हङकङमा एनआरएन दिवस सम्पन्न

Read Time:1 Minute, 14 Second

 

भर्रखरै नेपालमा सम्पन्न भएको गैर आवासिय नेपाली संगठनको  पाचौं साधारण सभाले रसिया निवासी जीवा लामिछानेको नेतृत्वमा समिति चयन गरेको थियो र सोही साधारण सभाको समिक्षा गर्न र एनआरएन दिवस मनाउन कंन्गन रेष्टूरेष्टमा अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा बाणिज्यदूत किरण शाक्यको प्रमुख आथिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जेबी पुन मगरले उक्त साधारण सभाको समिक्षा प्रस्तुत गरी सवल र दुर्वल पक्षको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको बिशेष र अन्य अतिथिहरुमा मकाउ एनआरएनका अध्यक्ष सुर्दशन थापा मगर लगायत हंगकंगका संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम साचालन महसचिव लिलिमा घलेले गरेकी थिइन भने उपाध्यक्ष शत्रुघन उदासले स्वागत मन्तब्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %