हङकङमा ‘लिम्बुवानी’ परिचयात्मक भेटघाट सम्पन्न

Read Time:4 Minute, 16 Second

‘संघीयता स्वायत्तता समावेशी अभियान ! दिगो शान्ति समृद्धि सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्व लिम्बुवान !’ भन्ने मूल नाराको साथ माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले मङ्की हिल बिबिक्यू स्पटमा ८ जनवरी २०१२ का दिन लिम्बुवानी परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गर् यो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष हस्त लिबाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ समितिका अध्यक्ष एमबी थोप्रा, सनराइज साप्ताहिकका सम्पादक तथा जनजाति महासंघ हङकङका भूपू अध्यक्ष भुपेन्द्र चेम्जोङ, लिम्बू भाषाका बरिष्ठ गायककार भगत सुब्वा, तेह्रथुम हङकङ मचका अध्यक्ष त्रिभुवन लुङफुङ्वा र किरात राई यायोख्खा हङकङका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किशन राई लगायतलाई अतिथिको रुपमा आसन गराइएको थियो । यसैक्रम्मा माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समितिका बरिष्ठ सल्लाहकार प्रदीप कन्दङ्वा लगायत सल्लाहकारहरु भगिराज चोङबाङ र नबिन साँवाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम्मा सनराइज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङ, बरिष्ठ गायककार सुब्बा, मचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका बरिष्ठ सल्लाहकार प्रदिप कन्दङ्वा र मचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा परिषद लिम्बुवान नेपालका केन्द्रीय सदस्य नबराज काम्बाङ लगायतले लिम्बुवान प्राप्तिको लागि लिम्बुवानमा नैं गएर प्रत्यक्ष रुपमा जनजागरण जनचेतना र संगठन विस्तार गर्नुपर्ने; विदेशमा कुनै कार्यक्रम गरेर मात्र लिम्बुवान प्राप्त गर्न नसकिने कुरा व्यक्त गरे ।

उक्त कार्यक्रमको साचालन परिषदका का.बा. सचिब हरिस्चन्द्र लावतीद्वारा गरिएको थियो भने माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका उपाध्यक्ष बिष्णु इङ्नामले स्वागत मन्तव्य दिएका थिए । लिम्बुवानी साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा गत मंसिर १० गते लिम्बुवान केन्द्रीय कार्य समितिले लाखौंको उपस्थितिमा बिराटनगर लिम्बुवानमा सम्पन्न गरेको कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने हङकङप्रवासी लिम्बुवान प्रेमी महानुभावहरुलाई माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समितिले पठाएको प्रशंसा एवम् धन्यवाद-पत्र परिषदका अध्यक्ष नबराज काम्बाङ र उपाध्यक्ष विष्णु इङ्नाम मार्फत् हस्तान्तरण गरिएको थियो । सो कार्यक्रम माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य नबराज काम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हरिस्चन्द्र लावती, हङकङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %