१८ डिसेम्वर हङकङ तदर्थ समितिका अध्यक्ष एमवि थापा मगरको अध्यक्षतामा तथा संघिय सभा सदस्य प्रेम गलामी मगरको प्रमुख आतिथ्यमा क्याफेवान विचमा सम्पन्न भएको नेपाली समाज हङकङको प्रथम सम्मेलनले एमबि थापा मगरको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा इन्द्र लक्सम र धर्म गुरुङ, महासचिबमा भिम थापा मगर, सचिबमा धनहाङ चेम्वा; कोषाध्यक्षमा गणेशजंग राना मगर र सहकोषाध्यक्षमा मिन गुरुङ रहेका छन । सदस्यहरुमा बुद्धिबल पुन मगर, तिलाराम आले मगर, अमृत थापा मगर, खगेन्द्र गुरुङ, जीवन दर्लामी मगर, सुरेश गलामी मगर, लक्ष्मण थापा मगर, भिम राई, कविता थापा मगर, सरस्वती पुन मगर, सीता लिम्बु, हेम येङदेन र सल्लाहकारहरुमा प्रेम गलामी मगर, हुमबहादुर थापा मगर, मोहनमान लिम्ब, चन्द्र ज्योति आले मगर, मनप्रसाद पुन मगर, जगमाया पुन मगर, देवीमाया पुन मगर, तुम्सा तुलकहा रहेका छन् । विविक्यू सहित आयोजना गरीएको कार्यक्रम भब्य रुपमा सुसम्पन्न भएको थियो ।