रामायण र महाभारतमा पनि हेतु विद्या अर्थात तर्कशास्त्रको विरोध गरिएको छ । यो काम मनुस्मृतिमा अझै बढाइएको छ । मनुस्मृतिमा एकातिर – सम्यक् दर्शन सम्पन्नः- अर्थात राम्रो दर्शनले सम्पन्न हुनुपर्छ भनिएको छ भने अर्कोतिर अपधर्मीहरु र स्वतन्त्र चिन्तक आर्थत हेतुवादी तर्कशास्त्रीहरुसँग कुरा गर्न निषेध गरिएको छ । त्यहाँ तर्क शास्त्रद्वारा वेदको विरोध गर्नेलाई वाहुन नै भए पनि समाजवाट निष्कासन गर्ने कुराको उल्लेख गरिएको छ । गौतम-स्मृति लगायतका केही स्मृतिहरुमा वेदमा शंका गर्नेलाई ब्रहमहत्या भन्दा ठूलो पाप लाग्ने कुरा बताएको छ । यसबाट स्पष्ट हुन्छ । वाहुनवादीहरुले तर्कशास्त्रका विरुद्ध अस्थावाद र धर्मशास्त्रलाई पुरै पश्रय दिएका थिए ।
मोहन वैद्य किरण
उपाध्यक्ष, एमाओवादी
भारतमा सामन्तवादी दर्शनको विकास गुप्त राजवंशको उदय (३२० ई.)पछि भएको पाइन्छ । यो बेलाको भारतीय दर्शनमा वाहुनवादी विचारधारा र धर्मको हैकम कायम भएको छ । भारतीय सामन्तवादी दर्शनको विकास र उत्कर्षको प्रकि्रयामा न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त दर्शनका साथै वौद्ध दर्शनका वैभाषिक, सौत्रान्तिक, माध्यमिक र योगाचारवादी धाराहरु समेत कि्रयाशिल रहेका पाइन्छन् । यि सबै दर्शनमा अद्धैतवादी वेदान्त, दर्शन, प्रभावी र शक्तिशाली रहेका देखिन्छ । अद्धैत वेदान्त दर्शन यस्तो दर्शन हो जसमा धर्म र दर्शनकावीच समुचित सामन्जस्य पाईन्छ । ठीक त्यसैले सामन्तवादी भारतीय दर्शनमा अद्धैत वेदान्तको हैकम जम्न पुगेको हो ।
वाहुनवादीहरुले पहिलेदेखि नै तर्कका विरुद्ध आस्थाको पक्षपोषण गर्दथे । कठोपनिषदमा भनिएको छ – नैष तर्केण… । यसको अर्थ हो आत्माको स्वरुपलाई तर्क अर्थात वादििववादबाट प्राप्त गर्न सकिन्न । रामायण र महाभारतमा पनि हेतु विद्या अर्थात तर्कशास्त्रको विरोध गरिएको छ । यो काम मनुस्मृतिमा अझै बढाइएको छ । मनुस्मृतिमा एकातिर – सम्यक् दर्शन सम्पन्नः- अर्थात राम्रो दर्शनले सम्पन्न हुनुपर्छ भनिएको छ भने अर्कोतिर अपधर्मीहरु र स्वतन्त्र चिन्तक आर्थत हेतुवादी तर्कशास्त्रीहरुसँग कुरा गर्न निषेध गरिएको छ । त्यहाँ तर्क शास्त्रद्वारा वेदको विरोध गर्नेलाई वाहुन नै भए पनि समाजवाट निष्कासन गर्ने कुराको उल्लेख गरिएको छ । गौतम-स्मृति लगायतका केही स्मृतिहरुमा वेदमा शंका गर्नेलाई ब्रहमहत्या भन्दा ठूलो पाप लाग्ने कुरा बताएको छ । यसबाट स्पष्ट हुन्छ । वाहुनवादीहरुले तर्कशास्त्रका विरुद्ध अस्थावाद र धर्मशास्त्रलाई पुरै पश्रय दिएका थिए ।
सामन्तीवादी भारतीय दर्शन वेद उपनिषद र धर्मशास्त्रमा आधारित दर्शन हो । यद्यपि यसलाई पछि आएर हिन्दु धर्मको नाम पनि दिइयो । परन्तु प्राचीन र मध्यकालको अन्त्यसम्म पनि हिन्दु धर्मको विशेष उल्लेख पाइन्न । भारतमा वाहुनवादी वा धर्मदर्शनको थालनी र विकास प्रकि्रया तीन चरणमा सम्पन्न भएको पाइन्छ । प्रारम्भमा यो उपनिषद पुराण र स्मृति शास्त्रको सामान्य स्थापनाका रुपमा शुरु भयो र यसले वर्णाश्रम धर्म जातपात एकेश्वरवादको मान्यता अंगाल्दै अगाडि बढ्यो ।
दोस्रो चरणमा यो विस्तृत र व्यापक बन्दै गयो । बौद्धधर्ममा महायान र बज्रयान सम्प्रदाय हिन्दु धर्ममा शैव, वैष्णव र शाक्त सम्प्रदायको विकासलाई यसरी नै लिनु पर्दछ । तेस्रो चरणमा गौडपाद करिब सातौ शताब्दीको अन्त्य तथा शंकराचार्य (इ.आठौं शताब्दीको आसपास) को अद्धैतवाद रामानुज (इ.एघारौं शताब्दीको मध्य) को विशिष्टाद्धैतवाद निम्र्वाक (एघारौं शताब्दी )को द्धैताद्धैतवाद र माध्य तेह्रौं शताब्दीको आरम्भको छत्रछाँयामा वाहुनवादी धार्मिक सम्प्रदायहरुको विकास चरम रुपमा हुँदै गयो । जब बौद्ध सम्प्रदायको बज्रयान सहित शैव तथा वैष्णव र प्राचीन कबिलातन्त्रीय स्तरबाट विकसित हुँदै आएको शक्ति वा प्रकृति उपासनाको मान्यतालाई व्रह्माणीकरण गरी एकै ठाउँमा मिसाइयो । त्यो स्थितिमा धर्मदर्शनको क्षेत्रमा सारसंग्रहवादी खिचडी मात्रै तयार भएन अपितु पुरै विकृतीकरण पनि भयो ।
(एमाओवादी उपाध्यक्ष वैद्यको पुस्तक माक्स्रवादी दर्शन बाट)