पुन वर्चश्व गुरुङ टिमले तोड्यो

Read Time:2 Minute, 26 Second

२५ डिसेम्बर, हङकङ
हङकङमा भलिवल खेलमा इतिहास रच्दै आएको पुन क्लव हङकङलाई यसपटक गुरुङ समूदायको वर्चश्व रहेको घान्द्रुक समाज हङकङले नराम्ररी पछारेकोछ । पुन क्लवलाई ३ सेटमै हराएर मगर रोष गुमष्ठाले चुनमुन स्थित बटरफ्लाई वीचमा तेस्रो खुल्ला भलिवल प्रतियोगितामा घान्द्रुक समाजले पहिलो पुरस्कार हासिल गरेकोछ । प्रतियोगितामा मगर रोष गुमष्ठा, पर्वत मन्च, स्याङजा जनसेवा समिति, धम्पुस सेवा समिति, खोटाङ समाज, संखुवासभा समाज,  पाथीभरा समाज, घान्द्रुक समाज, पुन क्लव, वाग्लुङ समाज, टाउलेक समाजका टिम सहभागी थिए । वेष्ट प्लेयर उपाधि घान्द्रुक टिमका विनोदकुमार गुरुङलाई दिइएको थियो ।

प्रथम हुने टिमले ६ हजार हङकङ डलर सहित मेडल प्राप्त गरे । उक्त पुरस्कार प्रमुख अतिथि मगरसंघका निवर्तमान अध्यक्ष एमवी थापाले प्रदान गरेकाथिए ।  त्यसै गरि दोश्रो हुने टिमले ४ हजार डलर र मेडल प्राप्त गरेकाथिए । यो पुरस्कार मगरसंघका भूपू अध्यक्ष  हुम थापाको हातबाट प्रदान गरिएकोथियो । वेष्ट ट्रफी संघका वर्तमान अध्यक्ष चन्द्रज्योती आलेले दिएकी थिइन । त्यसैगरि भूपू अध्यक्ष ऐक बहादुर रानाले अफिसियलहरुलाई प्रमाणपत्र वितरण गरेकाथिए ।

घान्द्रुक क्लव

मगरसंघ हङकङले हङकङमा प्रारम्भ गरेको भलिवल प्रतियोगिता सन १९९९ बाट शुरु भएकोथियो । त्यतिबेला शुरु गरिएको रनिङ सील्ड प्रतियोगिताको पहिलो प्रायोजक संघका संस्थापक भोलानाथ थापा थिए ।  उक्त रनिङ सील्ड लगातार ३ पटकको विजेता पुन क्लव हङकङले सन २००१ मा सम्पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएकोथियो ।

पुन क्लव

हुम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %