बेलायती सेनामा कार्यरत विश्वासदीप तिगेलाको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घ ब्रुनाइ गठन भएको छ । ब्रुनाइमा सम्पन्न नेपालीको एक भेलाबाट उपाध्यक्षमा गोविन्द गुरुङ, सचिवमा जीवन बिके, सहसचिवमा मिलन इधिङ्गो, केन्द्र सम्पर्क सचिवमा कोमल शाह, आर्थिक सचिवमा टीका थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा किसन राई, उषा लिम्बु, सुजित लामा र सन्तकुमार आङदेम्बे रहेका छन् । भेलाले राजेश थापालाई सल्लाहकार चयन गरेको छ । भेलाको शुरुमा संघ गठनको उद्देश्य र औचित्यबारे तिगेलाले कार्यपत्र प्रस्तुत गरेका थिए । अध्यक्ष तिगेला साहित्य र पहिचानको राजनीतिमा समेत विशेष रुचि राख्छन् ।