हंगकंग मगर संघको देउसीभैलो सम्पन्न (१५ तस्विर)

Read Time:1 Minute, 46 Second

परम्परालाई निरन्तरता दिदै मगर संग हंगकंगले यस पटक पनि  भव्य रुपमा  देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।  संघको निर्वतमान अध्यक्ष नेत्र पहराई मगरको प्रमुख आतिथ्यमा ३० अक्टोबरमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा चाइनिज लगायत विभिन्न संघ संस्थाका प्रनितिधिहरुको पनि उपस्थिति रहेको थियो । विविक्यूको साथमा सेल रोटीको पनि ब्यवस्था गरी देउसी भैलो खेली सांस्कृतिक कार्यक्रम पनि गरीएको थियो । अध्यक्ष एम. वि. थापा मगरले समापन सम्बोधनको क्रममा यही नोभेम्वर २० तारीकका दिन हंगकंगको विभिन्न स्थानमा न्यू होम एसोसीयसनको प्रायोजनमा निशुल्क धुम्ने ब्यवस्था मिलाईको जानकारी गराउनुका साथै अस्थाई बासोवास गरीरहेका नेपालीहरुको लागि पनि हंगकंग सरकारले ६००० डलरको ब्यवस्था गरेको र फर्म उपलब्ध गराइएकोले भर्नको लागि अनुरोध गर्नु भएको थियो ।

मंकीहिलमा चाडबाडको बेलामा नेपलीहरुको कार्यक्रमले खचाखच उपस्थिति हुने प्रकि्रया यस पटक पनि दोहोरियो र संगै स्याङजा जनसेवा समिति र चितवन जिल्ला समितिको पनि कार्यक्रम रहेको थियो । संघको अध्यक्ष एम. वि.थापा मगरको अध्यक्षतामा सचिब बिक्रम थापा मगरको साचालन रहेको थियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %