर्पुबाट भने प्रतिनिधि उपस्थित थिए । गेसोका केन्द्रिय सदस्य मणिकिरात राईले प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधनको क्रममा यी जति पनि ब्यानरमा राखिएका शहिदहरु सवै वि्रटिसको हो भनेका थिए । अध्यक्ष जंग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिलाई सहयोग गरेको भन्दै हंगकंगका पत्रकार लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान पत्र प्रदान गरीएको थियो । अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरु र समाजसेवीहरु रहेका थिए ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %