हंगकंगको अध्यगमन विभागले जब नेपालीहरुलाई प्रुी भिजामा रोक लगायो त्यसपछि सवै नेपाली संघ संस्थाहरु एक जुट भएर हंगकंग सरकारलाई दवाद दिएर भिजा फुकुवा गर्नु पर्छ भन्ने लक्ष्यनुसार गठन भएको हाल नेपाली महासंघ नामबाट परीचित संस्थाले यो काम कहिल्यै गर्न सकेन र त्यस समयमा महासंघ गठन गर्न सकि्रय भूमिका खेलेको फियोना हंगकंगले पछिका दिनहरुमा महासंघको साथ छोडेर एकल रुपमा यस मुद्दामा साथै घरेलु कामदारलाई पनि आउन प्रतिबन्ध भएपछि यी दुवै मुद्दामा लड्दै आइरहेको बताएता पनि भिजा भने फुकुवा हुन सकेको छैन र अहिले आएर फियोना हंगकंगले यस मुद्दामा अन्र्तराष्ट्रिय समर्थन साथ अगाडि बढेको जनाएको छ यद्यपि यो मुद्धाबाट हंगकंग सरकार टसको मस भएर बसेको छ । नेपाल सरकारको उच्च स्तरीय बार्ता र सम्झौता बिना यो समस्या सल्टीने सम्भावना ज्यादै न्यन रहेको छ ।
भारतीय र फिलिपिनोहरुको जस्तै नेपालीहरुले हंगकंगको परिबेशमा आफ्नै स्वामित्वमा क्लव हाउस पाउनु पर्छ भनेर हंगकंग सरकारको प्रनिनिधिहरुसँग उच्च स्तरीय बार्ता पनि भयो तर त्यो क्लब हाउस दुर्गम क्षेत्र युन लो¨को लङपिङ भन्ने ठाउँमा त्यहि पनि विना स्वामित्व चोमोलोङमा भनी नाम मात्रै नेपाली राखी साचालन गर्न दिइयो । यसले नेपाली महासंघ र हामी नेपाली हंगकंगको परीबेशमा कुन अबस्थामा र किन गजि्ररहेका छौ भन्ने कुरा महासंघको नेतृत्वले बु७३डठज्ञण्सनु पर्ने देखिन्छ । तेस्रो कुरा दिल बहादुर लिम्वु हत्या प्रकरण मुद्दामा पनि महासंघले धेरै सहयोग त गर्यो तर सोचे जस्तो काम गर्न सकेन । यी त मुख्य मुख्य कुरा मात्रै हुन यस्ता धेरै छन ।
१३ नोभेम्वर २०११ का दिन मंकीहिलमा नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगरको अध्यक्षतामा तथा नेपाली महाबाणिज्यदूत श्री विनोद कुमार उपाध्यको प्रमुख आतिथ्यमा बडा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विशेष अतिथि र अतिथिको रुपमा उपस्थित हुन भएको थियो हगकंगका स्थानियमा पनि बरिष्ट कलाकारहरुको सयोजनमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरीएको थियो । रमाइलो शरद साँझमा सहभागी कलाकारहरुलाई दिक्षिणा सहित सम्मान गरीएको थियो । कार्यक्रम साचालन महासचिब रीता गुरुङले गरेकी थिइन भने स्वागत मन्तब्य सचिव नन्द चान्सुले दिएका थिए । समग्रमा हेर्दा कार्यक्रम गर्न र गरेको ठिक नै देखिन्छ । तर यहु मैले भन्न खोजेको चाहि महासंघ कुन उदेश्य बोकेर स्थापना गरीएको थियो र हाल कुन उदेश्य लिएर हिडिरहेको छ त प्रदिप थापा मगर नेतृत्वमा आउन भए पछि धेरै दुख गरेर धेरै कार्यक्रम गरीरहन भएको छ यस भन्दा पहिले यस्तो कार्यक्रम भएको पनि थिएन यो राम्रो पक्ष हो तर यी कार्यक्रमले नेपाली र समाजको लागि के चाहि निर्णयक भमिका खेल्यो र के चाहि कुरामा मार्ग निर्दैशन गर्यो भन्ने मुख्य कुरा हो ।
भीम थापा मगर