हङकङमा शैक्षिक भ्रमण

Read Time:2 Minute, 17 Second

नेपाली आदिवासी जनाति महासंघ हंकंग मगर संघ हंगकंग र न्यू होम एसोसियसनको आयोजनामा एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । भ्रमण २० नोभेम्मरमा सातिनस्थित चाइनिज युनिभसर्िटी हङकङ र साइकुङस्थित लायन नेचर एडुकेसन सेन्टरमा भएको हो ।

आदिवासी जनजाति महासंघ र मगर संघ हङकङका अध्यक्ष एमबी थापा दर्लामी मगरको पहलमा पहलमा भएको भ्रमणका लागि युनलङ जोर्डनबाट बसको व्यवस्था गरिएको थियो । सहभागीहरु तोकिउको समय भन्दा ढिला र ३०० जनाको बुकिङ्मा भन्दा बढी सहभागिता भएकाले थप बसको व्यवस्था गरिएको थियो ।  चाइनीज युनिभसर्िटी पुगेपछ भ्रमणको उद्देश्यबारे छोटो जानकारी सहित सहभागीहरुलाई मगर संघ र जनजाति महासंघका अध्यक्ष थापाले प्रमाणपत्र वितरण गरेका थिए । त्यसपछि साइकुङस्थित लायन नेचर एडुकेसन सेन्टर लगिएको थियो ।

स्मरणरहोस अध्यक्ष थापा मगरले यसअभि पनि यस्ता थुप्रै महत्वपूण कार्यक्रमहरुको आयोजना गरिसकेका छन् । जस्तै अन्तर सिक्सीन १५ वर्ष भन्दा मुनिका विद्यार्थीहरुलाई हङकङ प्रहरीसँग आयोजना गरेर ग्वान्जाउ भ्रमण, वल्र्ड एक्स्पो सङघाई चाइनी लागु पदार्थसम्बन्धी जानकारी कायक्रम, सांस्कृतिक समायोजन सम्बन्धी यहाका विभिन्न निकायहस्ँग अन्तरकि्रया, हङकङ सरकारका सभामुख समक्ष नेपाली कम्युनिटी सेन्टरको माग ज्ञापनपत्र, मन्की हिलमा पानी र बिवुलीको व्यवस्थापन माग, हङकङका पर्मानेन्ट आईदीवाहकहरुले पाउने ६००० डलर स्किमबारे जानकारी गोष्ठी त्यसै गरी ननपर्मानेन्टहरुले पाउने सीसी एफ कम्युनिटी केयर फन्द सम्बन्धी जानकारी गोष्ठी आदि ।

भीम थापा मगर\हङकङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %