१५ जनवरी हंगकंग
मंकीहिलको पाखामा मगर भेषा भूषामा सजिएर आएका युवा युवतीदेखि केटा केटी र बृद्धासम्म कसैले पनि दिनभरी परिरहेको झरीको प्रवाह नगरी पितृ पजा गरेर माघे सक्रान्ति मनाए ।
पकाउने समूहले पनि सेल रोटी एक ठाउमा, मासको रोटी बटुक अर्को ठाउमा र भुटूवा अर्कै ठाउमा र चिया समेत पकाइरहेका थिए । हंगकंगको परिवेशमा मासु मात्रै पोलेर खाने चलनलाई तोड्दै कार्यक्रम स्थलमा नै तयार पारेको ताजा र तात्तातो यी परिकारहरु कसैले छाता ओढेर त कसैले त्यतिकै बसेर कोहि पाल र मार्कि भित्र त कोइ बाहिर नै बसेर खाइ कुराकानी गरेर रमाइरहेका थिए ।
पानी परिरहेकै समयमा शुरु भएको औपचारीक कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका पूर्व बरिष्ट उपाध्यक्ष तथा नेपाल मगर बौद्ध संमाजका अध्यक्ष देउ बहादुर राना मगरले माघे सक्रान्ति र बौद्ध धर्मको बारेमा जानकारी दिउकाथिए । ब्यक्ति विशेषले इच्छाले जुन धर्म माने पनि नेपाल मगर संघको निर्णय र इतिहास अनुसार मगरहरु बौद्धमार्गी हुन । त्यसैले मगरले सोही अनुसार बौद्ध दर्शनलाई मानेर अगाडि बढनु पर्छ र बढिरहेको छन् भनि जानकारी दिएकाथिए । नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर र आदिवासी जनाजति महासंघका अध्यक्ष एम वि थापा मगरले पनि शुभकामना मन्तब्य दिएका थिए ।
संघकी अध्यक्ष चन्द्र ज्योती आले मगरले झरीमा पनि आइदिएकोमा र सवैले मिलेर काम गरी कार्यक्रम सफल पारी दिएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन । महासचिब बोद विक्रम थापा मगरको संचालन साथै उपाध्यक्ष प्रेम बहादुर थापा मगरले मन्तब्य सहित स्वागत गरेका थिए ।
ठेला हान्ने प्रतियोगितामा रविन्द्र थापा मगर बिजेता भएका थिए भने गोपी राना मगर द्धितिय भएका थिए । त्यस्तै तारो हान्ने खेलमा श्याम थापा मगर प्रथम भएका थिए । विजेताहरुलाई नगद पुरस्कार प्रदान गरीएको थियो तर रविन्द्र थापा मगर र गोपी राना मगरले उक्त नगद पुरस्कार मगर संघ हंगकंगलाई नै सहयोग भनी फिर्ता दिएको महासचिब थापा मगर बताउछन ।
मगर संघ हंगकंग, रोष गुमष्ठाले कौरा नाच, त्यसमा पनि खैइजरी बजाएर गाउकै रिती अनुसार झर्रा कौरा नचाएको थियो । साथमा दोहोरी गीत र अन्य नाचहरु साथै अवेरसम्म डिजे चलेको थियो ।
स्मरण रहोस तारो हान्ने र ठेला हान्ने विजेतालाई पगरी गुथाउने मगरको संस्कृतिक रितीलाई भने यसपालि निरन्तरता दिएको पाइएन । नगद पुरस्कार मात्रै प्रदान गरीयो ।
भीम थापा मगर