तथ्यहिन रोदनले इतिहास बदलिदैन केसी ज्यू

Read Time:17 Minute, 31 Second


डा. सुरेन्द्र के.सी.ले आदीवासी जनजातिहरुलाई साम्प्रदायिक भन्न खोजेजस्तो पाईयो । यो झन आपतिको कुरा हो । साम्प्रदायिकता त त्यो हो जस्ले आफ्नो जातीय अहंकारलाई सदैव माथि राख्न खोज्छ । नेपालको इतिहास उपन्यास जस्तै छ । सत्य र तथ्यलाई गोलमटोल बनाईएका छन् । शक्तिले तथ्यलाई बनाउछ (Power creates truth) । शक्तिले तथ्यलाई निर्देशित गर्दछ ।

हिजो अस्तीकै कुरा हो की पृथ्वीविक्रमले सहोदर आफ्नो ससुरालाई ‘मामा’ भनेर बोलाउथे । कुन बाहुन क्षेत्रीको समुदायमा ‘ससुरो’लाई  ‘मामा’ भन्न हिम्मत गरिन्छ ? लिच्छवी वंश बाहुन क्षेत्री नै हो भनेर दावी गर्न खोज्नु भो यसले के देखाउछ भने वहाँ आफै इतिहासवीद हुँदाहुदै पनि अझै तथ्यपूर्ण इतिहासका श्रोत पढ्न नभ्याउनु भएको प्रष्ट हुन्छ ।  अर्को आपत्तिजनक कुरा के भन्नु भएको छ भने लिच्छवीकालमा गुरुङ मगर र मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पाईन्न । यसले इतिहास बारे कतिको गहिरो अध्यन वहासंग रहेको छ भन्ने कुरा दर्शाउछ ।


बलदीप प्रभाश्वर चामलिङ्ग

डा. सुरेन्द्र के.सी. ज्यूको वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ? लेख पढें । १२ शताब्दीमा नेपालमा बाहुनक्षेत्री प्रवेश गरेको भन्ने कुरा प्रति वहाँले आक्रोश पोख्नु भएको रहेछ । बाहुनक्षेत्री पनि यो देशको आदिवासी हुन भन्न खोज्नु भएको पाईयो । त्यसमा सत्यता नभए पनि बाहुन क्षेत्री आदिवासी नै हुन भन्न खोज्नु भएकोमा त्यसलाई प्रंशसा योग्य नै भन्नु पर्ने हुन्छ किनकी त्यो दाव् वहाँ आफुहरुपनि नेपाली माटोप्रति समर्पित भएको देखाउनु खोज्नु हो ।

केसीले बाहुन क्षेत्रीहरुलाई लिच्छवीकालीन समयमा लगेर जोड्न खोज्नु भएको छ । तर वहाँले लिच्छवी वंश बाहुन क्षेत्री नै हो भनेर दावी गर्न खोज्नु भो यसले के देखाउछ भने वहाँ आफै इतिहासवीद हुँदाहुदै पनि अझै तथ्यपूर्ण इतिहासका श्रोत पढ्न नभ्याउनु भएको प्रष्ट हुन्छ ।  अर्को आपत्तिजनक कुरा के भन्नु भएको छ भने लिच्छवीकालमा गुरुङ मगर र मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पाईन्न । यसले इतिहास बारे कतिको गहिरो अध्यन वहासंग रहेको छ भन्ने कुरा दर्शाउछ । जसरी टल्किने वस्तु सबै हिरा हुँदैन ठीक त्यसैगरी नामको अगाडि डा झुण्ड्याउँदैमा सबै विद्धान बन्न सक्दैनन् ।
नेपालको इतिहास उपन्यास जस्तै छ । सत्य र तथ्यलाई गोलमटोल बनाईएका छन् । शक्तिले तथ्यलाई बनाउछ (Power creates truth) । शक्तिले तथ्यलाई निर्देशित गर्दछ । नेपालको सन्दर्भमा पनि भएको त्यही हो । नेपालको सन्दर्भमा इतिहास लेख्नेको शक्ति-हैसियत(Power-position) इतिहास लेख्दाको राजनैतिक वातावरण र उसको नियत र आसय महत्वपूर्णा कुरा हो । सत्तामा भएको व्यक्तिले जुनकुरालाई हवला दिन्छ त्यो कुरा सत्य मानिनु पर्ने हुन्छ । जस्तो गिरिजाप्रसाद कोईरालाको पिता कृष्णप्रसाद कोईरालाले देव शम्शेरको काट्टो भारतमा गएर खाएको सत्य हो । यो कुरा जीवित पुराना बाहुन वृद्धाहरुले अहिलेपनि भन्छ । तर उनका पिता राणाहरुलाई  चुनौति दिन भारत प्रवाशन भएको हो भन्ने बनावटी कुरालाई सत्य मानिन्छ । किनकी सत्तामा बाहुनहरु न्ौ रहनु र उनका छोराहरुपनि प्रधानमन्त्री हुनुले त्यो तथ्यलाई काट्टोसंग जोडिएन । अर्को उदाहरण  अमेरिकाले चन्द्रमामा मान्छे ओह्रालेको भन्ने कुरालाई हामीले सत्य मानिरहेका छौ । तर यो बनाईएको तथ्य हो । अमेरिकाले चन्द्रमामा मान्छे पठाएको दावीलाई सावित गर्न भिडियो फुटेजपनि देखाएको थियो । तर भुलवस चन्द्रधरातलमा गाडिएको भनिएको अमेरिकाको झण्डा फर्फरिएको देखिन्छ । जवकी चन्द्रमामा हावा नै नभएको अवस्थामा झण्डा कसरी फर्फरियो  तर महाशक्ति राष्ट्र अमेरिकालाई यो कुरा होईन भनेर कस्ले भन्न सक्ने  यो त शक्तिले तथ्य कसरी निर्माण गर्छ भन्ने कुरा प्रष्ट पार्छ ।

अव केसी ज्यूले लिच्छवीवंश बाहुनक्षेत्री हुन भन्ने कुरा तर्फ केन्द्रीत होऔ । लिच्छवीहरु कुन जाति थिए भन्ने कुरा खोज गर्ने हो भने सत्यको धेरै नजिक पुग्न सकिन्छ । नेपालका लिच्छवी राजाहरुलाई ह्यामिल्टनले भोटे मुलका भनि प्रस्ट पारेका छन्   (An Account of Nepal, Hamilton)। यति मात्र होईन चीनिया भिक्ष्ायात्री हुयन साङले लिच्छवी राजाहरु चीनका हालको  चीनको छियान्छीका युचि जातिका हुन भनेर उल्लेख गरेका छन् (Buddhist Record of Western World, Huan Tsiang) । हुयन साङले त प्रत्यक्षरुपमा लिच्छवीहरुको देखेका मुखाकृतिलाई यात्रावृतन्तमा वर्णन गरेका हुन । लिच्छवी जातिलाई पाली भाषामा ‘वाज्जि’ र संस्कृत भाषामा ‘वृज’ जाति भनिएको छ । यसको अर्थ वहादुर र पराक्रमी हुन्छ । अमृतानन्दले लिच्छवी र वृजि एउटै जातिको भनेका छन् । (बुद्धकालिन राजाहरु डा.भिक्ष् अमृतानन्द )।

अर्का इतिहासवीद एम.एस. थापाज्यूले लिच्छवीहरु  हालका मगर जातिभएको भरपर्दो आधार उल्लेख गरेका छन् । थापा ज्यु अनुसार  लिच्छवी शब्द मंगोलियाई भाषाबाट अपभ्रश भई बनेका हो हे। प्राचीन मगर र अक्खा लिपी एम एस थापा  । मंगोलियाई भाषामा ‘लि’ को अर्थ बाघ हुन्छ । मगर भाषामा पनि बाघलाई लि भन्छ । ‘छू’ र ‘ज’ले सन्तान वा वंशज जनाउछ ।  यसको अर्थ हुन्छ बहादुर जातिका मान्छे । मगर भाषामा पनि लिच्छवी र वृजीहरु मगर नै हो भनेर पुरातत्ववेद जनरल खडग शम्शेर जवराले सन् १९०४मा लेखेका Buddhist Archaeology in Nepal Tara नामक लेखमा लेखेका छन् ।

लिच्छवीलाई ‘विदेही’ पनि भनिएको छ । यो ‘विदेही’ शब्द पछि ‘विडाल’ जाति पनि भएको पाईन्छ । यि ‘लिच्छवी’ वृजि विदेही र विडाल जातिलाई हुयन साङले युची जाति भनेका छन् । उहि लिच्छवीलाई विडाल पनि भनिएका हुदा  बाहुनक्षेत्रीहरुले पुजापाठ गर्ने धार्मिक पुस्तक मार्काण्ड्य पुराणमा दैत्यको रुपमा वर्णन गरेका छन्


विडालाख्यो युतानां च पाचाशद्मिरथायुतै
अर्थात विडाल नामक दैत्य पाच अरव हाति घोडाको रथमा चढ्नेहरुको घेरामा परी टक्कर लिन लाग्यो ।
यदि लिच्छवीहरु बाहुन क्षेत्रीहरुको सगोत्री भएको भए उनिहरुलाई दैत्यको रुपमा चित्रण गर्ने थिएन ।

लिच्छव्ाी राजा जिष्णु गुप्ताले आफ्नो जिजुवाजे मानदेवलाई गोमी भनी उल्लेख गरेको छ । (लिच्छवी सम्बतको निर्णय नयनराज पन्त ) गोमी भन्ने शब्द मगर जातिसंग सम्बन्धित छ । ( Judicial Custom of Nepal) हुनपनि गोमी भन्ने थर मगर जातिमा अझै पाईन्छ ।

लिच्छवीहरु पछि मात्र विभिन्न राजनीतिक आक्रमण र प्रत्याक्रमणको कारण  हिन्दुकृत भएको पाईन्छ । लिच्छवीकालिन राजकाजको काममा बाहुनहरु भएको कुनै प्रमाण पाईन्न  हे। प्राचीन नेपाली संस्कृति डा। जगदिशचन्द्र रेग्मी । प्राचीन नेपाल नामक पुस्तकमा डिल्ली रमण रेग्मीले लिच्छवीहरुले जात फेरेका कुरा उल्लेख गरेका छन् । मानदेवले भनेका थिएू मेरा पितालॆ यस भूमिलाई जिति सम्मानित गरेका थिए र लडाईहरुको कारणले गर्दा मैले क्षेत्री जाति भै न्वरान गरेू।

पहिलेका लिच्छवीकालीन समाज वैाध्ामार्गी थियो । लिच्छवीकालमा बुद्धधर्मले ठूलो स्थान पाएको थियो । राजा नरेन्द्र देवले त बुद्धको आकृतिभएको पेटी नै लगाउथे । पछि शंकराचार्यको बुद्धविरोधी आन्दोलनको कारण बुद्धधर्ममा क्षयीकरण हुन थाल्यो । विशाल भारतको राज्य गर्ने अशोक र हर्षवर्धन जस्ता राजाहरु ब्ुद्ध धर्मावलम्वी नै थिए ।

जे होस्  हिन्दुधर्मको प्रचारप्रसारको लागि  वाहुनहरु नेपालमा प्रवेश गरेको चाहि लिच्छवीकाल वरिपरी नै मान्नु पर्छ । बाहुनक्षेत्री पछि भारतका मुसलमानहरुको आक्रमणबाट भाग्नुपरेको कुरालाई पनि नकार्न सकिन्न ।  त्यसवेला मुसलमानहरुले हिन्दुहरुलाई दोहोलो काडेकै हो । केहि हिन्दुहरुले मुस्लिम धर्मलाई अवलम्बन गरे । त्यसो गर्न नसक्नेहरु विस्थापित भएकै हो । प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टले पनि बाहुन आप्रवासी नै भनेका छन् ।

केसी जीको अरु दावी त ठीकै हो । यो वहालाई छुट छ । तर लिच्छवीलाई क्षेत्रीबाहुनमा दर्ज गर्न खोज्ोर इतिहासको धर्मलाई भुलेर राजनीति गर्न खोजेको होकी जस्तो लाग्यो ।
समस्या त विद्वान कहलिएका बाहुनक्षेत्री मित्रहरुले नै गरेका छन् । जतिपनि ऐतिहासिक पुरुषहरुलाई बाहुनक्षेत्री भनिदिनाले  समस्या निम्त्याईदिएको छ । गौतमबुद्ध हुदै पृथ्वीनारायण शाहसम्मलाई आर्य नश्लको भनिदिनाले पारो चढाईदिन्छ । तपस्या र आत्म साधना गर्ने जति सवै वाहुन नै हुन्छ भन्ने साम्प्रदायिक सोच अव फालौ ।

भिक्ष्ा अश्वघोषले बुद्धको शारिरीक बनावट सम्बन्धमा यस्तो वर्णन गरेका छन्- 

तदिदं परिगम्य धर्मयुक्त मम निर्याणमिता जगद्धिताप ।
तुरगोत्तम वेगविक्रमाभ्यां प्रयतस्वात्महिते जगद्धिते च ॥

अर्थात मैले जगतको हितका निम्ति यहाबाट निस्कनु धर्मयुक्त हो भन्ने जाने । हे तुरगश्रेष्ठ  आत्महित र जगतका निम्ति आफनो वेग र पराक्रमले यत्न गर ।
यहा बुद्धलाई तुरग भनी सम्बोधन गरिएको छ । तुरगको अर्थ हुन्छ अनार्य मंगोलियाई वा तुर्क ।

उता पृथ्वी नारायण शाहलाई पनि आर्यसम्प्रदायको भनेर बदमासी गरे । वास्तवमा पृथ्वी नारायण शाह ठोकेर भन्नुपर्दा मगरका बच्चा हो । इतिहासले यो भन्छ- तत्कालिन दक्षिण भेग मकवानपुरका सेन राजाकी छोरी ईन्द्र राज्यलक्ष्मीलाई पृथ्वीनारायण शाहले विहे गर्न खोज्दा बाबुले जनाई नलगाउने पहाडिया  राजालाई छोरी दिन्नू भनेर फर्काइदिए । यसरी आफु अपमानित भएको महसुस भएपछि पृथ्वीनारायण शाहले गोरखा दरवारमा १०८ बाहुन झिकाए र उनिहरुलाई भोज खुवाए । त्यसपछि उनि बनारस गए । त्यहा गोत्र धारण गरी जनाई लाएर गोर्खा आई उनै सेन राजकी छोरी विहे गरे । पृथ्वी नारायण शाहको मूर्ति र फोटो हेरेर छुट्याउने हो भने पनि त्यो सवै भरपर्ने  आधार होईन किनकी त्यो सवै पछि  काल्पनिक रुपमा कलाकारले स्केच गरेको हो । अहिलेको उनको सन्तानलाई हेरेरपनि खुट्याउन सकिन्न किनकी राजपरिवारमा विचमा रक्त मिश्रण हुने प्रकृया जारी थियो  । रणबहादुर शाह अहिलेको पारसजस्तै सन्काहा थिए । उनि पशुपतिमा सवारी हुदा ‘तिरहुत’ तिरकी एक बाहुन विधवीमाथि नजर पर्दा त्यसबाट मोहित भएर उनले भारदारहरुको सल्लाह विपरित त्यस विधवालाई बिहे गरेका थिए । त्यस महिलाबाट गिर्वाण छोरा जन्माएका हुन । र तिनैलाई राजा पछि बनाईयो । एक त बाहुनले कहिलेपनि नामसंग ‘बहादुर’ लेख्ने चलननै आजसम्म छैन । त्यो शाह पदवी त तात्कालिन भारतका मुगल सम्राटहरुबाट गोरखा भित्र्याएका हुन । हिजो अस्तीकै कुरा हो की पृथ्वीविक्रमले सहोदर आफ्नो ससुरालाई ‘मामा’ भनेर बोलाउथे । कुन बाहुन क्षेत्रीको समुदायमा मामालाई ससुरो भन्न हिम्मत गरिन्छ ?

पृथ्वी नारायण शाह हिन्दुकरण भए । त्यही अनुसार उनले धर्म कर्म गरे । यसमा कसैको टाउको दुखाई छैन । धर्म भनेको विश्वास आस्था हो । यो कुनै जाति विशेषको मात्र रहन सक्दैन । तिनै रोम साम्राज्यका शासकहरु थिए जस्ले जिसस क्राईष्टलाई झुण्ड्याउन लगाए । तर अन्तमा तिनै साम्राज्यका उत्तराधिकारी ‘कन्स्टान्टिन’ नाम गरेका शासक क्राईष्टको अनुयायी बनेर कि्रस्चयन बने । रोमसाम्राज्य भित्र पर्ने सारा युरोप कि्रस्चयनकरण भए किनकी शासक नै कि्रस्चयन बनेपछि अरुको के गति । ठीक यसरी नै एकीकृत नेपालको राजा नै हिन्दु भएपछि अरु रजौटाहरु नहुने कुरै भएन ।

वहाले आदीवासी जनजातिहरुलाई साम्प्रदायिक भन्न खोजेजस्तो पाईयो । यो झन आपतिको कुरा हो । साम्प्रदायिकता त त्यो हो जस्ले आफ्नो जातीय अहंकारलाई सदैव माथि राख्न खोज्छ । यहाका आदिवासीहरुले त इतिहास बोलेको हो । ४७ सालको सविधानमा त श्री ५ भन्नाले आर्य वंशको मान्नुपर्छ भनेर लेख्नै लगाए । यो त झनै बदमासी थियो । यो माटोमा जो पछि आए पनि आखिर हामी सवै नेपाली नेै हौ । बहुजातीय राष्ट्रियता भित्र हाम्रो राज्य नेपाल नै हो । के यहाका आदिवासीले यो माटो मेरै मात्र हो भनेका छन् त यदि यसो हुन्थ्यो भने केसी ज्यूको जीजुवाजेहरुलाई ताप्लेजुङका प्राचीन लिम्बुहरुले आफ्नो खेतवारी दिएर किन शरण र भलो गर्थे त ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %