कङ्गयुर महापूजा फेबररी ७ बाट

Read Time:2 Minute, 45 Second

२४ जनवरी हंगकंग शान्तिका अग्रदूत महामानब भगवान बुद्धप्रति आस्थावान हंगकंगवासी भक्तजनहरुको लागि खुशीको खवर छ । नमो बुद्ध आमा समूह हंगकंगले कङ्गयुर  महापूजा फेवु्रवरी ७ देखि १९ सम्म  गर्ने भएको छ । समूहले नै साचालन गरेको नमो बुद्ध धर्म सेन्टरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको बारेमा जानकारी गराइयो ।

धेरै जसो गुरुहरु नेपालबाट ल्याइने र हंगकंगमा भएका गुरुहरुलाई पनि सहभागी गराइनेछ । यति धेरै संख्यामा नेपालबाट लामाहरु ल्याउनु परेको कारण बारे प्रष्ट पार्दै लामाहरुलाई विदेश भ्रमण गराउनुका साथै अनुभब पनि हुने र आर्थिक रुपमा पनि सहयोग गर्ने भएको जानकारी उपाध्यक्षले दिइन । पत्रकार मात्र नभई बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रमको सार्वजनिक घोषणा गरीएको थियो । स्मरण रहोस यस्तो कार्यक्रम विगत बर्षदेखि नमो बुद्ध आमा समह हंगकंगले गर्दै आएको छ ।

अध्यक्ष पदमकुमारी गुरुङको अध्यक्षतामा सचिब सुनिता गुरुङको साचालन रहेको थियो । उपाध्यक्ष राधिका टिका गुरुङले स्वागत मन्तब्य दिदै कङ्गयुर  महापूजा सम्पन्न गर्न २८ जना धर्म गुरुहरुको सहभागीता हुने बताइन । यसपटक पनि विशेष ब्यक्तित्व पाचौं औतार चुबसङ रिन्पोछेको पनि सहभागी हुने बताइएको छ । कार्यक्रम यस प्रकार रहेको छ ।

– ७ फेव्रुवरी २०१२ उद्घाटन कार्यक्रम सुझ ६ बजे नमो बुद्ध धर्म सेन्टर जोर्डन ।
– ८ फेवु्रवरी देखि १७ फेव्रुवरी २०१२ विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कङ्गयुर महापूजा तथा अन्य पूजाहरु ।
– १८ फेव्रुवरी २०१२ मा गोल्डकोष्ट विचमा बिहान ९ बजे छेत्र माछा छाड्ने र ग्यब्सी ग्रह शान्ति पूजा ।
– १९ फेवु्रवरी २०१२ मा याउ मा तेइ कम्यूनिटी सेन्टरमा दिउँसो ३ बजेदेखि बेलुका १० बजेसम्म रिन्पोछे गुरुवाट वाङ अभिषेक कार्यक्रम तथा कङ्गयुर  महापूजा समापन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %