बेलायत मगर संघद्वरा हुम थापा मगरलाई स्वागत

Read Time:5 Minute, 21 Second

नोभेम्बर ३, 2011  का दिन सो एसिया रेस्टुरेन्ट मा मगर संघ यु के का पदाधिकारीहरु  बीच उहाँको स्वागत गरिएको थियो ,अत्यन्त छोटो र व्यस्त समयका बाबुजुत उहाँको बेलायतमा उपस्थित रहेको बखत उहालाई स्वागत तथा सम्मान गरिएको थियो , कार्यक्रम्को सभापतित्व मगर  संघ यु के का उपाद्क्ष्य दुत पुन मगर ज्यु ले गर्नु भएको थियो भने कार्यक्रम्को सन्चालन कोसध्क्ष्य दलमान पुन मगर ले गर्नु भएको थियो ।

कार्यक्रमको सन्चालनको क्रममा कोसाद्क्ष्य दलमान पुन ज्युले हुम थापा ज्युको मगर,आदिबासी जनजातिको लागि ठुलो योग्दान रहेको चर्चा गर्नु भयो । उक्त कार्यक्रम्मा निवर्तमान अदक्ष्य थर्क राना मगर ज्युले हुम   थापा ज्यु ले मगर संघ मार्फत सम्पुर्ण बिस्वमा मगर संघ संस्था र मगर मगर हरुको प्रचार प्रसारमा ठुलो योग्दान रहेको जनाउनु भयो ,उहाले नै बिबिध साँस्कृतिक कार्यक्रम्का साथ बेलायतमा आएर मगर हरुलाई जागुरुक पार्न अहम भूमिका खेलेको प्रति औल्याउनु भयो। उक्त कार्यक्रम्का प्रमुख अतिथि हुम थापा मगर ज्युले मगर संघ यु के ले यती व्यस्त समयमा पनि भेला भई सम्मान कार्यक्रम्  गरेकोमा उहाहरुप्रती  ठुलो आभारी रहेको व्यक्त गर्दै युरोप्का बिबिध देश् हरु घुम्ने क्रममा स्पेन को बार्सिलोना छिर्दाको रमाइलो प्रसँग सुनाउनु भयो ,जहा अत्यन्त निउन सख्यामा मगरहरु रहे पनि मगर संघ बार्सिलोना खोलेका रहेका रहेछन् ,सोही क्रममा  निक्काई उत्त्साहित हुँदै छोटो समयमा उहाँको उपस्थितिमा  तिहारको उपलक्ष्यमा निक्कई रमाइलो  कार्यक्रम् गर्नु भएको अवगत गराउनु भयो ।

मन्तव्यकै क्रममा आदिवासी मगरहरु इतिहास्मा निकाइ धेरै रहेपनी शाशक बर्गको उड्पिडन्मा परि दिन दिनै मगरहरुको जनसंख्या कम हुँदै आएको प्रति चिन्ता व्यक्त गर्नु भयो कोहि डर त्रासका कारण ,जात फेरेर छेत्री ,बाहुन बने भने कोहि लोभ लालचका  कारण मगरहरु छेत्री बाहुन मा बिलिन हुन पुगेको प्रसँग कोत्/त्याउदै तथ्य  परक  प्रसँग सुनाउनु भयो पन्च्यात कालमा ईतिहासबिद एम एस थापा मगर,सरकारी  रबैयाका कारण निवस्थान छोडी तनहुँ पुग्दा चर्चित लोक गायक प्रेम् राजा महत का पुर्खा हरु मगर बाट महत भएको कुरा गायकका बाजेले एम एस थापालाई  सुनाउनु भएको सत्य घट्न केलाउदै भन्नु भयो ३१ % मगर हरु अहिले ७ % मात्रा हुनु यी यस्ता अन गिन्ती उधाहरन रहेको जनाउनु भयो कोहि थापा मगर बाट थापा छेत्री ,कोही राना मगर बाट राना छेत्री ,आदी इत्यादी भएको र अहिले बर्तमान अवस्थामा पनि मगर हरु फुटाउने  ठुलो सद्यन्त्र रहेको ले यस बाट सचेत रहन इतिहास्बाट  पाठ सिकी एक धिक्का हुनु पर्ने कुरामा जोड दिनु भयो ।त्यस्तै संघका उपाद्क्ष्य दुत पुन मगरले उहाँलाई स्वागत गर्दै निकै मार्मिक तर यथार्थ कुरा कोत्याउदै बिदेश पलायन हुँदाको पिडा पोख्नु भयो “ढुङामा पर्नेमा गद्दामा पनि परियो  होला “तर हिजोका दिनमा जात फेरेर तल माथी भैएको थियो भने अहिले देशै छोडेर आउँदा सम्पुर्ण गुम्ने खतरा प्रति औल्याउनु  भयो हाम्रो भाषा ,सन्स्क्रिती मासिने कुरामा निकाई चिन्तित हुँदै मगर भाषा  ,सन्स्क्रिती को जगेर्ना हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा मगर संघ यु के का उपाद्क्ष्य दुत पुन ,कोसद्क्ष्य दलमान पुन ,जनसम्पर्क समिति तथा वेब संचालक नेम थापा ,निवर्तामान अदक्ष्य थर्क राना ,सल्लाहकार लिलामान शेर्पुन्जा ,गायक तथा समाज सेवी विर बहादुर गाहा ,सदस्य बलराम घले ,लेख बहादुर राना ,भक्त रोका ,डा चजिन्द्र राना मगर लगायत्का महानुभाव हरुको उपस्थिती थियो ।

चजिन्द्र राना मगर\यु. के.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %