मिस्टर हंगकंगको उपाधि तमाङलाई

Read Time:1 Minute, 42 Second

युनलङ टाउन हलमा हंगकंग बडी विल्र्डस् एसोसिएशनले आयोजना गरेको नवौं मिस्टर हंगकंग नेपाल २०११ को उपाधि तमुर तमाङले चुमेका छन । २५ डिसेम्बरमा आयोजना गरिएको प्रतियोगितामा फस्ट रनर अप मनिस लिम्बु र सेकेण्ड रनर अप मिन थापा भएका छन् । उक्त कार्यक्रममा चौध जना प्रतियोगी रहेका थिए जसमा कुशल पुन, तिलक सोमै मगर, राजु लिम्बु, मिन थापा, लोकेन्द्र लिम्बु, राजकुमार लिम्वु, तमुर तमाङ, अनुप के, ध्रुब थापा, प्रकाश बुढाथोकी, चन्द्रमान लिम्बु, मनिस लिम्बु, रुपेश पुन, सरजन गुरुङ रहेका थिए ।

शरीरलाई स्वाथ्य र तन्दुरुष्त राख्नको लागि यो अपरीहार्य ब्यायाम पनि भएकोले यसै अन्र्तगत यो खेलको मनोराजनात्मक रुपमा प्रतियोगिता पनि हुने गरेको बताउछन मिस्टर हंगकंग २००८ बिजेता साथै नेपालबाट धर्मश्रीको उपाधि हात पार्न सफल तथा यस प्रतियोगिताका प्रशिक्षक लोकेन्द्र परीवार । नेपाली महाबाणिज्यदूत बिनोद कुमार उपाध्यको प्रमुख आतिथ्यमा तथा कार्यबाहक अध्यक्ष नरेन्द्र पोमुको अध्यक्षमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

भीम थापा मगर/हङ्कङ्

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %