विषय प्रवेश,
विगत लामो समयदेखि नेतृत्वमा रहेको जनमुक्ति पार्टीलाई परास्त गर्न जेठ ५–८, २०६४ काठमाण्डौमा सम्पन्न नवौं महाधिवेशनमा माओवादी, नेका र एमाले यी तीन राजनीतिक दलहरुको गठवन्धन भयो । एम.एस.थापा सम्मिलित राजमुपाले चुनाव बहिष्कारको नीति लियो भने गोरेवहादुर खपांगी नेतृत्वमा रहेको प्रजमुपा एकलै चुनाव लड्यो । स्वतन्त्र व्यक्तिको रुपमा चुनावमा लड्न सक्ने आँट कसैमा आउन सकेन । तीन मुख्य पार्टीको गठवन्धनले करिव एकलौटी जीत हासिल ग¥यो र मगर सँघ जनमुक्ति पार्टीको हातवाट टाढा रहन गयो ।
नन्द घर्ती मगर, रोल्पा
तात्कालिक गठवन्धनकारी दलहरुमा पनि एमालेको वर्चश्व (करिव अठहत्तर प्रतिशत) र वाँकि दुई राजनीतिक दल माओवादी र नेकाको पकड रह्यो । यो परिणाम आउनुमा एम.एस.थापाको अहम् भूमिका रह्यो । थापाको चुनाव वहिष्कारको नीति नलिएकोभए यसखालको परिणाम सम्भव थिएन । त्यसैले थापाको वैचारिक विचलन नै परिणामको मूल कारक तत्व हो । पार्टीको जन्म हुदा पार्टीको दार्शनिक र वैचारिक वाटो जातीय मुक्ति थियो त्यो वाटो थापाले त्यागिसकेका छन् । पार्टीको पूर्ववाटो त्यागिसकेकाले मगर सँघ आफुजस्तै चिन्तनधारा भएको माओवादी, नेका तथा एमालेजस्ता वुर्जुवा दलहरुको जिम्मा थापाले लगाइदिए । यो एम.एस.थापाको अक्षम्य अपराध हो जो सही र सत्य ढिलो चाँडो जनतामाझ उजागर हुनैपर्छ ।
दशौं महाधिवेशनसम्वन्धी केन्द्रीय समितिको नीति ः
२०६८ जेठ पहिलो हप्तातिर केन्द्रीय समितिको कार्यकाल वैधानिक रुपमा समाप्त भयो । देशको संक्रमणकालीन राजनीतिक परिस्थितिको प्रभाव मगर सँघको दशौं महाधिवेशनलाई पनि प¥यो र ६ महिना पछाडि ढकेलियो । साढे चार वर्षको कार्यकालभित्र केन्द्रीय समितिको पूर्ण वैठक १८ पटक बस्यो । सँघको सोह्रौं वैठकमा दशौं महाधिवेशन सम्पन्न हुने जिल्ला र स्थान तय गर्ने एजेण्डा वन्यो । एजेण्डामाथि निकै वहस भयो । देशभरिका मगरहरुलाई सहज हुने जिल्ला र स्थान तय गर्ने वा अन्य आधार भन्ने भयो । अन्ततः संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्ति वाँडफाँड उपसमितिले मस्यौदा तयार गरेको मगरात प्रदेशभित्र पर्ने जिल्ला र स्थान नै छनौटको आधार वन्नगयो । लामो गृहकार्य गरेर प्रस्ताव गरिएको गुल्मी जिल्लाको तम्घास सर्वसम्मत त होइन वहुमतले पारित भयो । जिल्ला तथा भातृसंगठनहरुवाट आउने महाधिवेशन प्रवेश शुल्क प्रतिव्यक्ति एकहजारको व्यवस्था पनि वहुमतले पारित भयो । महाधिवेशन स्थल र प्रतिनिधिहरुको प्रवेश शुल्क यी दुइवुदे नीतिले देशभरिवाट मगर प्रतिनिधिहरु सहजरुपमा आउने वातावरण वन्न सकेन । यो असहज स्थिति श्रृजना हुनुमा केन्द्रीय समिति जिम्मेवार छ र यसवारे सवैवाट विचार मन्थन हुन जरुरी छ ।
केन्द्रीय समितिको सत्रौं वैठकले बढीमा ६९ जिल्लाहरु महाधिवेशनमा भाग लिनसक्ने अनुमान ग¥यो । सूचिकृत जिल्लाहरुमध्ये २२ जिल्ला समितिहरुमा जिल्ला अधिवेशन हुनवाँकि थिए । २० कार्तिक, २०६८ भित्र जिल्ला अधिवेशन गरिसक्ने जिल्ला समितिहरुलाई महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनपाउने नीति भयो । तर, तोकिएको समयसीमाभित्र जिल्ला अधिवेशन केही जिल्लाहरु हुनसकेन । सचिवालयको विस्तारित वैठकले मंसिर १५ सम्म अधिवेशन गरिसक्ने जिल्लाहरुलाई पनि मान्यता दिनसकिने प्रावधान ग¥यो । यहाँसम्म आउदा जिल्ला अधिवेशनसम्वन्धी समयसीमाको तिथिमिति केन्द्रीय वैठकले तीनपटक संशोधन ग¥यो । पछिल्लो विस्तारित वैठकले अधिवेशनसम्वन्धी उत्पन्न नीतिगत समस्या फुकाइदिएपछि मंसिर १० गतेको रौतहट जिल्ला अधिवेशनमा तत्कालीन केन्द्रीय अध्यक्ष झकवहादुर थापा प्रमुख अतिथि वने । अधिवेशनको वन्दसत्रमा अध्यक्ष थापाले हस्तक्षेपकारी भूमिका खेले र एमाले आवद्ध प्रतिनिधिलाई जिल्ला अध्यक्ष पदमा राखे । असहज स्थिति श्रृजना भएपछि अन्य राजनीतिक आस्था राख्नुहुने मगर प्रतिनिधिहरु अधिवेशन वहिष्कार गर्न वाध्य भए । नेतृत्व तहवाट जवरजस्त श्रृजना गरिएको विकृतिको यो एउटा सूचक हो ।
३० हजारभन्दा बढी मगर जनसंख्या भएको जिल्लाको हकमा प्रत्येक ३० हजार वरावर १ जनाको दरले प्रतिनिधि थप पाउने मगर सँघको विधानले व्यवस्था गरिदिएको हुदा सँघको सत्रौं पूर्ण वैठकले जनगनणा ः २०५८ लाई मुख्य आधार मान्यो । तर, नेतृत्वले यसलाई कार्यान्वयन गर्न चाहेन । यसले गर्दा महाधिवेशन स्थलमा जिल्ला प्रतिनिधिहरु र केन्द्रीय समितिले आफु अनुकूल व्याख्या गरे । यो पनि नेतृत्वले दशौं महाधिवेशनमा थोपरेको विकृति थियो ।
केन्द्रीय समितिको अठारौं अन्तिम पूर्ण वैठक महाधिवेशनस्थल गुल्मी जिल्लाको तम्घासमा चरणवद्ध ४ पटक बस्यो । आगामी सँघको नेतृत्वको सन्दर्भमा पनि वैठकको एजेण्डा वन्यो । नवौं महाधिवेशनले मुख्य शत्रुपक्षलाई ढाल्यो र अहिले त्यही शक्तिले टाउको उठाउदै छ । तसर्थ दशौं महाधिवेशनमा पनि परास्त गर्न संस्थापन पक्षवाट साझा नेतृत्वको विकल्प खोजिनुपर्ने धारणा वैठकमा आयो । यही धारणाको जगमा टेकेर तत्कालीन अध्यक्ष झकवहादुर थापावाट तीन महत्वपूण पदको लागि मस्यौदा प्रस्तुत गरे । प्रस्तुत मस्यौदामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदको लागि क्रमशः महेन्द्र थापा, वसन्त घर्ती र नवीन रोका समाविष्ट थिए । यो ड्राप्mट अप्राकृतिक प्रकृतिको थियो । किनकि महेन्द्र थापा पश्चिमाञ्चल उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष र महासचिवलाई उछिनेर अध्यक्ष पदमा प्रस्ताव गर्दा सँघको मूल्य र मान्यता विपरित थियो र अर्को अध्यक्ष झकवहादुर थापा र महेन्द्र थापा एउटै राजनीतिक आस्था एमाले थिए । यी दुई महत्वपूर्ण आधारको कारण महेन्द्र थापालाई संस्थापन पक्षवाट साझा नेतृत्वको रुपमा स्वीकार्न नसकिने धारणा वैठकमा आयो । वैठकमा सदस्यहरुको वीचमा धारणा बाझिएकोले साझा नेतृत्वको एजेण्डा वैठकवाट हट्यो । नेतृत्वसम्वन्धी साझा एजेण्डा वैठकले तय गर्न नसकेपछि सो एजेण्डा राजनीतिक संयन्त्रमा प्रत्यायोजन भयो र संयन्त्रले यसलाई आप्mनो नियन्त्रणमा लिन सफल भयो । यो एउटा महत्वपूर्ण विकृति थियो जो आयोजक समिति पूर्ण जिम्मेवार छ ।
भावी नेतृत्वसम्वन्धी विभिन्न पक्षको धारणा ः
सँघको भावी नेतृत्ववारे विशेषतः काठमाण्डौको राजनीतिक वृत्तमा बढी तरंग आयो । मगर जातिको नाममा खोलिएका पार्टीको भातृसंठनहरु पदेन सदस्य रहेको संयूक्त मगर मञ्च औपचारिक रुपमा अगाडि देखाप¥यो । संयूक्त मगर मञ्च राजनीतिक प्रकृति वोकेको मगर संगठनहरुको साझा मञ्च हो । सो मञ्चको सदस्य नेपाल मगर सँघ पनि छ । यो मञ्चवारे सैद्धान्तिक वहस जरुरी पनि छ । संयूक्त मगर मञ्चको पहलमा १२, १४ र १६ मंसिर, २०६८ गरी तीनपटक औपचारिक वैठक वस्यो । ती वैठकहरुवाट तार्किक निश्कर्ष आउन सकेन । एमाओवादी सभासद सुरेश आले र सन्तोष वुढाको अगुवाइमा नेका, एमाले, बमकुमारी वुढा, गोरेवहादुर खपांगी, राजमुपाको संस्थापन पक्ष आदिसँग दुइपक्षीय तथा वहुपक्षीय वैठकहरु अनौपचारिक बस्यो । तर, नेतृत्वमा साझा सहमति वन्न सकेन ।
दुइपक्षीय वा वहुपक्षीय वैठकहरुमा सँघको भावी नेतृत्वको लागि एमालेले महेन्द्र थापालाई, माओवादीले वसन्त घर्तीलाई र नेकाले स्वतन्त्र व्यक्तिको रुपमा वमकुमारी वुढालाई प्रस्ताव गरे । एम.एस.थापा सम्मिलित राजमुपाको धारणा सून्यप्रायः भयो । पहिलो प्राथमिकता नेकाको नेतृत्व, दोश्रो प्राथमिकता एमाओवादीको नेतृत्व र तेश्रो प्राथमिकता स्वतन्त्र व्यक्तिको रुपमा वमकुमारी वुढाको नेतृत्वमा चुनावी गठबन्धनमा जानुपर्ने सँघको पूर्वअध्यक्ष गोरेवहादुर खपांगीको धारणा रह्यो । प्रारम्भिक चरणमा यी विकल्पसहितको धारणा खपांगीवाट रहिआएतापनि काठमाण्डौको पछिल्लो परिस्थिति एमाओवादीको नेतृत्वमा चुनावी गठवन्धनमा जाने एमाओवादी–खपांगीवीच सहमति भयो ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति ः
खुलासत्रमा प्रमुखअतिथि माननीय अर्थमन्त्री वर्षमान पुन, सँघको पूर्वअध्यक्ष गोरेवहादुर खपांगी र यमवहादुर वुढाथोकी, , पूर्वमन्त्री तथा सभासद ओन्सरी घर्ती तथा भीमकुमारी वुढा, एमाले पार्टी सचेतक थममायाँ थापा, सभासदहरु सुरेश आले, दलवहादुर राना, सल्लाहकारहरु गणेश थापा र लोकवहादुर थापा, एमाले नेता तथा सभासद प्रदीप ज्ञवाली, आदिवासी जनजाति महासँघ महासचिव आङ्काजी शेर्पा, स्थानीय पार्टी प्रतिनिधी (राजमुपावाहेक), प्रजिअ, विदेशस्थित मगर सँघ प्रतिनिधी, भातृसंगठनहरु मगर विद्यार्थी सँघ, मगर महिला सँघ, मगर सांस्कृतिक सँघ तथा मगर यूवा सँघ आदि प्रतिनिधिहरुको उपस्थिति रह्यो ।
शुभकामना मन्तव्य दिनुहुने वक्ताहरुमा प्रमुखअतिथि माननीय अर्थमन्त्री वर्षमान पुन, पूर्वअध्यक्ष गोरेवहादुर खपांगी, पूर्वमन्त्री भीमकुमारी वुढा, आदिवासी जनजाति महासँघ महासचिव आङ्काजी शेर्पा, प्रमुख जिल्ला अधिकारी, एमाले पार्टी सचेतक थममायाँ थापा, एमाले नेता तथा सभासद प्रदीप ज्ञवाली आदि ।
नेतृत्व निर्माणमा राजनीतिक संयन्त्रको प्रभाव ः
महाधिवेशनस्थलमा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको एक राजनीतिक संंयन्त्र वन्यो । सभासदहरु सन्तोष वुढा, सुरेश आले र ओनसरी घर्ती एमाओवादीको, सभासदहरु दलवहादुर राना र पार्टी सचेतक थममायाँ थापा एमालेको, गणेश थापा, पूर्वमन्त्री भीमकुमारी वुढा र भीमवहादुर पुन नेकाको र चन्द्र श्रीस तथा कर्ण सुनारी राजमुपाको प्रतिनिधित्व थियो । सँघको पूर्वअध्यक्ष गोरेवहादुर खपांगीको उपस्थिति पौष १ गते विहानसम्म महाधिवेशनस्थलमै उपस्थिति रहेपनि राजनीतिक संयन्त्रमा उहाँको संलग्नता रहेन ।
उद्घाटन सत्र समाप्तिलगत्तै राजनीतिक संयन्त्रले सक्रियता देखायो । तम्घासको एभरग्रीण होटल एण्ड लज संयन्त्रको वैठकस्थल थियो । संयन्त्रको सदस्यहरुको दुइपक्षीय तथा वहुपक्षीय र औपचारिक तथा अनौपचारिक वैठकले तीव्रता पायो । प्रतिनिधिहरु महाधिवेशनस्थलमा आउने काम जारी भएकाले कुन दलको प्रतिनिधि कति छन् सोवारे एकिन नहुदासम्म संयन्त्रले गति लिन सकेन । त्यसैले मंसिर २५ गते विहान ८ः३० वजेदेखि वन्दसत्र संचालन हुनुपर्ने पूर्वघोषणा दिउसो २ः३० वजे पछाडिमात्र संचालन भयो । दलीय भागबण्डासम्वन्धी लामो छलफलपछि महाधिवेशनमा आएका विभिन्न दलमा आस्था राख्ने प्रतिनिधिहरुको संख्या सहमतिको मूलआधार मान्ने राजनीतिक संयन्त्रको सैद्धान्तिक सहमति भयो । यही जगमा हिसावगर्दा पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा आउने दलहरु क्रमशः एमाले, एमाओवादी, नेका र राजमुपा देखापरेको संयन्त्रको ठहर भयो । संयन्त्रको लगातार वैठक बसेको तीन दिनपछि मंसिर २७ गते १७ वटा पदाधिकारीहरुमा दलीय भागबण्डा भएको सहमति सार्वजनिक भयो । भागबण्डाको संक्षिप्त विवरण यसप्रकार छ ।
क्र.सं. पार्टीको नाम पार्टीको भागमा परेको पदहरुको नाम , जम्मा पद संख्या
१ एमाले — – अध्यक्ष, कोषाध्यक्ष, पश्चिमाञ्चल तथा पूर्वाञ्चल उपाध्यक्ष, विदेशसचिव र काइके भाषिक उपाध्यक्ष ६
२ एमाओवादी — वरिष्ठ उपाध्यक्ष, महासचिव, अठार मगरात भाषिक उपाध्यक्ष, संगठन सचिव र प्रचारप्रसार सचिव ५
३ नेका —- सचिव, सुदूर र मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्ष ३
४ राजमुपा —– महिला उपाध्यक्ष, मध्यपश्चिमाञ्चल उपाध्यक्ष र वाह्र मगरात भाषिक उपाध्यक्ष ३
जम्मा पदाधिकारीहरुको संख्या १७
सँघको भावी नेतृत्व एमाओवादीको हुनैपर्ने तथा स्वतन्त्र व्यक्तिको रुपमा वमकुमारी वुढालाई नेतृत्व सुम्पिनुपर्ने नेका सम्वद्ध गणेश थापाको पूर्वअडान महाधिवेशनस्थलको राजनीतिक संयन्त्रको वैठकमा विलय भयो र ती दुवै राजनीतिक दल एमालेसामु आत्मसमर्पन गरे । एमाओवादीको नेतृत्वमा चुनावी गठवन्धनमा जाने एमाओवादी–खपांगीवीचको पूर्वसहमति एकलौटीरुपमा एमाओवादीले भंग ग¥यो र एमालेको एजेण्डामा घुडा टेक्यो । यो उसको नैतिक पराजय हो । साथै, नेका सम्वद्ध गणेश थापाले भावी नेतृत्व वमकुमारी वुढाको जिम्मा लगाउनुपर्ने पूर्वअडान छोडेर राजनीतिक संयन्त्रको मूलधारमा विलय भए र उनको व्यक्तित्व खस्क्यो । राजमुुपा संयन्त्रको एकसदस्य भएपनि उसको भूमिका सून्यप्रायः भयो र तीनदलले फालेको पद लिएर सहमतिमा हस्ताक्षर ग¥यो । अध्यक्ष एम.एस.थापाको वैचारिक दरिद्रताको मूलकारण नै महाधिवेशनमा राजमुपाको नैतिक साहस स्खलन हुनपुग्यो ।
सत्र पदाधिकारीहरुमा दलीय भागबण्डा गरिसकेपछि स्वतन्त्र उम्मेदवारको दावी गर्नुहुने वमकुमारी वुढामाथि राजनीतिक संयन्त्र खनियो र चुनावमा भाग नलिन दवाव दियो । संयन्त्र र वुढावीच दुइपक्षीय लामो वैठक बस्यो । तर, वुढाको पूर्वअडान यथावत रहिरह्यो । श्री वुढाको स्वतन्त्र उम्मेदवारी निश्चितप्रायः भइसकेपछि संयन्त्रको भागबण्डा पदाधिकारीहरुमा गएर अन्त भयो र केन्द्रिय सदस्यहरुको भागबण्डा गर्ने प्रक्रिया अवरुद्ध हुनपुग्यो ।
चुनाव घोषणा र यसको परिणाम ः
मंसिर २८ गते दिउसो निर्वाचन समितिवाट चुनावको लागि दरखास्त आव्हान भयो । राजनीतिक सहमतिवमोजिम भागबण्डा परेको पदहरुमा दलहरुले आप्mनो उम्मेदवारी पठाए । कोषाध्यक्ष र पश्चिमाञ्चल उपाध्यक्षवाहेक अरु पदमा स्वतन्त्र उम्मेदवारीहरुको दरखास्त प¥यो । ६४ जिल्ला, ४ भातृसंगठन र १ विदेशस्थित मगर सँघ गरी जम्मा ३९३ जना महाधिवेशन प्रतिनिधिहरुमध्ये ४० जनाले मतदानमा भाग लिएनन् । सायद सवैजसाले मतदान गरेको भए निर्वाचन परिणाम फरक पर्नसक्थ्यो । निर्वाचन परिणामको विस्तृत विवरण यसप्रकार छ ।
क्रस.ं पदको नाम दलीय भागबण्डा उम्मेदवारको नाम आवद्ध राजनीतिक दल÷स्वतन्त्र निर्वाचन परिणाम प्राप्त मत कैफियत
१ अध्यक्ष : एमाले — महेन्द्र थापा , विजयी १८०
वमकुमारी वुढा स्वतन्त्र …… १४४
२ वरिष्ठ उपाध्यक्ष —- एमाओवादी बसन्त घर्ती निर्विरोध
चुना थापा एमाले प्रत्याह्वान
३ महासचिव —– एमाओवादी वालकृष्ण काउछा एमाओवादी प्रतिद्धण्द्धी १०५ एमाओवादीको पद जफत
नवीन रोका स्वतन्त्र विजयी २०६
४ कोषाध्यक्ष ——- एमाले कुलप्रसाद पुन एमाले निर्विरोध ….. राजनीतिक सहमति
५ मुख्यसचिव——– नेका ओम थापा , निर्विरोध — राजनीतिक दवाव
हरी पाटा —- एमाले प्रत्याह्वान
६ संगठन सचिव —— एमाओवादी तेजेन्द्र खाम एमाओवादी प्रतिद्धण्द्धी ८५ एमाओवादीको पद जफत
ज्ञानेन्द्र पुन एमाले विजयी २०९
७ विदेश सचिव ——- एमाले , रक्षावहादुर रैका निर्विरोध — राजनीतिक दवाव
सुन्दर आले —- नेका प्रत्याह्वान
८ प्रचारप्रसार सचिव —— एमाओवादी माधव दर्लामी —- विजयी १८९
होम व.वुढाथोकी —– स्वतन्त्र ९२
९ महिला उपाध्यक्ष —— राजमुपा —- मनु थापा राजमुपा प्रतिद्धण्द्धी १३८ राजमुपाको पद जफत
श्याममाया पुन एमाले विजयी १५८
१० अठारमगरात भाषिक उपाध्यक्ष —— एमाओवादी ऋषिराम रोका प्रतिद्धण्द्धी १०४ एमाओवादीको पद जफत
कर्णवहादुर वुढा —- स्वतन्त्र विजयी १६४
११ वाह्रमगरात भाषिक उपाध्यक्ष ——- राजमुपा डा. देव व.थापा राजमुपा निर्विरोध
मोहन थापा एमाले प्रत्याह्वान
१२ काइके भाषिक उपाध्यक्ष ——— एमाले एमाले
१३ पूर्वाञ्चल उपाध्यक्ष ——- एमाले गंगावहादुर थापा , निर्विरोध राजनीतिक सहमति
१४ मध्यमाञ्चल उपाध्यक्ष ——- नेका कुशवहादुर थापा नेका प्रतिद्धण्द्धी
चित्र व.लुङ्गेली —– नेका विजयी
१५ पश्चिमाञ्चल उपाध्यक्ष ——- एमाले वालसिंह काउछा एमाले निर्विरोध ….. राजनीतिक सहमति
१६ मध्येपश्चिमाञ्चल उपाध्यक्ष ——- राजमुपा , गुरुप्रसाद घर्ती नेका विजयी ३३ गोलाप्रथा व्यवस्था
हरिवहादुर थापा राजमुपा प्रतिद्धण्द्धी ३३
पहलसिंह घर्ती ——- एमाओवाद प्रत्याह्वान … ……..
१७ सुदूरपश्मिाञ्चल उपाध्यक्ष ——- नेका तेज तारामी पूर्वजनमुक्ति विजयी १६ नेका र पूर्वजनमुक्ति सहमति
यमवहादुर थापा एमाले प्रतिद्धण्द्धी ७
वरिष्ठ उपाध्यक्ष पदमा माओवादीतर्पm वसन्त घर्ती र स्वतन्त्रवाट एमालेका चुना थापाले दरखास्त दिए । राजनीतिक सहमति विपरित एमालेका चुना थापाले उम्मेदवारी दिएको कारण उम्मेदवारी फिर्तालिन राजनीतिक दवावले गर्दा आप्mनो उम्मेदवारी फिर्ता लिन बाध्य भए । वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत बसन्त घर्ती विजयी घोषित भए ।
राजमुपाको भागमा परेको महिला उपाध्यक्षमा मनु थापाले उम्मेदवारी दिए । एमालेका श्याममाया पुनले पनि सोही पदमा स्वतन्त्र उम्मेदवारी दिए । उनी राजमुपा अध्यक्ष एम.एस.थापाको छोरीको साख्खै आमाजु पनि हुन् । पुनले राजनीतिक सहमति विपरित उम्मेदवारी दिएतापनि उनीमाथि दरखास्त फिर्ताको दवाव परेन । किनकि एम.एस. थापाले दवाव दिन चाहेनन् । एमाले र एम.एस.थापाको तागतले पुनको पक्षमा १५८ र निकटतम प्रतिद्धण्द्धी मनु थापाले १३८ मत प्राप्त भयो । राजमुपाको कोटा परेको बाह्रमगरात भाषिक उपाध्यक्ष पदमा डा. देववहादुर थापाले उम्मेदवारी दिए । सोही पदमा एमालेका मोहन थापाले पनि स्वतन्त्र उम्मेदवारी दिए । तर स्वतन्त्र उम्मेदवार मोहन थापामाथि राजनीतिक दवाव प¥यो र आप्mनो दरखास्त फिर्ता गर्न बाध्यता भए । डा. थापा निर्विरोध निर्वाचित भए ।
एमाओवादीको भागमा परेको अठारमगरात भाषिक उपाध्यक्ष पदमा पार्टीले ऋिषिराम रोकालाई टिकट दियो । साही पदमा कर्णवहादुर वुढाले स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचन परिणाम कर्णवहादुर वुढाको पक्षमा १६४ र उनको प्रतिद्धण्द्धी ऋिषिराम रोकामा १०४ मतमात्र खस्यो । राजनीतिक सहमतिले एमाओवादीको कोटामा परेको महासचिव पदमा पार्टीले बालकृष्ण काउछालाई उम्मेदवार घोषणा ग¥यो । सोही पदमा नवीन रोकाले स्वतन्त्र उम्मेदवारी दिए । दरखास्त फिर्ता लिन माननीय अर्थमन्त्री वर्षमान पुन र एमाओवादी सेना कमाण्डर नन्दकिशोर पुन (पासाङ) ले टेलिफोनमार्पmत श्री रोकामाथि दवाव आएतापनि निर्वाचनमा लड्न तयार भए । निर्वाचन परिणाम नवीन रोकाको पक्षमा २०६ र काउछामा १०५ मतमात्र खस्यो । केन्द्रीय समितिको अन्तिम अठारौं वैठकमा तत्कालीन अध्यक्ष झकवहादुर थापाले नवीन रोकालाई महासचिव पदमा प्रस्ताव गर्दैआएका थिए । राजनीतिक सहमतिमा महासचिव पद एमाओवादीको भाग परेपनि चोर ढोकावाट प्रस्तावित पदमा श्री रोकालाई छिराउन एमाले सफल भयो । त्यसैगरी, संगठन सचिव पद माओवादीको भाग थियो र तेजेन्द्र खामले टिकट पाए । एमालेका ज्ञानेन्द्र पुनले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचन परिणाम अनुसार पुनको पक्षमा २०९ र प्रतिद्धण्द्धी तेजेन्द्र खामको पक्षमा ८५ मतमात्र खस्यो । श्री रोका र श्री पुनको पक्षमा यति धेरै मत खस्नुमा एमालेको मत हो भन्नुमा कुनै शंका गर्ने ठाउँ छैन । राजनीतिक सहमति विपरित एमालेले मत खसालेर एमाओवादीलाई धोका दियो ।
नेकाले आप्mनो भागमा परेको सचिव पदमा ओम थापालाई टिकट दियो । एमालेका हरी पाटाले स्वतन्त्र उम्मेदवारी दिए । श्री पाटामाथि राजनीतिक दवाव प¥यो र आप्mनो दरखास्त फिर्ता लिन बाध्य भए । त्यसैगरी, एमालेको भागमा परेको विदेशसचिव पदमा रक्षावहादुर रैकाले टिकट पाए । नेका निकटका सुन्दर आलेले सोही पदमा स्वतन्त्र उम्मेदवारी दिए । श्री आलेमाथि राजनीतिक दवाव प¥यो र उम्मेदवारी फिर्ता लिन बाध्य भए ।
आयोजक समितिले थोपरेको विकृतिका आयामहरु ः
सूचिकृत २२ जिल्लाहरुले तोकिएको समयसीमाभित्र अधिवेशन गरिसक्नुपर्ने थियो । अधिवेशन सम्पन्न गर्न नसके ती जिल्लाहरु महाधिवेशन प्रतिनिधिको लागि अयोग्य ठहरिन्छन् । समयसीमाको मापदण्ड केन्द्रीय समितिले तीनपटक संशोधन ग¥यो । पछिल्लो अन्तिम समयसीमा मंसिर १५ भित्र जिल्ला अधिवेशन गरिसक्ने व्यवस्था भयो । यसवीचमा जिल्ला अधिवेशनमा नेतृत्व तहवाट राजनीतिक हस्तक्षेप भयो । आपूm अनुकूल पार्टीको व्यक्तिलाई जवरजस्त नेतृत्वमा ल्याउने प्रयास गर्दा फरक राजनीतिक आस्था राख्ने प्रतिनिधिहरु अधिवेशन वहिष्कार गर्न बाध्य भए । २२ जिल्लाहरुमध्ये समयमा अधिवेशन गरिसकेको जिल्लाहरुको सूचिकरण हुनसकेन । यसो हुन नसक्दा केही जिल्लाहरुले महाधिवेशनस्थलमा जिल्ला अधिवेशन गराएर दशौं महाधिवेशनमा भाग लिए । सिराहा जिल्लाको अधिवेशन तोकिएको समयभित्र नभएपनि महाधिवेशनस्थल गुल्मी जिल्लाको तम्घासमा रहेको लुम्विनी गेष्टहाउसमा कागजी रुपमा जिल्ला अधिवेशन सम्पन्न भयो । सिराहा जिल्लावासी प्रतिनिधिहरुको संख्या नपुग्दा उदयपुरवाट मान्छे झिकाउने काम भयो । यी सवै कामहरु एमालेले ग¥यो । यो एउटा उदाहरणमात्र हो ।
मगर सँघको भातृसंगठनहरुमध्ये मगर भूपू सैनिक सँघ पनि एक हो । यस संघले दोश्रो महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ । राजनीतिक आस्था नमिलेको कारण भूपू सैनिक सँघवाट गएका प्रतिनिधिहरुलाई दशौंं महाधिवेशन आयोजक समितिले मान्यता दिएन । तर, मगर सँघको अर्को भातृसंगठन नाममात्रको मगर यूवा सँघको प्रतिनिधिहरु महाधिवेशनमा भागलिन पाए । मगर सँघ हङकङको प्रतिनिधिहरुलाई आयोजकले मान्यता दिएन तर मलेसियाको प्रतिनिधिले भागलिन पाए । राजनीतिक आस्था नै यसको मूलकारण वन्नगयो ।
रुपन्देही जिल्लामा केन्द्रीय तहवाट विवाद श्रृजना गराई विधिवत दुइ जिल्ला समितिहरु वन्यो । एमाले आवद्ध भएको जिल्ला समितिलाई केन्द्रीय समितिले मान्यता दियो । त्यसैगरी, दाङ जिल्ला समितिलाई पनि दुइटुक्रा केन्द्रले वनायो । यस्ता कैयन जिल्लाहरुमा अराजकतापूर्ण ढंगवाट जिल्ला समिति वने । यसैको परिणामस्वरुप दशौं महाधिवेशनमा सहभागी हुनेहरुमध्ये एमाले निकट प्रतिनिधिहरु केही देखापरे ।
निश्कर्ष ः
रोजेको व्यक्तिलाई नेतृत्वको जिम्मेवारी सुम्पने र आफुले पनि नेतृत्व सम्हाल्न पाउने सहभागी प्रतिनिधिहरु स्वतन्त्र हुनपाएनन्, उनीहरुको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भयो । पार्टीहरुले मगर सँघमा राजनीतीकरण गरेकोभए त्यो महान कार्य हुन्थ्यो तर, दलीयकरणको भाँसमा मगर सँघ पुग्यो । दलीयकरण सून्य चिन्तन र निष्कृष्ट कार्यको उच्चतम उपज हो । यस्तो खेल खेल्नमा पार्टीको नेतृत्व तह मैदानमा ओर्ले । यसकिसिमको रवैयाले आम मगर जातिमा उत्साह होइन निराशमा परिणत गरिदियो ।
आठौ महाधिवेशनसम्म आइपुग्दा मगर सँघले यो अवस्था भोग्नुपरेको थिएन । नवौं महाधिवेशनमा संस्थापन पक्ष भनौं या जनमुक्ति पक्षविरुद्ध एमाओवादी, नेका र एमालेको गठवन्धन भयो । राजमुपा अध्यक्ष एम.एस.थापाले तीनदलीय गठवन्धनलाई सह्योग पु¥याउन चुनाव वहिष्कारको नीति लिए । थापाको वैचारिक विचलन चुनाव वहिष्कारले ख्वात्तै देखाइदियो । यसले मगर सँघमा नयाँ अध्यायको जग बसालिदियो । एम.एस.को यो नीति अक्षम्य अपराध हो ।
मगर सँघ मगरहरुको हृदयवाट अलग हुदैछ र एनजीओकरणको प्रक्रियामा छ । के गर्दां डोनरहरुको मन जीत्न सकिन्छ त्यो काममा लागिपरेको छ । देशभरि छरिएर वसेका आम मगरहरुको साझा सवाल पहिचान गर्ने दिशातिर मगर सँघको नेतृत्वले कहिल्यै गम्भिर चासो देखाएन । चासो नै देखाएन भन्ने निरपेक्ष भनाई होइन । पश्चिमा शक्तिहरुको हरियो नोटको चाहानावमोजिमको एजेण्डामा मगर सँघ खुवै लाग्यो र लागिरहेको छ । यसको अन्तिम निक्र्यौल भविष्यले गर्नेछ । यसैले, मगर सँघ पार्टी एवं दातृनिकायको झुण्डको रुपमा परिणत भएको छ । यसवारे थप अध्ययन गर्ने र सत्यतथ्य सार्वजनिकीकरणको प्रक्रियामा जाने हामी सवैको साझा दायित्व हो ।
लेखक राष्ट्रिय जनमुक्ति पार्टी रोल्पाका अध्यक्ष (हाल उनी पार्टी कार्वाहीमा परि निलम्बनमा परेकाछन् ) तथा मगरसंघको दशौं महाधिवेशन प्रतिनीधि हुन्