मगर नेता होइन मगरको नेता रोजौं !

Read Time:7 Minute, 26 Second

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन संसार भरी छरिएर रहेका मगर समुदायको नेतृत्व अब कसैले उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने धुपौरेहरुबाट सम्भव छैन । २१ औं शताब्दीको मगरहरुको नेतृत्व कठपुतली नेताबाट असम्भव छ । अर्काको इसारामा चल्ने ‘पपिड’लाई संघको नेतृत्व दिनु संसार भरीका मगरहरुको भविष्यलाई अन्धकारमा धकेल्नु हो ।  यतिलामो संगठित प्रयासका वावजुद मगर समुदायको चौतर्फी विकासमा मुख्य बाधक भनेकै अर्काका लागि काम गरिदिनु हो । पार्टीको नाममा होस् वा जुनसुकै वहानामा मगरले आफ्नो लगे लडेन अरुकै लागि लडे । मगरको नेतालाई होइन नामको पछाडि मगर झुण्डिएकालाई नेता मान्ने भूल गरे । नामको पछाडि मगुर भुण्डिएको तर मगरको वास्तविक मुक्ति नचाहनेलाई साथ दिनु आफूले आफैलाई धोका दिनु हो । आफ्ना सन्ततिको भविष्य खाडलमा पार्नु हो । सिँगो मुलुकलाई ओरालोतर्फ धकेल्नु हो । १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुले अब कम्तिमा मगरको नेता चिन्न कन्जुस्याई नगर्ने कि  ?


राज्यसत्ता ब्यूरो

 

 

राज्य पुर्नसंरचना समावेशीता संघीयता आरक्षण र समानुपातीक निर्वाचन प्रणालीमार्फत मुलुक परिवर्तनको संघारमा रहेको बेला नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन गुल्मीको तम्घासमा भईरहेको छ । मगरहरुको ऐतिहासिक भूमिमा जारी अधिवेशन केवल औपचारिकता वा वैधानिकता पूरा गर्नका लागि मात्र हुनुहुँदैन भन्नेमा कसैको विमती छैन  । नेपालको तेस्रो ठूलो र आदिवासी जनजाति मध्ये सबै भन्दा ठूलो संख्यामा रहेका मगरहरुको अधिवेशन केवल मगरको मात्रै सरोकारको विषय होइन ।

यो समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक परिवर्तन सिँगो मुलुकको समृद्धि भन्दा अलग छँदै छैन । मगरहरुको सर्वाङ्गिण विकासका लागि उसको सामाजिक संस्था नेपाल मगर संघमा सक्षम र उपयुक्र्त नेतृत्व अपरिहार्य छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन संसार भरी छरिएर रहेका मगर समुदायको नेतृत्व अब कसैले उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने धुपौरेहरुबाट सम्भव छैन । २१ औं शताब्दीको मगरहरुको नेतृत्व कठपुतली नेताबाट असम्भव छ । अर्काको इसारामा चल्ने ‘पपिड’लाई संघको नेतृत्व दिनु संसार भरीका मगरहरुको भविष्यलाई अन्धकारमा धकेल्नु हो ।  

आफूसम्बद्ध पार्टीमा जिल्ला वा अचल कमिटीको सदस्य भन्दामाथि जान नसक्नेले संसार भरीका मगरहरुको नेतृत्व गर्छु भन्नु डोजरले उचाल्न नसकेको भारी मुसालाई बोक्न दिए जस्तै हो । पार्टीका अाचल वा जिल्ला कमिटीका वाहुन पदाधिकारीहरु अधिकाँश ३० वर्ष भन्दा मुनिका छन् । उमेरले ३० वर्ष नकटेका वाहुन ठिटाको आदेशमा चल्नेहरुलाई सिँगो मगर समुदायले नेता मान्नु पर्दा कसको सिर उँचो होला ? ‘केटौले आर्शिवाद’का लागि वाहुनको दैला चाहार्दै हिँड्नेहरुलाई संघको नेतृत्व दिनु ठूलो आत्मघाती कदम शिवाय केही हुँदै होइन ।

मगरहरु गाउँ इकाइ, जिल्ला वा अचल तहमा बसेर राजनीति गर्नै हुँदैन भन्ने आशय पक्कै होइन । जुनसुकै दलमा बसेर राजनीति गर्नु उसको न्यूनत्तम अधिकार हो । तर उसको दलीय स्वार्थका खातिर मगरहरुको साझा संठगनलाई कि्रडास्थल बनाउन पाइदैन । अर्को कुरा पार्टीमा कारिन्दा तहमा बसेर संगालेको अनुभव मगरको नेता बन्नलाई प्रर्याप्त हुँदैन पनि ।

२०१२ फागुनमा गुल्मीमै क्या पूर्णबहादुर घर्ति मगरको अध्यक्षतामा गठन भएको मगर समाज सुधार संघदेखि १० औं राष्ट्रिय महाधिवेशनसम्म आईपुग्दा मुलुकमा धेरै परिवर्तन भएका छन् । मगर स्वयमले पनि धेरै सांगठनिक पहल गरेका छन् । त्यसयता जस्तो २०२८ मा काठमाडौंमा खिलध्वज थापाको अध्यक्षतामा लाङघाली परिवार र २०३८ मा डा हर्षबहादुर बुढा मगरको अध्यक्षतामा लाङघाली परिवार संघको तदर्थ समिति गठन भएको थियो भने २०३९ मा तनहुँको दमौलीमा सम्पन्न पहिलो अधिवेशनले हेमबहादुर पुन मगरलाई संघको पहिलो अध्यक्ष चयन गर् यो । त्यसयता २०४२ मा कविराज पुन मगर र २०४५ मा मानध्वज राना मगरले संघलाई नेतृत्व प्रदान गरे ।

२०४८, २०५१, २०५४, २०५८ मा गोरेबहादुर खपाङ्गी मगर संघको अध्यक्ष रहे । सबै भन्दा बढी संघको नेतृत्व गरेका खपाङ्गीले मगरहरुलाई जागरुक बनाउन सबैभन्दा बढी पसिना बगाए भन्नु न्यायोचित नै हुन्छ । मगरको चेतनास्तरलाई उद्धेलित बनाएर वाहवाही कमाएका खपाङ्गीले मन्त्री बनेपछि भने आलोचनाको सामना गुर्न पर् यो । २०६० मा यमबहादुर बुढाथोकी र २०६३ मा झकबहादुर थापा मगरले संघलाई नेतृत्व प्रदान गरे ।

यतिलामो संगठित प्रयासका वावजुद मगर समुदायको चौतर्फी विकासमा मुख्य बाधक भनेकै अर्काका लागि काम गरिदिनु हो । पार्टीको नाममा होस् वा जुनसुकै वहानामा मगरले आफ्नो लगे लडेन अरुकै लागि लडे । मगरको नेतालाई होइन नामको पछाडि मगर झुण्डिएकालाई नेता मान्ने भूल गरे । नामको पछाडि मगुर भुण्डिएको तर मगरको वास्तविक मुक्ति नचाहनेलाई साथ दिनु आफूले आफैलाई धोका दिनु हो । आफ्ना सन्ततिको भविष्य खाडलमा पार्नु हो । सिँगो मुलुकलाई ओरालोतर्फ धकेल्नु हो । १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुले अब कम्तिमा मगरको नेता चिन्न कन्जुस्याई नगर्ने कि  ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %