हंगकंगको भ्रमण रहेकी पूर्वमन्त्री तथा सभासद ओनसरी घर्ति मगरसँग मगर संघ हंगकंगको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दोहोरी रेष्टूरेण्ट जोर्डनमा जनवरी २४ मा संघकी अध्यक्ष चन्द्रज्योति आले मगरको अध्यक्षतामा महासचिब बोदविक्रम थापा मगरको साचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
छोटो मन्तब्य दिदै प्रमख अतिथि पूर्व मन्त्री घर्ति मगरले नेपालको राजनैतिक अवस्था र मगरहरुको हक हितको लागि सभासदको हैसियतले कुनै पनि कार्य गर्न पछि नपर्ने बताइन । आदिवासी जनजाति पत्रकार महासंघका सदस्य तथा अर्थ मन्त्री बर्षमान पुनका प्रेस सल्लाहकार मनोज घर्ति मगरको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
माओवादीले कथित जनयुद्धको समयमा विभिन्न जातिलाई जातिय मुक्तिको लागि भन्दै युद्धमा बन्दुक बोकाएको थियो र जातिय राज्य घोषणा पनि गर्यो यो कुरा साकार गर्नको लागि सोही बमोजिम संबिधान लेख्न कुनै कसुर बाँकी नराख्नु पर्ने अवस्थामा अहिले त्यसो नभई माओवादी नै बाधक भएको विश्लेषकहरुको भनाई छ ।