बेलायत अथवा अंग्रेजले जब भारतमा कब्जा जमाएर बसेको थियो त्यति बेला नेपालसँगको लडाइमा सोचे जस्तो बिजय हासिल गर्न नसके पछि नेपाल सँग नेपाली युबाहरूलाई बेलायती सरकारको मातहतमा रहने गरि नेपाली युबाहरूलाई बेलायती सेनामा भर्ती गर्ने सहमती भयो । बेलायती सेनाको महा निर्देशानलयमा Gorkha Regiment अथवा एउटा सैन्य समूह जो एक कर्नेलको नेतृत्वमा नेपाली युबाहरूलाई भर्ती गरियो ।
जब बेलायतले इस्वी सम्बत १९४७ मा भारत छाडेका थिए त्यति बेला तत्कालिन भारतीय सरकार संघ जति पनि गोर्खा रेजिमेन्टमा रहेका गोर्खाली सेनाहरूलाई आधा बेलायत कै अधिनमा हुने गरि मलसिया पठाइयो भने आधा भारतीय सरकारलाई सुम्पेका थिए । भारतले भारतमा रहेका गोर्खाली सेनाहरूको भर्ती प्रक्रियाको निरन्तरताका लागि १९५० को भारत सँगको सन्धीमा तत्कालिन नेपालको शाही सरकारसँग पुनर्सहमती भएको थियो ।
हुम सुनारी मगर
गोर्खा भर्ती केन्द्रको अवस्था मुख्यत: बेलायतमा पहिलेको जस्तो अब रहेन । पहिला यो भर्ती केन्द्रले मुलुककै बेरोजगार समस्यालाई समाधान हुने गरि दश देखि पन्ध्र हजार सम्म नेपाली युबाहरूलाई भर्ती लिने गर्दथ्यो तर अहिले त्यो अवस्था रहेन । बेलायत सरकारले बर्षमा बढिमा २०० जना सम्म मात्रै भर्ती गर्दछ र बेलायती शाही गोर्खा राईफलमा (Royal Gorkha Rifles) अहिले जम्मा तीन हजारको हाराहारिमा नेपालीहरू कार्यरत छन् । बेलायती शाही गोर्खा राईफलका लागि अहिले जति पनि भर्ती गर्ने गर्दछ त्यो पनि कम्तीमा १०+२ पढेको, राम्रो श्रेणीमा पास गरेको र त्यस्मा पनि राम्रो सँग अंग्रेजी बोल्न जान्ने युबाहरूलाई मात्रै । यहाँ एउटा महत्वपुर्ण बिषय के हो त भन्देखिन, यदि कुनै एक नेपाली युबा जस्ले १०+२ मा राम्रो श्रेणीमा पास गरेको छ भन्देखिन उक्त युबालाई बेलायती सेनामा भर्ती गर्न कुन चाँही बुद्धिमान अबिभाबकले पठाउलान ? १०+२ मा राम्रो श्रेणिमा पास भैसकेको युबालाई प्रथम त आफैमा उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा बढेर जान्छ भने ती युबाको अभिभाबकबाट पनि सोही अनुसार उच्च शिक्षाको निरन्तरताको लागि प्रेरणा अबस्य मिल्छ ।
मुलुकको बिकासका लागि सबै भन्दा पहिला सबै नागरिकहरूले उच्च शिक्षा हासिल गर्नु जरुरी छ । उच्च शिक्षा प्राप्त गरेको ब्यक्तिले सरकारी अथवा गैर सरकारी जागिर नै खानु पर्छ भन्ने छैन् । आफूले प्राप्त गरेको शिक्षाको आधारमा नै कुनै पनि आधुनिक प्रकारको ब्यवसाय गर्न सकिन्छ । सबै शिक्षित नागरिकहरू कुनै न कुनै ब्यवसायमा संलग्न भैयो भने आर्थिक क्षेत्रमा ठुलो बिकास हुन्छ र मुलुक कै अर्थतन्त्रले फड्को मार्ने निश्चित हुन्छ । हरेक निकायहरुमा बिकासको प्रमुख पुर्बाधार भनेकै युवा शक्ति हो र मुलुकको सबै युवाहरूले उच्च शिक्षा अनिबार्य रुपमा हासिल गरेको हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । सबै अबिभाबकहरूले आ-आफ्ना छोरा-छोरीहरूलाई उच्च शिक्षा हासिल गर्ने र गराउने वातावरण मिलाउनु पर्छ । उच्च शिक्षा हासिल गर्ने उदेश्य लिएर पढ्ने विद्यार्थीलाई कुनै पनि राजनैतिक पार्टीमा नलाग्न र आबद्ध नहुनका लागि प्रेरित गर्नु र गराउनु अती नै आबश्यक छ । कुनै पनि विद्यार्थीको प्रमुख उदेश्य भनेको शिक्षा प्राप्ती गर्नु हो नकी कुनै राजनैतिक पार्टीको कार्यकर्ता ।
गोर्खा भर्ती केन्द्र मुख्यत: बेलायतको शाही गोर्खा राईफलमा भर्ती गराउने नै हो भन्देखिन शिक्षित नेपाली युबाहरुलाई साधारण सिपाहीमा मात्र किन भर्ती गराउने ? बेलायती नागरिकले सरह नेपाली युबाहरूले पनि कम्तिमा सेकेन्ड लेफ्टिनेन्टमा भर्ती हुन किन नपाउने ? नेपाली नागरिकले पनि बेलायती सेनाको उच्च तह जस्तै: लेफ्टिनेन्ट, ब्रिगेडिएर, कर्नेल र जनरल सम्म किन हुन नपाउने भन्ने आवाज खोइ कस्ले उठाउने ? यदि बेलायतको शाही गोर्खा राईफलमा आबद्ध नेपाली नागरिकहरू ती उच्च पद सम्म पुग्न नपाउने हो भन्देखिन साधारण सिपाहीको लागि त्यो पनि जहाँ जहाँ अशान्ति भैरहेको छ ती देशहरुमा अर्काको देश बेलायतको तर्फबाट किन युद्धमा होमिन पठाउनु पर्यो ? यो कुरा सत्य हो की बेलायती सेनामा भर्ती भैइयो भन्देखिन स्वदेशको तुलनामा राम्रो आम्दानी गर्न सकिन्छ तर राष्ट्रियता र आफ्नो राष्ट्र प्रतिको स्वाभिमानबाट बन्चित हुनु परेको कुरा हामीले किन सोच्दैनौ ?
पछिल्लो केही बर्ष अगाडि देखि बेलायत सरकारले पूर्व गोर्खाहरू र तिनका परिवारलाई बेलायतमा बस्न पाउने अधिकार दिएको छ । लगातार साँढे चार बर्ष सम्म बेलायतमा बसोबास गरे पछि त्यहाको नागरिकता प्रदान गरिने प्राव्धान पनि गरेको रहेछ । तर अबसोचको कुरा बेलायती नागरिक हुनको लागि नेपाली नागरिकता त्याग्नु पर्ने हुन्छ । सबै पूर्व गोर्खाहरू र बर्तमान बेलायती शाही गोर्खा राईफलमा कार्यरत सबै नेपाली सेनाहरूले बेलायत मै बस्न पाउने अधिकार पाए पछि नेपालको अर्थतन्त्रमा कसरी बिकास हुने भयो त ? सबै गोर्खाली उतै बेलायत बस्ने भए पछि नेपालमा रेमिट गर्ने सुन्य हुने भयो । ब्यक्तिगत फाइदाको लागि मात्रै सोचेर यो गोर्खा भर्ती केन्द्रलाई निरन्तरता दिने हो भन्देखिन त मेरो भन्नु केही छैन । तर नेपाल राष्ट्र प्रति बफादार हुनुहुन्छ भन्देखिन, नेपाल राष्ट्र प्रति स्वाभिमानी हुनुहुन्छ भन्देखिन र राष्ट्र निर्माण प्रति तपाईंको पनि चिन्ता छ भन्देखिन अर्काको राष्ट्रको सेवक बन्न कुनै पनि नेपाली नागरिकलाई स्वफुर्त इच्छा नहुनु पर्ने, की कसो त ?
(लेखक नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाका अध्यक्ष हुन् )