चन्द्र ज्योति आले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै मगर संघ हंगकंगको सातौं अधिवेशन सम्पन्न भएको छ । याउ मा तेइ काई एसोसियसन स्कूलमा सम्पन्न कार्यक्रममा बन्द सत्रका अध्यक्ष पूर्व महासचिब भिम थापा मगर रहेका थिए । निर्बाचन आयुक्त बरिष्ठ पत्रकार जेबि पुन मगरले फ्लोरबाट नै सहमति गरेर आउन आह्वान गरेपछि सोही अनुसार आले निर्बाचित भएकी हुन ।
संघको उपाध्यक्ष प्रेम थापा मगर, महासचिव बोधविक्रम थापा मगर, सचिव सुमन थापा मगर, कोषाध्यक्ष हेम थापा मगर र सहकोषाध्यक्षमा गोमा पुन मगर चयन भएका छन् । सदस्यहरुमा विष्णु थापा मगर, श्याम सुन्दर थापा मगर, हेम सोमई मगर, गिरमान थापा मगर, खेम आले मगर, बल हितान मगर र कासी थापा मगर रहेका छन ।
अहिलेको संशोधित विधान अनुसार भातृ संगठनका अध्यक्षहरुलाई पदेन सदस्य राख्ने प्रावधान अनुसार पुन मगर समाज हंगकंगका अध्यक्ष राजु पुन मगर र लाङघाली कल्याण समाजका अध्यक्ष गोपाल थापा मगर पदेन सदस्य रहेका छन । विधानत १७ सदस्यीय कार्य समिति हुनु पर्नेमा अहिले १३ सदस्यीय रहेको र अब ४ जना पछि निर्णय गरी मनोनित गरीने महासचिब बोधबिक्रम थापा मगरले जानकारी दिएका छन् ।
अधिबेशनमा मगरहरुको उल्लेख्य उपस्थिति नभए पनि ऐतिहासिक यस मानेमा रह्यो एक त महिला नेतृत्व अर्को हंगकंगमा कुनै पनि संघको यति छोटो अबधिमा अधिबेशन सम्पन्न भएको हामीले सुनेका थिएनौ तर मगर संघ हंगकंगको अधिबेशन ३ घण्टमा नै सम्पन्न भएको थियो । गएको अधिबेशनहरुको रेकर्ड हेर्ने हो भने एक दिनभर नभ्याएर अर्को दिनमा सम्पन्न गरेको छ । यस अधिबेशन सम्पन्न गर्नको लगि खुला सत्रको अध्यक्षता अध्यक्ष एमबि थापा मगरले गरेका थिए प्रमख अतिथिमा चुराबहादुर थापा र कार्यक्रम साचालन सचिब बोधबिक्रम थापा मगरले गरेक । स्वागत मन्तब्य उपाध्यक्ष दल चेचोन्गी मगरले दिएका थिए । त्यस्तै बिशेष अतिथिहरु याउ चिम मो डिष्ट्रिक काउन्सुलर बेनी यो र चान सुइ थोङ लगाएत विभन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु रहेका थिए ।
भीम थाप मगर/हंगकंग