अस्थायी हङकङकार्ड हुनेले पनि ६ हजार भत्ता पाउने भए (चार तस्विर)

Read Time:3 Minute, 51 Second

९ अक्टुबर हंगकंग

मगर संघ हंगकंगको आयोजनामा हंगकंग सरकारले यहाँका स्थानिय स्थायी बसोबास गरेकाहरुलाई घोषणा गरेको ६००० स्किम पछि फेरि अर्को ६००० कम्युनिती केयर अलावन्स सम्बन्धी नयाँ कार्यक्रमबारे एक जानकारी कार्यक्रम सम्पन्न गर्यो ।    स्थानिय चाईनिज संस्था न्यु होम असोशियनको प्रायोजनमा मङकंकको कम्युनिटि हलमा नव आप्राबासी र अल्पसंङख्यक जातिहरुले ६००० कम्युनिती केयर अलावन्स सुबिधा कसरी प्राप्त गर्न सक्छन् भन्नेबारे कार्यक्रम फोकस थियो ।

कार्यक्रममा न्यु होम असोशियसन, चाइनिज युनिवर्सिटी हङ्कङका विधार्थीहरु, बप्तित युनिवर्सिटी हङ्कङ्का विद्यार्थीहरु लगायत अन्य स्थानिय निकायका संस्थाहरु सहभागि थिए । उक्त कार्यक्रमको विशेष चासो भनेको परमानेन्ट आईडि नभएका र डिपेन्डेट भिषा भएका हरु मध्ये आगामी ३१ मार्च २०१२ भित्र हंगकंग प्रवेस गरि सक्नेहरुले पनि ६००० कम्युनिती केयर अलावन्स पाउन सक्ने भन्ने थियो । यो अलावन्स प्राप्त गर्नको लागि केहि सर्तहरु रहेकाछन । त्यो प्राप्त गर्न आम्दानीलई आधार बनाइएकोछ ।ति शर्त निम्न छन्-
१ ब्यक्ति भएमा ७३०० मासिक आम्दानी
२ ब्यक्ति १४६००
३ ब्यक्ति २००००,
४ ब्यक्ति २४५००
५ ब्यक्ति ३३६०० र
६ जना भन्दा बढि भएका ३७३०० हंगकंग डलर भन्दा वढि आम्दानी नभएको हुनु पर्नेछ।
स्मरण रहोस हंगकंगका १८ बर्ष पुरा गरेका सम्पुर्ण परमानेन्ट आईडि होल्डरहरुले ६००० पाउने भाई सकेका छन् ।

नेपाली कम्युनिटिमा पहिलो पटक सार्वजनिक गरिएको यस कार्यक्रमको बाँकि सरसल्लाह र सहयोगको आबश्यक परेमा सिधै यस सस्थामा सम्पर्क गर्न सक्नेछन वा मगर संघ हङ्कङ तथा आदिवसी जनजाति महासङ्घ हङ्कङ्का अध्यक्ष  एम बि थापा मगरलाई सम्पर्क गर्न सकिने जानकारि आयोजक संस्थाका अध्यक्षले गराएका थिए । उक्त कार्यक्रम अग्रेजीमा भएको थियो भने अनुवाद शिक्षक चुरा थापामगर र  एम बी थापा मगरले सयुक्त रुपमा गरेका थिए । अन्य अतिथिहरुमा यौचिममोङ दिस्त्रिका दिस्त्रिक कौसिलरहरु,मगर संघ हङ्कङ्का सस्थापक अध्यक्षा  भोला थापा मगर, मगर बौद्ध समाज हङ्कङ्का अध्यक्ष प्रेम गलामी मगर, मुलबाटो दट कमका सम्पादक तथा आदिवासी जनजाति पत्रकार संघ हङ्कङका सचिव अधिराज राइ, सम्पादक पिताम्बर राइ, राज्यसत्ता दट कमका सम्पादक भिम थापा मगर रहेका थिए । मूलबाटो डटकम र राज्यसत्ता डटकमले कार्यक्रमको निसुल्क विज्ञापन गरिदिएकोले एम बी थापा मगरले उहाँरुलाई विशेश धन्न्यबद्द दिएका थिए ।  यसबारेमा अझै विस्तृत किसिमको जानकारि र फारम भर्ने काम यहि महिनाको ३० तारिक मंकि हिलमा पनि रहेको एम बी थापा मगरले जानकारि गराएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %