२४ जनवरी हंगकंग
शान्तिका अग्रदूत महामानब भगवान बुद्धप्रति आस्थावान हंगकंगवासी भक्तजनहरुको लागि खुशीको खवर छ । नमो बुद्ध आमा समूह हंगकगले कङ्यूर महापूजा ( ७ फेवु्वरी देखि १९ फेव्रुवरी २०१२ ) गर्ने भएकोछ । समूहले नै सञ्चालन गरेको नमो बुद्ध धर्म सेन्टरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको जानकारी गराइयो । यसपटक विशेष ब्यक्तित्व पाचौं औतार चुबसङ रिन्पोछेको सहभागी हुने बताइएको छ ।
अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा सचिब सुनिता गुरुङको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष राधिका (टिका) गुरुङले महापूजा सम्पन्न गर्न २८ जना धर्म गुरुहरुको सहभागीता हुने बताइन । धेरै जसो गुरुहरु नेपालबाट ल्याइने र हंगकंगमा भएका गुरुहरुलाई पनि सहभागी गराइने उनले सुनाईन । यति धेरै संख्यामा नेपालबाट लामाहरु ल्याउनु परेको कारण बारे प्रष्ट पार्दै उनीहरुलाई विदेश भ्रमण अनुभब पनि हुने र आर्थिक रुपमा पनि सहयोग गर्ने रहेको जानकारी उपाध्यक्षले दिइन । विगत बर्षदेखि नमो बुद्ध आमा समूह हंगकंगले यस्तो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रम यस प्रकार रहेको छ :
— ७ फेव्रुवरी २०१२ उद्घाटन कार्यक्रम – साँझ ६ बजे नमो बुद्ध धर्म सेन्टर, जोर्डन ।
— ८ फेवु्रवरी देखि १७ फेव्रुवरी २०१२, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कङयूर महापूजा तथा अन्य पूजाहरु ।
— १८ फेव्रुवरी २०१२ मा गोल्डकोष्ट विचमा बिहान ९ बजे छेत्र माछा छाड्ने र ग्यब्सी ग्रह शान्ति पूजा ।
— १९ फेवु्रवरी २०१२ मा याउ मा तेइ कम्यूनिटी सेन्टरमा दिउसो ३ बजेदेखि बेलुका १० बजेसम्म रिन्पोछे गुरुवाट वाङ अभिषेक कार्यक्रम तथा कङयूर महापूजा समापन ।
नमो बुद्ध आमा समूहको कङ्यूर महापूजा भब्य हुने जानकारी
Read Time:2 Minute, 27 Second