हङकङमा कबिता प्रतियोगिता हुने

Read Time:1 Minute, 20 Second

हंगकंग-बिगत केहि समय यता हङकङमा साहित्यिक जमघट पातलिदै गएको बेला आउदो फेब्रुअरी २६ तारीखका दिन हिन्सको कार्यलय याउमातेर्इमा दिनको १२ बजेबाट हंगकंगब्यापि कबिता प्रतियोगिता हुने भएको छ । सो दिन यहाका ब्यास्त कविहरु आफूलाई कबितामा सजाउने भएका छन् । उत्त प्रतियोगीता खोटांग टेम्के- तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समितीको आयोजनामा हुन गैरहेको हो ।

आयोजकले अप्रतियोगी कबिताहरुलाई पनि यथेष्ट अवसर र प्राथमिकतामा राख्ने पनि जनाईएकोछ । अक्षयकोष निर्माणको शिलसिलामा सो समितीले गर्ने साहित्यको गतिबिधिको एक आयाम स्वरुप हङकङका स्रष्टाहरुलाई आफ्ना सुन्दर सृजनाहरु साहित्यानुरागीहरुमा पस्कने एउटा सँयोग जुराउन लागेको हो । गतबर्ष आयोजकले “हङकङमा खोटाङगे स्रष्टाको सृजनाहरु” पुस्तक प्रकाशन गरेर हङकङको नेपाली साहित्य फाँटमा एउटा इटा थपेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %