बन्दुक होइन कलम बोकाउनॆ ‘बहादुर’ जन्माऊ

Read Time:7 Minute, 18 Second

यो गोरेबहादुरलाई सत्ताको भोक जति जागोस् यसले तबसम्म अर्थ राख्दैन जबसम्म उसको समुदायलाई सत्ताको भोग लाग्दैन । र त्यो भोग कलमले मात्रै जगाउन सक्दछ भन्ने मेरो ठहर छ ।
यदि म आफूलाई मगरको नेता भएकोमा गर्व गर्दछु भने मगर समुदायलाई सत्ताको भोग जगाउने काम पनि मेरै हो ।  मगर सत्ता खान तयार भएन भन्नु गलत हुन्छ तर मैले एउटा नेताको रुपमा उनीहरुलाई सत्ता खान तयार पार्न सकेनछु भन्दा सत्य हुन्छ । २०५६ को निर्वाचनमा मगर मगर भएको पाल्पाबाट चुनाव लडें । भोट पनि राम्रै आयो तर जित्नका लागि प्रर्याप्त भएन । अर्थात मलाई जित्न पुग्ने गरी मगरले भोट दिएनन् । यसमा मगर समुदायसँग चित्त दुखाउनुको कुनै अर्थ छैन । संसदीय पद्धतिमा चुनावमा भोट पाउन जुन-जुन फ्याक्टर आवश्यक थियो त्यो नै हामीसँग 
नभएपछि मगरको भोट नपाउनु अस्वभाविक थिएन ।

गोरेबहादुर खपाङ्गी मगर

 

मंसिर २४ देखि २९ गतेसम्म चलेको नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशनलाई नजिकबाट नियालेँ । महाधिवेशनका लागि गुल्मीको तम्घासमा देशभरीका युवाहरु जम्मा भएका थिए । धेरै खुशी पनि लाग्यो । तर मगर संघको नेतृत्व चयनमा दलीय भागबन्डा भएको देख्दा भने दुःख लाग्यो ।  तीन दशकदेखि संघको केन्द्रियतहमा बसेर काम गरेको अनुभवको आधारमा भन्दा  संघलाई दलीय भागबन्डा गर्दा कसैको पनि हित हुँदैन भन्ने मेरो निश्कर्ष हो । यसमा खास गरी युवाहरु बढी सचते हुनुपर्दछ ।

युवाहरुको विषयमा मेरो अर्को पनि सुझाव छ । जति बेला मैले आफ्नो जीवनको महत्वपूर्ण उर्जा संघमा  दिने निर्णय गरें । त्यतिबेला मुलुक एक दलीय पन्चायती शासन व्यवस्थाको अधीनमा थियो । जहाँ विचारहरु फस्टाउने फरक धारणा राख्न पाउने गुन्जायस नै थिएन । यस्तो समयमा संघको मन्चबाट मगरहरुलाई बढी दीक्षित गर्न सकिन्छ भन्ने बुझाईले काम गरेको थियो । तर आजको समयमा क्यालीभर भएका युवाहरुले सामाजिक संघसंस्थामा भन्दा राजनीतिक दलमा स्पेस बनाउन सक्नु पर्दछ । फलना भनेर नामै तोकेर किन बसुँ । तर माओवादी काँग्रेस वा एमालेमा लागेको एउटा योग्य मगर संघमा एन्गेज भएपछि पार्टीमा उसको स्पेस त वाहुनले पाउने भयो नि । उनीहरुका लागि त कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो भने जस्तै हुने भयो ।

मगर संघमा बसेर काम गर्न जोकोही मगर लालायित हुनुपर्दछ भन्नेमा कुनै सन्देह छैन । यो आफैमा नराम्रो हुँदै होइन । तर २० वर्ष पहिले चुनाव जितेर साँसद बनेको मगरले आजको मितिमा संघमा अल्झिनु उचित हुँदैन भन्ने मेरो मान्यता हो । किनभने ९ वर्ष पहिलो अर्थात २०५९ सालसम्म वडा सदस्य भएका धेरै गैरमगरहरु मन्त्री बनीसकेका छन् । २०४८ मा साँसद भएको मगरले २०६८ आईपुग्दा सम्बन्धित पार्टीमा निर्णायक भूमिकामा बस्न खोज्ने कि नखोज्ने । हामीले राजनीतिक स्पेस किन नबनाउने भन्ने मात्रै मेरो आशय हो ।

 

सिँगो मगरलाई ब्यूँझाउन व्यक्तिगत लोभलालच त्यागेर हिँडेको मान्छेले कुनै व्यक्ति वा एउटा समूहप्रति चित्त दुखाएर बस्ने कुरै हुँदैन । कति साथीहरुले मगर संघ राष्ट्रिय जनमुक्ति पार्टीको कब्जामा थियो पनि भने  । तर त्यो विल्कुल गलत हो । फरक सन्दर्भ पनि । राष्ट्रिय जनमुक्ति पार्टीको दर्शन र सिद्धान्त मगरलाई लगायत राज्यले दबाएर राखेका सम्पूर्ण समुदायलाई राज्यसत्ता दिलाउनु हो । यसर्थ दर्शन सिद्धान्त र वैचारिक हिसाबले  पार्टी र संघमा तालमेल थियो ।

मगरले अँग्रेजका लागि विश्वयुद्ध लडि दियो । २००७ सालमा राणा हटाउन पनि अरुकै लागि लडि दिए । २०४६ सालको परिवर्तनमा लड्यो । २०५२ मा एमाओवादीका लागि लडि दियो । मगर जसका लागि लड्यो उनीहरु सबै अहिले सत्तामा छन् । तर मगर ? उसले जति बन्दुक बोके पनि सत्ता कहिल्यै पाएन । किनकी उसले अर्काका लागि बन्दुक बोक्यो । सबै भन्दा महत्वपूर्ण कुरा बन्दुक बोकेर सत्ता पाइदो रहेनछ भन्ने सिद्ध भएको छ । जनमुक्ति पार्टी र मगर संघमा बसेर संगालेको मेरो अनुभवले भन्छ-अब बन्दुक होइन कलम बोकाउने बहादुरको खाँचो छ । यो गोरबहादुरलाई सत्ताको भोक जति जागोस् यसले तबसम्म अर्थ राख्दैन जबसम्म उसको समुदायलाई सत्ताको भोग लाग्दैन । र त्यो भोग कलमले मात्रै जगाउन सक्दछ भन्ने मेरो ठहर छ ।

यदि म आफूलाई मगरको नेता भएकोमा गर्व गर्दछु भने मगर समुदायलाई सत्ताको भोग जगाउने काम पनि मेरै हो ।  मगर सत्ता खान तयार भएन भन्नु गलत हुन्छ तर मैले एउटा नेताको रुपमा उनीहरुलाई सत्ता खान तयार पार्न सकेनछु भन्दा सत्य हुन्छ । २०५६ को निर्वाचनमा मगर मगर भएको पाल्पाबाट चुनाव लडें । भोट पनि राम्रै आयो तर जित्नका लागि प्रर्याप्त भएन । अर्थात मलाई जित्न पुग्ने गरी मगरले भोट दिएनन् । यसमा मगर समुदायसँग चित्त दुखाउनुको कुनै अर्थ छैन । संसदीय पद्धतिमा चुनावमा भोट पाउन जुन-जुन फ्याक्टर आवश्यक थियो त्यो नै हामीसँग 
नभएपछि मगरको भोट नपाउनु अस्वभाविक थिएन । मलाई तँपाई मगरको भगवानै हो भन्न आउनेहरुले पनि भोट वाहुनलाई दियो । अहिले म गुरु र नेता के बढी रहेछ भन्ने समिक्षा गर्दैछु । यसविषयमा लेखिएका पश्चिमा दर्शनको अध्ययन गरिरहेको छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %