क्षेत्री बाहुन हाम्रा शत्रू होइनन् । हाम्रा शत्रू त काठमाडौको सिँहदरबारमा हामीलाई शोषण गरेर बस्ने एकात्मकवादी शोषकहरु हुन । यहाँ नेपाललाई बिगार्ने ३ वटा वाद, भाइरस वा चिज छ- त्यो राजावाद, पूँजीवाद र साम्यावाद हो । जबसम्म यी राजवादी, पँुजीवादी र साम्यवादीहरुको पछाडि हिँडिरहन्छौं तबसम्म हामी भिखारी सिवाय अरु केही पनि हुनेवाला छैनौं काठमाडौंमा बस्ने केही क्षेत्री बाहुनहरुले हाम्रो हक अधिकार खोसे हामीलाई शोषण दमन गरे । तर त्यसो भन्दैमा हाम्रा छिमेकी बाहुन क्षेत्रीहरु ज्े अहिले हामीसँगै छन् उनीहरुसँग हामीले कुनै शत्रूता देखेका छैनौं । तरपनि हामीले भोलिको लिम्बुवानमा हामीले हिजो बाहुनले पेल्यो भन्दैमा भोलि हामी बाहुनलाई त्यसरी नै पेल्ने पक्षमा छैनौं ।
कुमार लिङ्देन
विगतमा लिम्बुवान १६२ वर्षसम्म स्वायत्त भूमि थियो । त्यसपछि १८३१ देखि २०२१ सम्म १९० वर्ष स्वायत्त थियो । यसरी लिम्बुवान ३५२ वर्षसम्म एक हिसाबले संघीय स्वायत्त थियो । र यही इतिहासको आधारमा भोलिको लिम्बुवान पनि नेपाल अन्तर्गत नै स्वायत्त राज्य रहनेछ । त्यसकारण हाम्रो लडाइँ साम्प्रदायिक र जातिवादी होइन । हामी त अरुणपूर्व नौ जिल्ला लिम्बुवानको राजनीतिक लडाइँ लडिरहेका छौं । लिम्बुवानको लडाइँ कुनै व्यक्ति वा पद परिवर्तन गर्ने, चुनाव जित्ने वा हार्ने नभई पूरै व्यवस्था नै परिवर्तन गर्ने लडाइँ हो । लिम्बुवान अरुजस्तो ढाँट छल गर्ने सङ्गठन र आन्दोलन नभई इमान्दार जुझारु र सशक्त सङ्गठन हो । कुनै व्यक्ति वा सरकार परिवर्तन हुँदा पनि यहाँ याक्खा भाषाको सम्म पढाइ हुन सकेन । कसैले पनि याक्खालेनको बारेमा कुनै चिन्ता र चासो व्यक्त गरेनन् । एकात्मकवादीहरु खाली कुसर्ी र पदमै लुछाचुडी गरिरहे छन् । तर हामी लिम्बुवानहरु सम्पूर्ण लिम्बुवानवासी जातजातिको उत्थान विकास र हक अधिकारको सुनिश्चिता र समृद्ध लिम्बुवानको लागि अनवरत लागिरहेका छौं ।
एकात्मक काठमाडौ र उसले नियुक्ती गरेको सीडीओ र प्रहरीले होइन यहाँका जनताले चाहेको र चुनेको वा आफैले आफ्नो शासन गर्ने व्यवस्थाको लागि लडेका हौं । ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र याक्खा स्वायत्त क्षेत्रसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन आन्दोलन गरेका हौं । आज लिम्बुवानको सिमाना चारैतिर पूरै खुल्ला छ र सेना र प्रहरीहरु भने लिम्बुवानको मुटु मुटुमा तैनाथ गरेर राखिएको छ । यसको अर्थ र मत्लव के हो लिम्बुवानलाई दबाउन कोसिस गरिँदैछ खबरदार । देश टुक्र्याउने होइन यो देशलाई साँच्चिकै समृद्ध संघीय गणतान्त्रिक नेपाल बनाउने अभिलाषासहितको अभियानमा छौं । कस्तो अनौठो कुरा गरिरहेछन् आज यी एकात्मकवादीहरु मधेश राज्य हुने र तर लिम्बुवान नहुने रे ! इनकेस मधेश मात्र हुने र लिम्बुवान नहुने कुरा भयो भने त्यसको पाँच मिनेटमा के हुन्छ त्यतिखेर थाहा हुनेछ । यो कुरा बाहिर आयो भने पाँच मिनेटमै धेरै ठूलो विध्वङसात्मक जनविद्रोह हुनेछ । त्यतिखेर यी सेना प्रहरीको केही केहीले केही थाम्ने छैन ।
आजको युगमा कोही खेद्ने खेदिने र दब्ने दबाउने कुरा एक्दमै असम्भव कुरा हो । भोलिको लिम्बुवानका सबै लिम्बुवानवासीहरु लिम्बुवानको मुख्यमन्त्री हुन सक्नेछन् । भोलिको लिम्बुवान लोकतान्त्रिक समावेशी र समानुपातिक हुनेछ ।
देश काल परिस्थितिमा एक्दमै गम्भीर संवेदनशील मोडमा आइपुगेको छ । सम्पूर्ण संघीय गणतन्त्र धर्मरिनपेक्षता र लिम्बुवानवादी जनताहरु सजग हुने बेला आएको छ । अहिले संविधान नबनाउने एकात्मकवादीहरु र त्यही पुराना एकात्मकवादी राजावादी शैलीको न्यायालय, सर्वोच्च अदालत मिलेर संविधानसभालाई भङ्ग गरी फेरि घुमाउरो तरिकाले ४७ सालको संविधान ब्यँुताउने डरलाग्दो षडयन्त्र गरिरहेका छन् । यी एकात्मकवादीहरुलाई खासमा यो नयाँ संविधान चाहिहएको छैन । किनकि उनीहरुलाई त्यही एकात्मक शासन व्यवस्था नै पुग्दो छ । उनीहरुलाई त्यही शासनमै मोजमस्ती छ । आखिर काठमाडौंमा महल बनाएका छन् आफ्नो छोराछोरीलाई विदेशमा पढाउन पाएकै छन् । खासमा यो नयाँ संविधानत यहाँका शोषित पीडित आदिवासी\जनजाति, दलित उत्पीडितहरुलाई धेरै चाडै चाहिएको छ । तर एकात्मकवादीहरु त्यो हुन दिइरहेका छैनन् । हाम्रो लागि कुनै पनि जाति र व्यक्तिहरु हाम्रा शत्रू होइनन् । क्षेत्री बाहुन हाम्रा शत्रू होइनन् । हाम्रा शत्रू त काठमाडौको सिँहदरबारमा हामीलाई शोषण गरेर बस्ने एकात्मकवादी शोषकहरु हुन ।
यहाँ नेपाललाई बिगार्ने ३ वटा वाद भाइरस वा चिज छ- त्यो राजावाद, पूँजीवाद र साम्यावाद हो । जबसम्म यी राजवादी पँुजीवादी र साम्यवादीहरुको पछाडि हिँडिरहन्छौं तबसम्म हामी भिखारी सिवाय अरु केही पनि हुनेवाला छैनौं, यी ३ वटा विचार, दर्शन वा विचारलाई जबसम्म डिलिट वा ध्वस्त गर्दैनौं तबसम्म हामी मुक्त हुने छैन । हामी जहिलै कुनै पदमा टाँसीरहने विधिको पक्षमा छैनौं । अब हामी नै हाम्रो पार्टीमा पनि २ पटकभन्दा बढी अध्यक्ष हुन नपाउने प्रस्ताव ल्याउँदैछौं म आफै त्यो प्रस्ताव ल्याउँदैछु । काठमाडौंमा बस्ने केही क्षेत्री बाहुनहरुले हाम्रो हक अधिकार खोसे हामीलाई शोषण दमन गरे । तर त्यसो भन्दैमा हाम्रा छिमेकी बाहुन क्षेत्रीहरु ज्ाे अहिले हामीसँगै छन् उनीहरुसँग हामीले कुनै शत्रूता देखेका छैनौं । तरपनि हामीले भोलिको लिम्बुवानमा हामीले हिजो बाहुनले पेल्यो भन्दैमा भोलि हामी बाहुनलाई त्यसरी नै पेल्ने पक्षमा छैनौं । माक्स्रवादी र कम्युनिष्टहरुले खाली पेल्ने कुरा मात्र गर्छन् तर मिल्ने कुरा गर्दैनन् । हामी त उत्पीडित जातिका नेता नेल्शन मण्डेलाको दर्शन मान्छौं । मण्डेलाको नीतिमा गोराले हिजो कालालाई पेले पनि पछि कालाले गोरालाई नपेल्ने नीति भएजस्तै हामी कसैलाइै पेल्ने र कसैमाथि शोषण दमन गर्ने पक्षमा छैनौं ।
अष्ट्रेलियमा नेपालका आदिवासीको भाषामा रेडियो प्रशासण हुन्छ लालुहरुको देश भारतको सिक्किमा आज लिम्बूभाषा उच्चशिक्षासम्म पढाइ हुन्छ । तर नेपालमा कक्षा ५ सम्म पढ्न पढाउनको लागि पनि सरकारसँग भीख मागिरहनुपरेको छ । यो कस्तो देश हो यो कस्तो शासन व्यवस्था हो सुनिदै छ- बाहुनहरु संघीयताको र लिम्बुवानको विरुद्धमा एक हुन खोजिरहेका छन् रे ! त्यसोभए अब बाहुनहरुको विरुद्धमा आदिवासी जनजातिहरु एक हुनपर्ने हो यसरी एक जातिको विरुद्धमा अर्को जाति एकहुन थाल्ने हो भोलि यो देशको हालत के हुन्छ कसैले सोचेको छ त्यसैले हाम्रो लडाइँ कुनै जाति भाषा र धर्मको विरुद्धमा होइन । हाम्रो लडाइँ संघीयता धर्मनिरपेक्षता र अरुणपूर्व ९ जिल्ला लिम्बुवानको पक्षमा हो ।
प्रस्तुति:- डीबी आङ्बुङ लिम्बू
(मन्चसम्बद्ध लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष लिङ्देनद्वारा २३ पुसमा आयोजित याक्खालेन स्वायक्त परिषदको उदघाटन कार्यक्रममा प्रस्तुत मन्तव्यको सम्पादित अंश)