प्रवासी नेपाली साहित्य समाजमा नयाँ नेतृत्व चयन

Read Time:3 Minute, 9 Second

ब्रुनाई, ६ नोभेम्बर २०११, प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो ।

भेलाबाट अध्यक्ष विश्वास दीप तिगेला, उपाध्यक्षद्धय जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिव आनन्द रानोहोछा, सचिव किसन राई, कोषाध्यक्ष लिम्बु नयन, सह-कोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पूर्व अध्यक्ष सुरेन्द्र इङनाम, पूर्व महासचिव नवराज राई, महेश वनेम, मिलन तामाङ चयन हुनु भएको छ । आगामी बैठकले थप सदस्यहरु र सल्लाहकारहरु चयन गर्ने बताइएको छ ।

अघिल्लो नेतृत्वले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोले नयाँ नेतृत्वले धन्यवाद ज्ञापन गर्नुको साथै अघिल्ला निर्णयहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

सन् २००१ मा वेलायतमा स्थापित साहित्य समाजले प्रत्यक बर्ष एकजना उत्कृष्ट स्रष्टालाई नगद पुरस्कार र एकजना उत्कृष्ट ब्यक्तिलाई सम्मान गर्दै आएको छ । वरिष्ठ साहित्यकारहरु गणेश रसिक २०६७, कृष्ण धरावासी २०६६, रमेश पौडेल २०६४, शशि लुमुम्बु २०६३, सुसनवाला राई २०६२ लगायतलाई पुरस्कृत गरि सकेको छ भने प्रत्यक बर्ष सड्क बालबालिकालाई लुगाफाटा वितरण, बाढी पीडितहरुलाई राहत वितरण लगायतका कल्याणकारी कार्यहरु गर्दै आएका छन् भने सधै झै यस बर्ष पनि उद्यौली चाडको अवसरमा धरानका सडक बालबालिकालाई लत्ताकपडा वितरण गर्ने कार्यक्रम रहेको छ ।

यस साहित्य समाजले नेपाली साहित्यको इतिहासमै पहिलो पटक अनलाइनको नयाँ प्रविधिबाट ब्यापक सहभागिता रहेको ‘विश्वब्यापी खुल्ला रेडियो गजल प्रतियोगिता २०६६’ र सह-आयोजकको रुपबाट विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ सम्पन्न गरेको छ साथै यस समाजले आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशन गरिसकेको छ ।

स्मरण रहोस, प्रवासी प्रभात पुरस्कार कोष पूर्व गोर्खा मेजर लक्ष्मीभक्त बान्तावाले स्थापना गरिदिनु भएको हो र यस साहित्य समाज वेलायती गोर्खा सेनामा सेवारत स्रष्टा सर्जकहरुको प्रतिनिधि मुलक संस्था हो ।

राजु सुब्बा
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %