गैरआवासीय नेपाली संघको मध्यपूर्व एसियाको सहसंयोजक पदका प्रत्यासी लोकनाथ सुवेदीले कुबेतमा नेपाली महिलाहरुलाई खसी र बाख्रा जसरी किनबेच भईरहेको बताएका छन् । एनआरएनएको पाँचौंँ विश्व सम्मेलनमा भाग लिन नेपाल आएका सुवेदीले नेपाली महिला खसी र बाख्राको मूल्यमा बेचिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।
सुवेदीले नेपाली महिलाले त्यहाँको भाषा नजानेकाले र कुनै काममा दक्षता नभएकाले अरबीले मोलतोल गरी आफूलाई मनपर्ने महिलालाई लिएर जाने गरेको खुलासा गरेका हुन । उनका अनुसार पन्ध्र दिनदेखि एक\दुई महिना प्रयोग गरेपछि महिलालाई अलपत्र छाडिन्छ । भाषा र प्राविधिक तालिम दिएर मात्र विदेश जानुपर्ने सुवेदीको सुझाव छ ।