विश्व नेपाली साहित्य महासङ्घको इबैठक सम्पन्न

Read Time:2 Minute, 10 Second

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको नियमित इबैठक सम्पन्न भएको छ । २८ नोभेम्बर ११मा सम्पन्न वैठकमा महासङ्घ केन्द्रिय समिति र विश्वभर छरिएर रहेका १० मुलुकका १३ शाखाहरु तथा आबद्ध संस्थाहरुको विविध गतिविधिहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराइयो ।

वैठकमा महासंङ्घले प्रकाशन गर्न लागेको साहित्यिक पत्रिका विश्व साहित्य सम्मेलन गर्ने सम्बन्धमा र पुरस्कार तथा सम्मान ब्यवस्थापन सम्बन्धमा पनि ब्यापक छलफल गरिएको थियो ।  साहित्य महासङ्घ अन्तर्गतको नेपाल सम्बन्धि सुचना सुधार कार्यदलले बुद्धको जन्मस्थलको बारेमा गरेको पहलको प्रसंसा गर्दै धन्यवाद ज्ञापन गर्यो । त्यस्तै भर्खरै स्थापना भएको विश्व नेपाली साहित्य महासङ्घ क्यानडालाई हार्दिक स्वागत प्रस्ताव पारित गरियो  ।

बैठकको शुरुमा मलेशियाबाट दीप दर्शन साउदी अरेबियाबाट सागर श्रेष्ठ बेलायतबाट सुरेसजंग शाह इजरायलबाट भगवती बस्नेत रसियाबाट डा. मधु माधुर्य र बैठकको अन्तमा नेपालबाट मोहन राई परदेशी र अमेरिकाबाट नम्रता गुरागाईले आआफ्नो सिर्जना बाचन गरेका थिए । सल्लाहकार तथा सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माको समेत सहभागिता रहेको उक्त बैठकको अध्यक्षता रसियाबाट अध्यक्ष डा. मधुमाधुर्य गरेका थिए भने संचालन ब्रुनाईबाट महासचिव विश्वास दीप तिगेलाले गरेका थिए ।

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %