हङकङको जोर्डनस्थित आफ्नै गुम्बामा नमो बुद्ध आमा समूहको छैनौ वार्षिकउत्पसव भव्यता पूर्वक सम्पन्न भएको छ । नेपाली वाणिज्य महादुत विनोदकुमार उपाध्यायको प्रमुख आतिथ्य तथा एनआरएन एसिया प्यासिफिकका संयोजक त्रिलोक गुरुङ विशेष अतिथि रहेका थिए । कार्यक्रममा चेम्बस्र अफ कमस्रका जेएन ज्ञवाली, एनआरएनका दुर्गा गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवि दर्लामी थापा मगर, हिन्सका बुद्धिबादुर थापा क्षेत्री, दस गजा चलचित्रका नायक तथा निर्माता नवल खड्का लगायत विभिन्न संस्थाका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सफलताको शुभकाना दिनेहरुमा संस्थाका सल्लाहकार होम गुरुङ, त्रिलोक गुरुङ्ग, जेएन ज्ञवाली, एमबी दर्लामी थापा मगर, दुर्गा गुरुङ, प्रमुख अतिथि विनोदकुमार उपाध्याय लगायत थिए ।
दोस्रो चरणको कार्यक्रममा गुम्बमा खचाखन उपस्थित धर्मावलम्बी भक्तजनहरुलाई धर्म गुरु कर्मा ग्याल्पोले बुद्ध पुजा र प्रवचन दिएका थिए । दश गजा चलचित्रका नायक तथा निर्माता नवल खडकाले डिसेम्बर २७ मा याउमा तेइ कम्युनिटी हलमा प्रदर्शन गरिने जानकारी दिँदै राज्यसत्ता डटकमसँगको भेटमा आफ्नो चलचित्र नेपालमा चार पटकसम्म प्रतिबन्धित हुँदा पनि ६८ पटक प्रदर्शन गरि अपार सफलता प्राप्त गरेको बताए । आफ्नो चलचित्रले राष्ट्र र राष्ट्रियताको बारेमा वकालत गरिएकाले सबैलाई हेर्न खड्काले आग्रह गरे ।
डिसेम्बर १० मा सम्पन्न कार्यक्रमको संस्थाका अध्यक्ष पदम कुमारी गूरुङको अध्यक्षता र उपाध्यक्ष टिकादेवी गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको थियो । कार्यक्रम रेनुदेवि गुरुङले सन्चालन गरेकी थिइन् ।